pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

नारीको इज्जत लुटेको कुरामा टेबल ठटाउन अन्त्य गरिदिनुस्
सिम्रन खड्का

simran-1602412991.jpg

म (नारी) यस्तो देशको नागरिक हुँ, जहाँ एउटा महिलालाई लक्ष्मी, देवी, सरस्वती, दुर्गा भवानी आदि नामले पुज्ने गरिन्छ। आदर, सम्मान र सत्कार गरिन्छ। अनि जुन घरमा छोरीको जन्म हुन्छ, त्यस घरले छोरी पाएको उपलक्ष्यमा दिपावली गर्छ, खुशी मनाउँछन्। हो म यस देशको नागरिक अझ् भनौं म यही देशको नारी भनिरहदा साँच्चै गर्वले छाती फूल्छ ।

खुशीह? अन्यासै उथलपुथल हुन्छ । अनि फेरी, अर्को कुरा सुन्नुस् म त्यही देशको पनि नागरिक हुँ वा नारी हुँ । जुन देशमा बिहान मन्दिरमा लक्ष्मीको ?पमा पुजा गरिन्छ र अनि बेलुका त्यही मन्दिरमा उस्को अस्तित्व लुटिने गरिन्छ। अनि त्यही घर जहाँ एउटा छोरी जन्मिदा खुशियाली मनाईएको थियो, त्यही घरमा भोली त्यही लक्ष्मी (नारी) आफ्नै बुवा, हजुरबुवा, दाजुभाइबाटै बलात्कृत हुन्छिन् ।

एकपटक मात्र होइन, पटकपटक आफ्नैह?को शिकार बन्छे। हो म (नारी) यही देशमा जन्मिएको हुँ । मलाई पटक–पटक घृणा लाग्छ, लज्जावोध हुन्छ र अझ भनौ अहिले त डर लाग्छ कि म यो देशको नागरिक हुँ। भन्नाले मलाई मात्र होइन, सम्पुर्ण दिदीबहिनिलाई यो थाहा भईसक्यो कि हामी सुरक्षित छैनौ । हामी अब हर कोही मनलाई खुल्ला र आन्दित गरेर हिड्न सक्दैनौं ।

किनकी मानव?पी दानवह? जताततै छरपस्ट छरिएका छन्। यो समाजको निर्मला पन्त, सम्झना बि।क। त उदाहरण मात्र हुन्। हाम्रो समाजले केही यस्ता घटनालाई मात्र बाहिर ल्याएको हो। त्यस्ता कैयौं निर्मला पन्त र सम्झना बि।क।ह? छन्। जो बलात्कारको शिकारमा आफ्नो ज्यान अकालमै गुमाएका छन्। कतिलाई आत्महत्या गर्न समेत बाध्य पारिएको छ ।

सबै जनाको सोच त्यस्तै नहोला र नरपिचासह? नहोलान्। तर समाजमा यस्ता गिद्दह? पनि बसेका छन्। जस्ले आमा, दिदीबहिनी, कसैलाई पनि बाँकी राखेका छैनन्। यस्तो खबर सुन्दा समाचार पढ्दा म (नारी) को रगत उम्लेर आउँछ। छाती बेस्सरी दुःखेर आउँछ। ती कोपिला कुनैदिन फूलेर मधुर सुगन्ध समाजमा छर्ने सपना देखेकाह?लाई नरपिचासह?ले कोपिलामै निमोठेर तुहाइदिएको हुन्छन्।

घर÷परिवारले, समाजले र देशले छोरी (नारी) ह?लाई हेर्ने नजर र सोच्ने सोचले गर्दा पनि यस्ता घटनाह? दिनप्रतिदिन बढ्दैछ। ती नरपिचासह?को आत्मबल बढ्दैछ अनि अर्को कुरा, यो देशको कानुन र न्याय भन्ने चिजलाई पैसा र पहुँच भएकाह?ले बिकाउन सफल भएका छन्। गरिब र पहुँच विहिनलाई पनि समान न्याय दिलाउने न्यायलय नै पैसा र पहुँचको लालचमा डुबेर अन्याय गरिरहेको छ। यस्तो लाग्छ, म९नारि०लाई न्याय दिलाउने कानुनको त यो देशमा अहिलेसम्म जन्म भएको नै छैन। यदी भईहाल्यो भने पनि लागू हुन दिदैनन् ।  किनकी जस्ले कानुन लागू गर्नुपर्ने हो, उ आफैँ पनि नरपिचास ।।।।

एकाध महिला वा पीडित पक्ष कानुनको ढोका ढकढक्याउन पुगेपनि त्यहाँ सदियौको भाले चिन्तन हाबी हुने गर्छ। जस्तो बलात्कारी, अपराधी भएपनि मर्ने बेलामा पानी खुवाउने र पिण्ड पुजा गर्ने भनेको छोरा नै हो। र मेरो सम्पत्तिको मालिक पनि छोरा नै हो भन्ने सोच हाम्रो समाजमा गाडिएको छ। महिलालाई अलग व्यक्तिको रूपमा मात्र होइन, यो समाजले लिङ्ग भोग र बच्चा उत्पादन गर्ने मेसिनको रूपमा लिएको पाइन्छ। र कानुनले पनि महिलालाई यस्ता शब्दावलीह?ले नै विभेद गरेको छ ।

आफ्नै बाउ, दाजुभाइ, काका, हजुरबुवाबाट बलात्कृत हुँदा पनि यौनलाई अतिसय र घिनलाग्दो चित्रित गरिएको हाम्रो समाजमा त्यो छोरीले बुवा, दाजुभाइले आफुमाथि बारम्बार गर्ने गरेको हर्कतबारे कसरी बोल्न सकोस्। आखिर यो समाजले गलत देख्ने भनेको नारीलाई नै हो। यही इज्जत र चरित्रको कारण पनि कतिपय घटनाह? प्रहरी, प्रशासनसम्म नि पुग्दैन। र अँध्यारो कोठाभित्र नै न्याय पिल्सिरहन्छ। हो यसरी नै न्याय हराउँदैछ मेरो देशमा। धेरै फक्रिन खोजेका फूलह? कोपिला मै चुडिनु परेको छ र एकाध एक–दुई घटना सार्वजनिक गरिन्छ ।

विभिन्न सामाजिक संजालह? भरिन्छ । विभिन्न मिडियाह?ले ठुला–ठुला अक्षरमा हेडलाईन बनाउछन्। महिलाको हकहीत र अधिकारको निम्ति लड्छु भन्ने डलरे संघसंस्थाह?ले आन्दोलन गरे जस्तो गरेर सडक तताउँछन्। केहीदिन त्यस घटनाको चहलपहल हुन्छ। तर हप्तादिन बित्न नपाउँदै त्यो घटना कहाँ गएर सेलाउँछ थाहा छैन। अनि पीडितह? सधैं पीडित अनि बलात्कारी सधैं समाजको बहादुर हुन्छ।

हो मलाई धेरै पटक यो महसुस हुन्छ कि किन म छोरी भएर जन्मिए ? अझ मलाई  यो कुरा सम्झेर झनै डर लाग्छ कि मैले छोरी जन्माए भने मैले त्यस्को सुरक्षा कसरी गर्छु होला भनेर। अब त अति नै भईसक्यो, यो देशमा न्याय र मानवता भन्ने चिज हराईसक्यो। एउटा अनुरोध छ, सत्तामा पुगेका ती ठुला–बडाह?लाई अनि देश चलाउँन देशको राजधानीमा केवल कुर्सीको मोहमा बसेकाह?लाई। तिम्रा पनि छोरी होलान्, बुहारी होलान्, दिदीबहिनी होलान्, अहिले सम्झना र निर्मलाको अभिभावकले पीडा भोगेका छन्, त्यस्तै पीडा भोली तपाईंह?ले नि भोग्नु पर्नेछ।

हुन त सायद सम्झना र निर्मलाको ठाउँमा तपाईंह?को छोरी, दिदीबहिनी भएको भए यो देशको कानुनको ?प रेखा बदलिने थियो होला। बलात्कारीलाई ठुलो र कडा सजायँ भएको कानुन बन्थ्यो होला। बलात्कारीह?लाई तत्काल सजायँ तोकिन्थ्यो होला। तर यहाँ त ठिक बिपरित छ। गरिब र दुःखी जनताह? कै हो सधैं आँसु बग्ने, बिजोग हुने उनीह? कै सन्तानह? हुन्, आफ्नै शरीरबाट बगेको रगतले लिक्षिप्त भएर ब्वासोह?को हातबाट मर्नु पर्ने।

यदी तिमीह?लाई साँच्चै नै यो देशको माया लाग्छ, अनि नारीको इज्जत गर्नु पर्छ लाग्छ भने यो देशको नारीको इज्जत जोगाइदिनुस्। यो देशको छोरीह?को कुमारित्व जोगाइदिनुस्। अनि उनीह?ले हाँसेर खुशी र ढुक्क भएर हिड्ने वातावरण मिलाइदिनुस्। उनीह?को सुरक्षा गरिदिनुस्। तर बिन्ती छ, नारीको इज्जत लुटेको कुरालाई अनि बलात्कारबाट मृत्यु भएको कुरालाई चिया पसलमा चिया गफमा टेबल ठटाउने वातावरणको अन्त्य गरिदिनुस्। 

:सिम्रन खड्का 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...