pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

पर्वतिय वनस्पति उद्यान दामन तथा टिस्टुङ्गमा मनाईयो ६२औं वार्षिकोत्सब तथा २३ औं वनस्पति दिवस

1649697577192-1649724595.jpg

केन्द्र सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्ने वनस्पति बिभागको ६२ औं वार्षिकोत्सब तथा २३औं  वनस्पति दिवस वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख तथा बरिस्ठ बैज्ञानिक अधिकृत रघुराम पराजुलीको उपस्तिथिमा थाहा नगरपालिका वडा नं.४ दामन स्थित ६५ हेक्टर स्क्वायर क्षेत्रफलमा फैलिएको नेपालको एकमात्र  पर्वतीय वनस्पति उद्यान दामनमा एक कार्यक्रम बिच सम्पन्न भएको छ। मकवानपुर जिल्लामा भएका तीनै वटा वनस्पति उद्यानहरु बृन्दावन पदमपोखरी,पर्वतीय उद्यान दामन र टिस्टुङ्गमा जिल्ला वनस्पति बिभागका प्रमुख एकैसाथ कार्यक्रममा सहभागी हुन सक्ने अवस्था नभएकोले हिजो चैत्र २८ गते नै  पर्वतीय वनस्पति उद्यान दामन तथा टिस्टुङ्गमा २३औं वनस्पति दिवस मनाईएको छ।कार्यक्रममा को अवसरमा  वृक्षरोपण पनि गरिएको थियो।
आज चैत्र २९ गते हेटौंडा नगरपालिका स्थित बृन्दावन वनस्पति उद्यानमा एक भव्य कार्यक्रम गर्दै यस वर्षको वनस्पति दिवस समापन हुने जिल्ला वनस्पति अनुसन्धान केन्द्र  मकवानपुरका प्रमुख पराजुलीले जानकारी गराउनुभयो। वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका लागि दुई वर्ष अघिमात्र नियुक्ति पाएका प्रमुख पराजुलीले जिम्मेवारी सम्हाले यता धेरै कार्यक्रमहरु भएका छन् र धेरै बिकासका योजनाहरुले गति लिएका छन् । पर्वतिय वनस्पति उद्यान दामनमा आ.व.२०७७-७८ को बजेटमा  ७०० मि.को पैदलमार्ग निर्माणको योजना सफल पार्नुभयो साथै २०७८-८९ को बजेटमा पुनः बाकी पैदलमार्गलाई सम्पन्न बनाउन थप बजेट ल्याउनमा उल्लेखनीय भुमिका निर्वाह गर्नुभएको छ। साथै यसै वर्ष अर्किड हाउस,टिकट घर र प्रमुखत:  ६५ हेक्टर स्क्वायर क्षेत्रफललाई संरक्षण गर्ने उद्देश्यले तारबारको निम्ति पनि प्रभावकारि योजना र बजेट ल्याउनु भै आफ्नो कार्य कुशलता स्थानीयहरु माझ दर्शाइसक्नु भएको छ।
उहाँले  पदमपोखरी  तथा टिस्टुङ्ग स्थित वनस्पति उद्यानहरुमा समेत बिबिध बिकासे योजनाहरु पार्नुभएको छ।  मकवानपुर जिल्लामा नियुक्ति भएयता उहाँको प्रमुख मध्यको एक  उपलब्धि भनेको दुर्लभ तथा संकटापन्न भोटे लहरा (Gnetum) जातको एक विशेष लहरेदार वनस्पतिको खोजी गर्नु हो। सो भोटे लहरा जातको वनस्पति पदमपोखरी क्षेत्र आसपासको ठिङ्गन भेगमा सर्वप्रथम उहाँ आफैंले भेट्टाउनू भएको थियो।
वृक्षरोपण कार्यलाई  थप प्रोत्साहित र नयाँ शैलीले प्रस्तुत गराउदै २०७७ सालदेखि बृन्दावन वनस्पति उद्यानमा ceremonial plantation (विशेष समारोह वा अवसरमा गरिने वृक्षरोपण ) को अवधारणा उहाँ बाटै सुरुवात भएको हो। आफ्नो जन्मदिन,बिबाह,कुनै विशेष अवसर या कसैको नाममा पनि वृक्षरोपण गर्न पाउने सोचलाई प्रयोगात्मक ढङ्गले सार्थक बनाउदै वातावरणमैत्री जीवन जिउनमा उहाँले अपनाउनु भएको बुद्धिमानी कदम अत्यन्त सराहनीय छ र त्यो सोच दामन तथा टिस्टुङ्गको वनस्पति उद्यानमा समेत छिट्टै लागु गराउने उहाँको अर्को योजना रहेको छ।
इतिहास हेर्दा नेपालमा विद्यमान जडिबुटीहरुको पहिचान,संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्य लिई बि.सं.१९९४ मा वनस्पति फाँटको शुरुवाती भएको देखिन्छ। यहि वनस्पति फाँट बि.सं.२०१६ मा नेपालको वनस्पति विविधताको पहिचान,अध्ययन-अनुसन्धान,सदुपयोग,प्रविधि बिकास तथा प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ वनस्पति बिभागको स्थापना भएको हो। बिभागले लिएको उद्देश्यलाई परिपुर्ति गर्न बि.सं.२०१९ सालमा मकवानपुर जिल्लाको पदमपोखरी बृन्दावनमा अनि २०२२ सालमा दामन र टिस्टुङ्गमा वनस्पति उद्यानको स्थापना भएको हो। स्मरणीय कुरो यो छ कि नेपालको एकमात्र पर्वतीय वनस्पति उद्यान दामनमा रहेको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

1649697586267-1649724595.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...