pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

पर्वतिय वनस्पति उद्यान दामन तथा टिस्टुङ्गमा मनाईयो ६२औं वार्षिकोत्सब तथा २३ औं वनस्पति दिवस

1649697577192-1649724595.jpg

केन्द्र सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्ने वनस्पति बिभागको ६२ औं वार्षिकोत्सब तथा २३औं  वनस्पति दिवस वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख तथा बरिस्ठ बैज्ञानिक अधिकृत रघुराम पराजुलीको उपस्तिथिमा थाहा नगरपालिका वडा नं.४ दामन स्थित ६५ हेक्टर स्क्वायर क्षेत्रफलमा फैलिएको नेपालको एकमात्र  पर्वतीय वनस्पति उद्यान दामनमा एक कार्यक्रम बिच सम्पन्न भएको छ। मकवानपुर जिल्लामा भएका तीनै वटा वनस्पति उद्यानहरु बृन्दावन पदमपोखरी,पर्वतीय उद्यान दामन र टिस्टुङ्गमा जिल्ला वनस्पति बिभागका प्रमुख एकैसाथ कार्यक्रममा सहभागी हुन सक्ने अवस्था नभएकोले हिजो चैत्र २८ गते नै  पर्वतीय वनस्पति उद्यान दामन तथा टिस्टुङ्गमा २३औं वनस्पति दिवस मनाईएको छ।कार्यक्रममा को अवसरमा  वृक्षरोपण पनि गरिएको थियो।
आज चैत्र २९ गते हेटौंडा नगरपालिका स्थित बृन्दावन वनस्पति उद्यानमा एक भव्य कार्यक्रम गर्दै यस वर्षको वनस्पति दिवस समापन हुने जिल्ला वनस्पति अनुसन्धान केन्द्र  मकवानपुरका प्रमुख पराजुलीले जानकारी गराउनुभयो। वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका लागि दुई वर्ष अघिमात्र नियुक्ति पाएका प्रमुख पराजुलीले जिम्मेवारी सम्हाले यता धेरै कार्यक्रमहरु भएका छन् र धेरै बिकासका योजनाहरुले गति लिएका छन् । पर्वतिय वनस्पति उद्यान दामनमा आ.व.२०७७-७८ को बजेटमा  ७०० मि.को पैदलमार्ग निर्माणको योजना सफल पार्नुभयो साथै २०७८-८९ को बजेटमा पुनः बाकी पैदलमार्गलाई सम्पन्न बनाउन थप बजेट ल्याउनमा उल्लेखनीय भुमिका निर्वाह गर्नुभएको छ। साथै यसै वर्ष अर्किड हाउस,टिकट घर र प्रमुखत:  ६५ हेक्टर स्क्वायर क्षेत्रफललाई संरक्षण गर्ने उद्देश्यले तारबारको निम्ति पनि प्रभावकारि योजना र बजेट ल्याउनु भै आफ्नो कार्य कुशलता स्थानीयहरु माझ दर्शाइसक्नु भएको छ।
उहाँले  पदमपोखरी  तथा टिस्टुङ्ग स्थित वनस्पति उद्यानहरुमा समेत बिबिध बिकासे योजनाहरु पार्नुभएको छ।  मकवानपुर जिल्लामा नियुक्ति भएयता उहाँको प्रमुख मध्यको एक  उपलब्धि भनेको दुर्लभ तथा संकटापन्न भोटे लहरा (Gnetum) जातको एक विशेष लहरेदार वनस्पतिको खोजी गर्नु हो। सो भोटे लहरा जातको वनस्पति पदमपोखरी क्षेत्र आसपासको ठिङ्गन भेगमा सर्वप्रथम उहाँ आफैंले भेट्टाउनू भएको थियो।
वृक्षरोपण कार्यलाई  थप प्रोत्साहित र नयाँ शैलीले प्रस्तुत गराउदै २०७७ सालदेखि बृन्दावन वनस्पति उद्यानमा ceremonial plantation (विशेष समारोह वा अवसरमा गरिने वृक्षरोपण ) को अवधारणा उहाँ बाटै सुरुवात भएको हो। आफ्नो जन्मदिन,बिबाह,कुनै विशेष अवसर या कसैको नाममा पनि वृक्षरोपण गर्न पाउने सोचलाई प्रयोगात्मक ढङ्गले सार्थक बनाउदै वातावरणमैत्री जीवन जिउनमा उहाँले अपनाउनु भएको बुद्धिमानी कदम अत्यन्त सराहनीय छ र त्यो सोच दामन तथा टिस्टुङ्गको वनस्पति उद्यानमा समेत छिट्टै लागु गराउने उहाँको अर्को योजना रहेको छ।
इतिहास हेर्दा नेपालमा विद्यमान जडिबुटीहरुको पहिचान,संकलन तथा व्यापार व्यवस्थित एवं विकास गर्ने उद्देश्य लिई बि.सं.१९९४ मा वनस्पति फाँटको शुरुवाती भएको देखिन्छ। यहि वनस्पति फाँट बि.सं.२०१६ मा नेपालको वनस्पति विविधताको पहिचान,अध्ययन-अनुसन्धान,सदुपयोग,प्रविधि बिकास तथा प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ वनस्पति बिभागको स्थापना भएको हो। बिभागले लिएको उद्देश्यलाई परिपुर्ति गर्न बि.सं.२०१९ सालमा मकवानपुर जिल्लाको पदमपोखरी बृन्दावनमा अनि २०२२ सालमा दामन र टिस्टुङ्गमा वनस्पति उद्यानको स्थापना भएको हो। स्मरणीय कुरो यो छ कि नेपालको एकमात्र पर्वतीय वनस्पति उद्यान दामनमा रहेको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

1649697586267-1649724595.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg