pani-1786865868.jpg
Wednesday, 28 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

नयाँ आर्थिक वर्षको नीति कार्यक्रमबारे दलहरुसँग अन्तरक्रिया

FB_IMG_1683553850557-1683553928.jpg

हेटौंडा/बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव संकलन गरेको छ । प्रदेशसभामा सोमबार भएको अन्तरक्रियामा दलका नेताहरुले नीति कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विषेश कार्यक्रम तथा परिणाममूखी नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए । 
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धी समिक्षा र सबैको सुझावलाई समेटेर नीति कार्यक्रम ल्याइने बताए । ‘हामी परिणाम देखिने र आम नागरिकलाई छुनेगरी नीति कार्यक्रम ल्याउने तयारीम छौं’, उनले भने, ‘प्राप्त सुझावहरुको आधारमा हामी अघि बढ्नेछौं ।’
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेल, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण प्रसाद शर्मा खनाल, हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले सुझाव दिएका थिए । उनीहरुले दलभन्दा माथि उठेर पहुँचको आधारमा बजेट बितरण भन्दा आवश्यकता र योजनाको आधारमा नीति कार्यक्रम ल्याउन र त्यसको आधारमा बजेट निर्माण गर्न सुझाव दिएका थिए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल सहित प्रदेशसभा सदस्यहरुको उपस्थिती थियो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रमको तयारी गरिरहेको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg