Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

नेपालले श्रीलंकालाई ८-० गोलले हरायो

FB_IMG_1751464417687-1751467464.jpg

एएफसी वुमन्स एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरूद्ध नेपालले उत्कृष्ट जित निकालेको छ। 
समूह 'एफ' अन्तर्गत नेपालले बुधबार उज्वेकिस्तानमा भएको खेलमा श्रीलंकालाई ८-० गोलले हरायो। 
नेपालका लागि गीता रानाले खेलको सातौं मिनेटमा पहिलो गोल गरिन्। साम्बाले खेलको २०औं मिनेटमा अग्रता दोब्बर पारिन्। 
४२ मिनेटमा साम्बाले नै नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरिन्। साम्बाले ४४ मिनेटमा ह्याट्रिक गर्दा नेपाल पहिलो हाफमा ४-० गोलले अघि बढ्यो। 
पहिलो हाफमा चार गोल गरेको नेपालका लागि गीताले ५४ मिनेटमा व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौ गोल गरिन्। 
६२ मिनेटमा निसा थोकरले गोल गर्दा नेपालको अग्रता ६-० मा पुग्यो। ७८ मिनेटमा रेखा पौडेलले गर्न सफल भइन्। रेखाको गोलसँगै नेपाल ७-० गोलले अघि बढ्यो। ८९ मिनेटमा पूजा रानाले नेपालका लागि आठौं गोल गरेकी थिइन्। 
‍छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो। सावित्रा भण्डारी साम्बाले पहिले पटक कप्तानी गरेको सो खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको थियो। 
नेपालका लागि कप्तान साम्बाले पाँच गोल गरेकी थिइन्। यता पहिलो खेलमा श्रीलंकाले भने आयोजक उज्वेकिस्तानसँग १०-० गोललेको हार ब्यहोरेको थियो। 
अब नेपालले शनिबार घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ। उज्वेकिस्तानलाई हराउन सके नेपाल पहिलो पटक एसियन कपमा छनोट हुनेछ। यद्यपी आजै हुने उज्वेकिस्तान र लाओसबीचको खेलले पनि शनिबारको खेललाई प्रभावित गर्नेछ।
उज्वेकिस्तानले लाओसलाई ६ गोलले वा सोभन्द कम अन्तरले पराजित गरे नेपालले अन्तिम खेलमा बराबरी खेल पनि छनोट हुने सम्भावना हुनेछ

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...