Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

नयाँ तरकारी पकेट बिकास अन्तर्गत थाहा ४ मा कृषि सामाग्री वितरण

474848959_111217313091976-1737984572.jpg

कृषिमा यान्त्रीकरणमार्फत् उत्पादन लागत घटाई आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले थाहा नगरपालिकाको वडा नम्बर ४ मा विभिन्न ७ थरीका कृषि यन्त्रहरु वितरण गरिएको छ । थाहा नगरपालिकाले स्थानीय सेतोगुराँस कृषक समूहसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको हो । 

सोमबार थाहा नगरपालिका वडा नम्बर ४ किटेनीमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको सामग्रीहरुमा मिनिटिलर, डिपि पाइप, सिल्पोलिन, मल्चिङ प्लास्टिक र स्प्रेयर रहेका छन् । वितरण गरिएको सामग्रीमा सबैभन्दा बढी मिनिटिलर रहेको छ । कृषकहरुलाई मिनिटिलर पेट्रोल ७ एच पि ४० वटा, मिनिटिलर डिजेल ७ एच पि १० वटा र मिनिटिलर सानो १ वटा वितरण गरिएको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख संजय तिवारीले जानकारी दिए । त्यसैगरी २० एम एम एच डिपि पाइप तीन हजार मिटर , सिल्पोलिन ९० जि।एस।एम। ५ थान, मल्चिङ्ग २५ माइक्रोन ९ थान र स्प्रेयर डियुल १० वटा वितरण गरिएको छ ।

थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यतामा वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लामाले वडामा पहिलोपटक एकसाथ यति धेरै कृषि यान्त्रिक सामग्रीहरु वितरण गरिएको बताए । उनले थाहा नगरपालिका कृषि विकास शाखालाई धन्यवाद दिँदै आगामी दिनमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा थाहा नगरपालिका आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले वितरित सामग्रीहरुको सदुपयोग गर्न र सामुहिकतामा विश्वास गर्न आग्रह गरे ।

त्यसैगरी कृषि प्रसार अधिकृत तिवारीले कृषिमा यान्त्रीकरणका कारण लागत घटाउने र उत्पादकत्व बढाउने भएकोले अहिले कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भइरहेको बताए । संघीय सरकारबाट प्राप्त १२ लाख रुपिया अनुदान र कृषकहरुको १२ लाख गरी कूल २४ लाखमा सामग्रीहरु खरिद गरिएको उनले जानकारी दिए ।

सेतोगुराँस कृषक समूहका अध्यक्ष श्रीकृष्ण केसीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य सुन्दरराज केसी, थाहा नगरपालिका कृषि विकास शाखाका अधिकृतद्वय बालकुमारी भट्टराइ, प्रदिप गुरुङ, रोजगार संयोजक कुमार नेगी, कृषि प्राविधिक राजकुमार श्रेष्ठ, रोहिणी स्याङ्तान,  पशु पाविधिक रुपेशकुमार मिश्र  लगायतको सहभागिता रहेको थियो । कार्यक्रम आयोजक सेतोगुराँस कृषक समूहका सचिब गणेश लामाले सञ्चालन गरेका थिए । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...