Thursday, 09 May, 2024
कृषि

दामन बागवानी फार्ममा हिउँदे फलफूल खेती सम्बन्धि तालिम सम्पन्न

talim-sampanna-1637738799.jpg

 केन्द्रमा आर्थिक वर्ष २०७८/०८९ को संघीय कार्यक्रम अन्तर्गत मकवानपुर जिल्ला भरिका जम्मा २४ जना विभिन्न पालिकाहरुमा कार्यरत सहायक स्तरका कृषि प्राबिधिकको उल्लेख्य उपस्थिति रहेको  एक हप्ते  हिउँदे फलफूल खेती सम्बन्धि तालिम कार्यक्रम दामन स्थित शितोश्ण बागवानी फार्म तथा नर्सरी केन्द्रमा सम्पन्न भएको छ।

 कार्यक्रम उद्घाटनको दिनमा शितोश्ण बागवानी नर्सरी केन्द्रका प्रमुख,फलफूल बिकास केन्द्र किर्तिपुर लगायत कृषि बिज्ञान केन्द्र पालुङका अधिकृत तहका बिज्ञहरुद्वारा पनि सहभागी प्रशिक्षार्थीहरुलाई  प्रशिक्षण दिईएको थियो। प्रशिक्षणकै क्रममा मंसिर ४ भएको  फिल्ड अवलोकन तथा भ्रमण कार्यक्रम अन्तर्गत थाहा(९  बज्रबाराही अवस्थित प्राकृतिक अर्गानिक कृषि फार्मका साथै  किवि फार्म ,भेडा फार्म  र चिज फार्मको पनि प्रशिक्षार्थीहरुलाई स्थलगत अवलोकन,भ्रमण गराईएको थियो।
 
उक्त एक हप्ते हिउँदे फलफूल खेती तालीम  कार्यक्रमको दौरान उन्नत जातको किबि,हलुवाबेद,जापानीज कटुस, ओखर,नास्पाती,आरु,आरुबखडा,स्ट्रबेरी र  स्याउ खेती कसरी अनि कहिले गर्ने भन्ने विषयमा तालिमका संयोजक रहेका शितोश्ण  बागवानी नर्सरी केन्द्रका बरिस्ठ प्राबिधिक समीर ज्ञानि मगरले सहभागी २४ जना प्राबिधिकहरुलाई  प्रभावकारी तरिकाले प्रशिक्षण गर्नुभएको थियो। निकै नै  उत्साहपुर्ण  सहभागीता रहेको सो कार्यक्रम ब्यबहारिक,प्राबिधिक अनि सैधान्तिक रुपले सम्पन्न भएको र  तालीमले सहभागीहरु पनि प्रोत्साहित भएको समीर ज्ञानि मगरले थाहापाटिलाई जानकारी दिनुभयो।कार्यक्रमको अन्तिम दिन प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि दिईएको थियो।


world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...