pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

मनाेरञ्जन

धारापानीकि सुन्तली लाई 'हामी छौ' को साथ
मनले नमानेर थाहामा २ जना वास्तविक पिडितको सहयोगको लागि छनौट गरेको बस्नेतले बताउनुभयो।

1721474747137-1721474776.jpg

देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ देशका विभिन्न भागमा छायांकन सक्कायर डकुड्रामा "हामी छौ" को टोली पुनःथाहाको शिखरकोट आइपुगेको छ।
सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको डकुड्रामाले थाहा नगरपालिकामा २ जनालाई छनौट गरेको छ।
 वडा न ४ मा रहेकी बिपन्न तथा एकल दलित महिला चिनीमैयाँ नेपालीलाई यस अघि छनौट गरिएकोमा पुनः अर्का एकल दलित महिला धारापानीका सुन्तली बिक लाई छनौट गरिएको डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेतले जानकारी दिनुभयो।
डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना व्यक्ति छनोट गरिएको छ,जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी निर्माण पक्षको छ । डकुड्रामाको उद्देश्य चाहिने भन्दा बढि आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने रहेको ड्रामाकी कलाकार तथा निर्माता सलिना बस्नेतले बताइन्।
थाहा ४ मा रहेकी चिनीमैया नेपाली छनौट भएसंगै निर्माण टोली १९ असारमा शिखरकोटमा आएर 
निर्माण टिमले तत्काल २५ हजार नगद सहित एउटा लुगा सिलाउने मेसिन प्रदान गरेको थियो।भने अहिले सुन्तली बिकलाई पनि तेस्तै खाले सहयोग गरेको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए।

थाहा नगरपालिका भित्र रहेका पर्यटकिय क्षेत्रलाई चलचित्र मार्फत देश तथा बिदेश पुर्याउदै आइरहेका बस्नेतले सामाजिक सेवा तर्फको कदमले पनि थाहा नगरपालिका नै रोजेका छन।
उनले थाहा नगरपालिकाले आफ्नो योगदानको कदर नगरेपनी आफ्नो मनमा सधै दामन पालुङको सुन्दरतालाई क्यामेरामा कैद गरेर संसारभर लगिरहने बताउनुभयो।
उनले थाहामा भएको फिल्म फेस्टिबललाई लक्षित गर्दै भने  " तेत्रो ७ दिन फिल्म फेस्टिभल हुँदा दामन पालुङ लाई चलचित्र छायांकन गर्न लागिरहने हामी जस्ता चलचित्रकर्मीलाई नसम्झदा दुःख लागेको थियो"।
"तरपनी यो ठाउँको माया लागिरहन्छ" तेसैले सात प्रदेशको ७ वटा पिडित छनौट गर्दा पनि मनले नमानेर थाहामा २ जना वास्तविक पिडितको सहयोगको लागि छनौट गरेको बस्नेतले बताउनुभयो।

डकुड्रामाको सुटिङनै थाहाको चित्लाङबाट गरेका बस्नेतले थाहा भित्रको अर्को एक जना अति बिपन्न लाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पछि पुन थाहाका बिक लाई रोजेका हुन।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको डकुड्रामा आगामी दसैंमा ओटिटी फर्मबाट रिलिज हुने जनाइएको छ। यो डकुड्रामा ७ भागको हुनेछ।

सलिना बस्नेत र आर्यन पौडेलको प्रमुख भूमिका रहेको डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए। सुशील देवकोटाको लेखन रहेको डकुड्रामाका निर्देशक रामजी राउत हुन्।

रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजित बासकोटाको संगीत रहने डकुड्रामालाई बन्दे प्रसादले सम्पादन गर्नेछन्।

1721474747137-1721474779.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg