kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

जीवनशैली

देउसी भैलो किन खेलिन्छ?

deusi-1699927480.jpg

भगवान् विष्णुले देवताहरुको भनाइलाई त्यति चासो नदिएर म भक्तको अधीनमा रहेको र बलीको पुण्य सकिएपछि राज्य दिलाउने बताए ।

उता, बलीले ठूलो यज्ञ गरी गरिब, निमुखा र ब्राह्मणलाई आवश्यक परेको कुरा दान दिन लागे । राजा बलीको दानरुपी यज्ञले पृथ्वीलाई नै हल्लाउन थालेको थियो । उता, भगवान् विष्णुले पनि राजा बलीको पुण्य सकिएको थाहा पाई अब बलीलाई पाताल पठाउनुप¥यो भनी अर्को अवतार लिने विचार गर्नुभयो र वामनको रुप धारण गरी अवतरित हुनुभयो । केही समयपछि भगवान् विष्णुको उपनयन कर्म भयो र भिक्षाका लागि कुमारको रुप धारण गरी राक्षस राजा बलीको यज्ञस्थलमा भिक्षाम् देही भन्दै जाने काम गर्नुभयो । दान दिनमा पोख्त राजा बली पनि यस्तो अपूर्व कुमारलाई देखेर प्रसन्न हुँदै भन्न लागे– हे कुमार, तिमीलाई के चाहिन्छ माग । कुमाररुपी वामन भगवान्ले केही चाहिँदैन, एक छाक खान पुग्ने अन्न देऊ भनी माग्नुभयो । तर, वामनलाई चित्त बुझेन र भन्न थाले– अलि माग, त्यति जाबो के मागेको ? भगवान् वामनलाई पनि के खोज्छस् काना आँखो भयो ।

वामनले उसो भए तीन पाउ भूमि मलाई देऊ, त्यति भएपछि सुत्ने ठाउँ पुग्छ भन्ने कामना गर्नुभयो । यति भन्दा पनि राजा बलीलाई चित्त बुझेन । उनी अझ अलि धेरै माग्ने अनुरोध गर्न पुग्छन् । वामनले यतिमात्र भए पुग्छ भनेपछि राजा बली तीन पाउ भूमि दिनका लागि तयार हुन्छन् र आफ्ना गुरू शुक्राचार्यलाई संकल्पका लागि आग्रह गर्छन् । तर, राक्षसका गुरू शुक्राचार्यलाई भूमि माग्ने भगवान् विष्णु भएको जानकारी गराउँछन् । तर, वाचा–बन्धनमा परेका राजा बली तीन पाउ भूमि दिने निश्चय गर्छन् । मन नलागीकन नै शुक्राचार्य संकल्प गरिदिन्छन् र बली वामनलाई भूमि नाप्न आग्रह गर्छन् । वामनले जब भूमि नाप्न थाल्छन्, तब उनको एउटै पाइलाले मत्र्यमण्डल ढाकिन्छ । अब तेस्रो पाइला राख्ने ठाउँ कतै फेला पर्दैन ।

सत्यवादी बली अर्को पाइला दिने ठाउँ नपाई चुप लागेर बस्ने काम गर्छन् । भगवान् वामनले बलीलाई तिम्रो शिर देऊ, शिर देऊ भनेर बलीको शिरमा टेकी उनलाई पाताल पठाउने काम गर्छन् । भनिएको छ, अतिरपेण वै सति अति गर्वेण रावण, अति दानात बलिर्बध्वा तस्मात् अति विवर्जयेत् । बलीलाई पाताल पठाउनुअघि वामनले सत्यवादी भएको र धर्ममा निपूर्ण भएकाले पाँच दिन यस मत्र्यमण्डलमा राज्य गर्नु भनी वरदानसमेत दिने काम गर्छन् ।

त्यसै वरदानस्वरुप बलीले तिहारको पाँच दिन नै मत्र्यमण्डलमा राज्य गर्ने र उनको राज्यको समयमा सबैले देऊ शिर भनेर शिर माग्ने गरेको भनाइ रहेको छ । यसरी भगवान् वामनले सत्ययुगमा शिर देऊ भनेको हुँदा अहिले पनि त्यस्तै सम्झनास्वरुप देउसी खेलेको शास्त्रमा उल्लेख छ । बलीले राज्य गर्दा कलिको प्रवेश हुने र गाउँघरमा सामान्य जुवातास खेलेर कलिको झल्को दर्शाउने पनि गरेको पाइन्छ । तर, यसो गर्नुलाई अहिले कानुनले बन्देज गरे ता पनि यसमाथि पूर्ण नियन्त्रण भएको चाहिँ छैन ।

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...