Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहा र इन्द्रसरोबरको सतप्रतिशत माटोमा अम्लीयपन

rasayanik-1596172262.jpg

 मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा कषकहरुले खेती गर्दै आएको सतप्रतिशत माटोमा अम्लीयपन रहेको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी जोन पालुङले गरेको अध्ययनले यस्तो देखाएको हो ।  

जोनले थाहा नगरपालिकाको १२ वटै वडा र इन्द्रसरोबर गाउँपालिकाको ५ वटै वडाका ६६५ घरधुरीलाई नमुना लिएर गरेको अध्ययनमा सबै माटो अम्लीय रहेको पाइएको हो । किसानहरुले मलको मात्रा नमिलाई खेती गर्नुका साथै रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीयपनको मात्रा बढ्ने कृषि पाविधिकहरु बताउँछन् ।

थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारीका अनुसार माटोमा पि. एच. को मात्रा ७ भन्दा कम भयो भने माटो अम्लीय भएको मानिन्छ ।

जोनको अध्ययन अनुसार थाहा र इन्द्रसरोबरमा माटोमा सबैभन्दा बढी पिएच मान ६.१ रहेको छ भने सबैभन्दा कम ३.५ रहेको छ । यहाँको माटोमा रहेको औसत ४.८ पिएच मानले कडा अम्लीयपन देखिएको  तरकारी जोन पालुङका बरिष्ठ कृषि अधिकृत महेश्वर लामिछानेले बताउनुभयो ।

माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदै जाँदा अम्लीयपन बढ्छ । अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमी भई उत्पादनमा ह्रास आउन थालेको कृषि प्राविधिकहरुको भनाई छ ।

तरकारी जोनको अध्ययन प्रतिवेदन अनुसार थाहा नगरपालिकाका ९१ प्रतिशत कृषकले खेतीमा रासायनिक मलको प्रयोग गर्छन् । त्यसैगरी इन्द्र सरोबर गाउँपालिकामा रासायनिक मलको प्रयोग गर्ने कृषकहरुको संख्या ८३ प्रतिशत छ । थाहाका कृषकहरुले प्रतिरोपनी वार्षिक २१.१ किलो युरिया, ३८.४ किलो डीएपी र ८.९ किलो पोटास प्रयोग गर्ने गरेका छन् । दुबै पालिकाका सबै कृषकहरुले खेतबारीमा गोठेमलको प्रयोग पनि गर्छन् । औसतमा १ हजार ८० किलो गोठे मल प्रतिरोपनी प्रयोग गर्ने गरिएको तथ्याङ्कले देखाएको छ ।

बरिष्ठ कृषि अधिकृत लामिछनेले थाहा नगरपालिका  र इन्द्रसरोबर गाउँपालिकामा किसानहरुले प्रयोग गरिरहेको रासायनिक मलको मात्र प्राविधिकले सिफारिस गरेको मात्राभन्दा निकै बढी रहेको बताउनुभयो ।

बालीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्म तत्वका रुपमा रहेका फलाम, तामा, वोरोन, क्लोरिनजस्ता खाद्यतत्वको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक रहेका उहाँले बताउनुभयो । ‘बेलाबेलामा माटोको जाँच गरिरहनु पर्छ, जाँचपछि उपचार गर्नुपर्छ, उपचारपछि सुधार भयो कि भएन पनि हेर्नुपर्छ,’ उहाँले भन्नु भयो ।

जोनले गरेको अध्ययन अनुसार अध्ययनमा सहभागी ६६५ घरधुरीमध्ये ३२१ जनाले मात्र माटोको जाँच गराएका थिए । माटोको जाँच गराएका मध्ये थाहा नगरपालिकामा १७ र इन्द्रसरोबर गाउँपालिकामा १५ प्रतिशत कृषकले मात्र माटो सुधारको लागि कृषि चुन प्रयोग गरेका छन् ।

थाहा नगरपालिकाका कृषि शाखा प्रमुख तिवारीले प्रतिरोपनी १ देखि २ किलो कृषि चुन प्रयोग गरेर माटोमा भएको अम्लीयपन हटाउन सकिने बताउनु भयो । उहाँले ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि चुन वितरण गर्ने नगरपालिकाको कार्यक्रम रहेको पनि बताउनु भयो ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७७।७८ मा ५ पटक माटो परीक्षण शिविर संचालन गर्नेगरी योजना बनाएको छ । त्यसैगरी बागमती प्रदेश सरकारले थाहा नगरपालिकामा माटो परीक्षणको लागि माटोलय स्थापना गर्न पाँच लाख रुपियाँ सशर्त अनुदान उपलब्ध गराएको छ ।  

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg