Thursday, 14 May, 2026
IMG-20260413-WA0014-1776144825.jpg

जीवनशैली

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

FB_IMG_1697679278497-1697679698.jpg

 

 

नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन बिहीबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । 

पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरुका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनिमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् । 

पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनि प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरु चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु, मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन् । ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन् ‘ऋषिजी तपाइँ ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्व नबुझी मैले दिएको श्रापबाट मलाइ ठूलो पश्चात्ताप छ, अब म तपाइँलाई पुत्रका रुपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।

दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । आश्विन शुक्ल प्रतिपदादेखि नै काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको लाम लाग्न थालेको छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति
InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको...

थाहाका विद्यालय आइतबार पनि संचालन गर्ने निर्णय
DSCN4807-1778511695.JPG

मकवानपुरको थाहा नगरपालिकाले नगरभित्रका सबै विद्यालय आइतबारसमेत सञ्चालन गर्ने निर्णय गरेको छ। थाहा नगर शिक्षा...

नजिककैको तीर्थ ओझेलमा : पुरुषोत्तम मास पर्खिरहेको पालुङको मत्स्यनारायण
20260511_130604-1778507855.jpg

अहिले वैशाख महिना चलिरहेको छ । यसपटक जेठ महिनामा अधिकमास अर्थात् मलमास परेको छ । हिन्दु धर्मशास्त्रअनुसार यो...

रास्वपा थाहा–२ को प्रथम वडा अधिवेशन सम्पन्न, दिपेन्द्र घिमिरे सभापतिमा चयन
FB_IMG_1778330052474-1778330178.jpg

मकवानपुर, थाहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगरपालिका वडा नं. २ को प्रथम वडा अधिवेशन भव्य रूपमा...

थाहा नगरको बज्रबाराही माविमा प्रधानाध्यापक विवाद अदालतसम्म पुग्यो
file_000000002a4472088d56-1778253055.png

मकवानपुरको थाहा नगरपालिका–६ स्थित बज्रबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ ।...

शिशु पोषण सुरक्षाका लागि स्तनपान प्रवर्द्धनमा जोड, BMS ऐनबारे सरोकारवालालाई अभिमुखीकरण
FB_IMG_1778240807546-1778240925.jpg

थाहा नगरपालिका क्षेत्रमा शिशुको स्वास्थ्य र पोषण सुरक्षालाई केन्द्रमा राख्दै पोषण कार्यक्रम अन्तर्गत स्तनपान...

७ वर्षपछि सलिनमानको दमदार कमब्याक: ‘युनिभर्सिटी अफ गुण्डाज्’को स्टाइलिस टिजर सार्वजनिक
InShot_20260506_175207967-1778069253.jpg

२०८० सालको माघमा घोषणा गरिएको फिल्म युनिभर्सिटी अफ गुण्डाज् अन्ततः निर्माणमा जाने पक्का भएको छ। मंगलबार...

ऐतिहासिक टिष्टुङमा बज्रबाराही जात्रा आजदेखि
FB_IMG_1777283149750-1777682880.jpg

प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख...

राष्ट्रिय स्वतन्त्र पार्टी थाहा–८ मा वडा कमिटी गठन
InShot_20260428_095133153-1777349315.jpg

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) थाहा नगर कमिटीले वडा नं. ८ मा ११ सदस्यीय वडा कमिटी गठन गरेको छ।...

khane-1774766593.png