pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

नयाँ तरकारी पकेट बिकास अन्तर्गत थाहा ४ मा कृषि सामाग्री वितरण

474848959_111217313091976-1737984572.jpg

कृषिमा यान्त्रीकरणमार्फत् उत्पादन लागत घटाई आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले थाहा नगरपालिकाको वडा नम्बर ४ मा विभिन्न ७ थरीका कृषि यन्त्रहरु वितरण गरिएको छ । थाहा नगरपालिकाले स्थानीय सेतोगुराँस कृषक समूहसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको हो । 

सोमबार थाहा नगरपालिका वडा नम्बर ४ किटेनीमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको सामग्रीहरुमा मिनिटिलर, डिपि पाइप, सिल्पोलिन, मल्चिङ प्लास्टिक र स्प्रेयर रहेका छन् । वितरण गरिएको सामग्रीमा सबैभन्दा बढी मिनिटिलर रहेको छ । कृषकहरुलाई मिनिटिलर पेट्रोल ७ एच पि ४० वटा, मिनिटिलर डिजेल ७ एच पि १० वटा र मिनिटिलर सानो १ वटा वितरण गरिएको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख संजय तिवारीले जानकारी दिए । त्यसैगरी २० एम एम एच डिपि पाइप तीन हजार मिटर , सिल्पोलिन ९० जि।एस।एम। ५ थान, मल्चिङ्ग २५ माइक्रोन ९ थान र स्प्रेयर डियुल १० वटा वितरण गरिएको छ ।

थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यतामा वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लामाले वडामा पहिलोपटक एकसाथ यति धेरै कृषि यान्त्रिक सामग्रीहरु वितरण गरिएको बताए । उनले थाहा नगरपालिका कृषि विकास शाखालाई धन्यवाद दिँदै आगामी दिनमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा थाहा नगरपालिका आर्थिक विकास समितिका संयोजक एवम् वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीले वितरित सामग्रीहरुको सदुपयोग गर्न र सामुहिकतामा विश्वास गर्न आग्रह गरे ।

त्यसैगरी कृषि प्रसार अधिकृत तिवारीले कृषिमा यान्त्रीकरणका कारण लागत घटाउने र उत्पादकत्व बढाउने भएकोले अहिले कृषकहरु आधुनिक प्रविधितर्फ आकर्षित भइरहेको बताए । संघीय सरकारबाट प्राप्त १२ लाख रुपिया अनुदान र कृषकहरुको १२ लाख गरी कूल २४ लाखमा सामग्रीहरु खरिद गरिएको उनले जानकारी दिए ।

सेतोगुराँस कृषक समूहका अध्यक्ष श्रीकृष्ण केसीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा वडा नम्बर ४ का वडा सदस्य सुन्दरराज केसी, थाहा नगरपालिका कृषि विकास शाखाका अधिकृतद्वय बालकुमारी भट्टराइ, प्रदिप गुरुङ, रोजगार संयोजक कुमार नेगी, कृषि प्राविधिक राजकुमार श्रेष्ठ, रोहिणी स्याङ्तान,  पशु पाविधिक रुपेशकुमार मिश्र  लगायतको सहभागिता रहेको थियो । कार्यक्रम आयोजक सेतोगुराँस कृषक समूहका सचिब गणेश लामाले सञ्चालन गरेका थिए । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg