Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

नयाँ आर्थिक वर्षको नीति कार्यक्रमबारे दलहरुसँग अन्तरक्रिया

FB_IMG_1683553850557-1683553928.jpg

हेटौंडा/बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे प्रदेश सरकारले प्रदेशसभामा आबद्ध राजनीतिक दलहरुसँग सुझाव संकलन गरेको छ । प्रदेशसभामा सोमबार भएको अन्तरक्रियामा दलका नेताहरुले नीति कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्र केन्द्रित विषेश कार्यक्रम तथा परिणाममूखी नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए । 
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाँच वर्षको प्रदेश सरकारको उपलब्धी समिक्षा र सबैको सुझावलाई समेटेर नीति कार्यक्रम ल्याइने बताए । ‘हामी परिणाम देखिने र आम नागरिकलाई छुनेगरी नीति कार्यक्रम ल्याउने तयारीम छौं’, उनले भने, ‘प्राप्त सुझावहरुको आधारमा हामी अघि बढ्नेछौं ।’
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेल, नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री, राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण प्रसाद शर्मा खनाल, हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले सुझाव दिएका थिए । उनीहरुले दलभन्दा माथि उठेर पहुँचको आधारमा बजेट बितरण भन्दा आवश्यकता र योजनाको आधारमा नीति कार्यक्रम ल्याउन र त्यसको आधारमा बजेट निर्माण गर्न सुझाव दिएका थिए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल सहित प्रदेशसभा सदस्यहरुको उपस्थिती थियो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रमको तयारी गरिरहेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...