Tuesday, 07 May, 2024
पर्यटन

दामनको भ्यू टावरमा नयाँ दुरबिन जडान, भोलिबाट दृष्यावलोकन गर्न पाईने

 दामन स्थीत भ्यु टावरमा नयाँ दुरबिन जडान भए पछि भोलिदेखि खुल्ने भएको छ । २०७६ साल चैत्रदेखी बन्द रहेको दामनको भ्यु टावर भोलिबाट खुल्न लागेको हो ।  दामन भ्यू टावरमा २५×१०० मेगापिक्सल क्षमताको डिजिटल दुरबिन जडान गरिएको र  उक्त दुरबिनको क्षमता पहिलाको दुरबिनको भन्दा १० मेगापिक्सल बढी रहेको र यसबाट देखिने दृश्य पनि उच्चतम क्वालिटि को रहेने बताईएको छ ।
बन्द भएको तीन वर्ष पछि दामन स्थीत भ्यूटावर संचालनमा आउन लागको हो । भ्यु टावर लगायत  अन्य भौतिक संरचनाहरुको पुनः मर्मत सम्भार गर्नुपर्ने भएकोले  विगत जस्तै  खाने र बस्ने  सुबिधा हाललाई  उपलब्ध नभए पनि अहिलेको स्थितिमानै भ्यु टावर मात्र संचालनमा आउने थाहा नगरपालिका वडा नं.४ का अध्यक्ष दिपक सिङ लामाले बताए ।
प्रती ब्यक्ति टिकट खरिद गर्दा साथमा एउटा सिक्का पाईने छ  र सो सिक्का दुरबिनमा ईन्सर्ट गरे पश्चात ३ मिनेट सम्म मात्र चल्ने छ । पुनः दुरबिनबाट हेर्न मन लागेमा अर्को नयाँ सिक्का इन्सर्ट गर्नुपर्ने हुन्छ  । टिकटको शुल्क भने स्थानीय,राष्ट्रिय अन्तराष्ट्रिय पर्यटकहरुको हकमा फरक फरक हुने बताईएको छ ।


 थाहा  नगरपालिकाको कार्यालयले नेपालकै पहिलो भ्यु टावर  ब्यबस्थित तवरले संचालन गर्न  योजना तयार पारिरहेको र सो पछि मर्मत सम्भार गरि पुर्ण रुपमा संचालन गरिने पनि  वडा नं.४ का अध्यक्ष दिपक सिङ लामाले बताए ।
भ्यु टावरमा जडान भएको नयाँ दुरबिनको १८ लाखमा खरिद गरिएको हो ।

 

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...