bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

खेल

नेपाल भारतसंग १० विकेटले पराजित।

FB_IMG_1693836044527-1693874299.jpg

भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।

सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टायो ।

भारतका ओपनर कप्तान रोहित शर्मा ७४ र सुभमन गिल ६७ रनमा नट आउट रहे ।

टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो । नेपालका आशिफ शेखले अर्धशतक बनाए भने सोमपाल कामी मात्र २ रनले अर्धशतक बनाउनबाट चुके ।

नेपालका ओपनयद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे ।

नेपालको यो राम्रो थालनीमा भारतको तीन क्याच ड्रपले सहयोग पुगेको थियो ।

भारतलाई पहिलो विकेट लिन पावर प्लेको अन्तिम दोस्रो बल कुर्नु परेको थियो । विश्वस्तरका भारतीय बलरहरु मोहम्मद सामी, मोहम्मद सिराज र हार्दिक पाण्डेको बलमा दुई छक्का र तीन चौका प्रहार गरेका भुर्तेललाई दशौं ओभरको पाँचौं बलमा शार्दुल ठाकुरले आउट गरे ।

साझेदारी टुटेपछि नेपालले लगातार विकेट गुमायो । आसिफले एउटा इण्ड सम्हाले पनि अर्कोतिर विकेट गइरह्यो । भीम सार्की ७, रोहितकुमार पौडेल ५ र कुशल मल्ल मात्र २ रनमा आउट भए । जतिबेला नेपालको स्कोर १०१/४ थियो ।

त्यसपछि भने नेपालले केही सम्हालियो ।

छैटौं नम्बरमा आएका गुल्सन झाले आसिफसँग ३१ रनको साझेदारी गरे । ८८ बलमा अर्धशतक बनाएका आसिफ ३० औं ओभरको पाँचौं बलमा आउट भए । उनले सर्वाधिक ५८ रन बनााए । थप १२ रन जोड्दा झा पनि व्यक्तिगत २३ रनमा आउट भए ।

सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले पारी नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुबैले सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । ४२औं ओभरको पहिलो बलमा ऐरी २९ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १९४/७ थियो । त्यसपछि पनि सोमपालले केही ठूला सर्ट खेले । अर्धशतक बनाउन मात्र २ रन चाहिएको बेला उनी ४७.२ ओभरमा आउट भए । ५६ बलको सामना गरेका उनले एक चौका र दुई छक्को मद्दतमा ४८ रन बनाए ।

त्यसबेलासम्म पनि नेपालसामू पुरै ५० ओभर खेल्ने अवसर थियो । सन्दीप लामिछाने रन आउट भए भने ललित राजवंशी क्लिन बोल्ड भएपछि नेपाल ४८.२ ओभरमा २३० रन बनाएर अलआउट भयो ।

भारतका लागि मोहम्मद सिराज र रवीन्द्र जडेजाले समान ३/३ विकेट लिए भने मोहम्मद सामी, हार्दिक पाण्डेय र शार्दुल ठाकुरको नाममा एक/एक विकेट रह्यो ।

यसअघि नेपाल एसियन कपको आफ्नो पहिलो खेल पाकिस्तानसँग पराजित भएको थियो ।

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...