Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा र इन्द्रसरोबरको सतप्रतिशत माटोमा अम्लीयपन

rasayanik-1596172262.jpg

 मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा कषकहरुले खेती गर्दै आएको सतप्रतिशत माटोमा अम्लीयपन रहेको पाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी जोन पालुङले गरेको अध्ययनले यस्तो देखाएको हो ।  

जोनले थाहा नगरपालिकाको १२ वटै वडा र इन्द्रसरोबर गाउँपालिकाको ५ वटै वडाका ६६५ घरधुरीलाई नमुना लिएर गरेको अध्ययनमा सबै माटो अम्लीय रहेको पाइएको हो । किसानहरुले मलको मात्रा नमिलाई खेती गर्नुका साथै रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीयपनको मात्रा बढ्ने कृषि पाविधिकहरु बताउँछन् ।

थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारीका अनुसार माटोमा पि. एच. को मात्रा ७ भन्दा कम भयो भने माटो अम्लीय भएको मानिन्छ ।

जोनको अध्ययन अनुसार थाहा र इन्द्रसरोबरमा माटोमा सबैभन्दा बढी पिएच मान ६.१ रहेको छ भने सबैभन्दा कम ३.५ रहेको छ । यहाँको माटोमा रहेको औसत ४.८ पिएच मानले कडा अम्लीयपन देखिएको  तरकारी जोन पालुङका बरिष्ठ कृषि अधिकृत महेश्वर लामिछानेले बताउनुभयो ।

माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदै जाँदा अम्लीयपन बढ्छ । अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमी भई उत्पादनमा ह्रास आउन थालेको कृषि प्राविधिकहरुको भनाई छ ।

तरकारी जोनको अध्ययन प्रतिवेदन अनुसार थाहा नगरपालिकाका ९१ प्रतिशत कृषकले खेतीमा रासायनिक मलको प्रयोग गर्छन् । त्यसैगरी इन्द्र सरोबर गाउँपालिकामा रासायनिक मलको प्रयोग गर्ने कृषकहरुको संख्या ८३ प्रतिशत छ । थाहाका कृषकहरुले प्रतिरोपनी वार्षिक २१.१ किलो युरिया, ३८.४ किलो डीएपी र ८.९ किलो पोटास प्रयोग गर्ने गरेका छन् । दुबै पालिकाका सबै कृषकहरुले खेतबारीमा गोठेमलको प्रयोग पनि गर्छन् । औसतमा १ हजार ८० किलो गोठे मल प्रतिरोपनी प्रयोग गर्ने गरिएको तथ्याङ्कले देखाएको छ ।

बरिष्ठ कृषि अधिकृत लामिछनेले थाहा नगरपालिका  र इन्द्रसरोबर गाउँपालिकामा किसानहरुले प्रयोग गरिरहेको रासायनिक मलको मात्र प्राविधिकले सिफारिस गरेको मात्राभन्दा निकै बढी रहेको बताउनुभयो ।

बालीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम म्याग्नेसियम, सल्फर, नाइट्रोजन र सुक्ष्म तत्वका रुपमा रहेका फलाम, तामा, वोरोन, क्लोरिनजस्ता खाद्यतत्वको आपूर्ति गर्न माटोमा प्राङ्गारिक पदार्थ हुनु आवश्यक रहेका उहाँले बताउनुभयो । ‘बेलाबेलामा माटोको जाँच गरिरहनु पर्छ, जाँचपछि उपचार गर्नुपर्छ, उपचारपछि सुधार भयो कि भएन पनि हेर्नुपर्छ,’ उहाँले भन्नु भयो ।

जोनले गरेको अध्ययन अनुसार अध्ययनमा सहभागी ६६५ घरधुरीमध्ये ३२१ जनाले मात्र माटोको जाँच गराएका थिए । माटोको जाँच गराएका मध्ये थाहा नगरपालिकामा १७ र इन्द्रसरोबर गाउँपालिकामा १५ प्रतिशत कृषकले मात्र माटो सुधारको लागि कृषि चुन प्रयोग गरेका छन् ।

थाहा नगरपालिकाका कृषि शाखा प्रमुख तिवारीले प्रतिरोपनी १ देखि २ किलो कृषि चुन प्रयोग गरेर माटोमा भएको अम्लीयपन हटाउन सकिने बताउनु भयो । उहाँले ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि चुन वितरण गर्ने नगरपालिकाको कार्यक्रम रहेको पनि बताउनु भयो ।

थाहा नगरपालिकाले आर्थिक वर्ष २०७७।७८ मा ५ पटक माटो परीक्षण शिविर संचालन गर्नेगरी योजना बनाएको छ । त्यसैगरी बागमती प्रदेश सरकारले थाहा नगरपालिकामा माटो परीक्षणको लागि माटोलय स्थापना गर्न पाँच लाख रुपियाँ सशर्त अनुदान उपलब्ध गराएको छ ।  

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...