pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहा फिल्म फेस्टिभल’मा विद्यार्थीको घुइँचो

FB_IMG_1701098292573-1701098312.jpg

मकवानपुर थाहानगरमा भैरहेको थाहा फिल्म फेस्टिभलमा ११ मंसिरमा नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरिएको छ । बालबालिका केन्द्रित गरी प्रदर्शनी गरिएको चलचित्रले दर्शकहरुलाई दृश्यभाषाको मीठो स्वाद चखाएको छ । चलचित्र अवलोकनका लागि थाहानगरका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको समेत उल्लेख्य सहभागिता थियो ।

फेस्टिभलमा जनकल्याण माविका प्रधानाध्यापक सानोभाई कार्की, स्थानीय अभिभावकहरु तथा राजनीतिक दलका नेताहरुको समेत सहभागिता रहेको थियो । १५ मंसिरसम्म सञ्चालन हुने गरी थाहा कला केन्द्रको आयोजनामा भैरहेको फिल्म फेस्टिभलमा चलचित्र ‘ऐना झ्यालको पुतली’ हेरेपछि बाल्यकाललाई फन्को मारेर आएजस्तो अनुभूति भएको अभिभावकहरुले प्रतिक्रिया दिए । सुजित बिडारीबाट निर्देशित यस चलचित्रले दर्शकलाई सुदूर अतीतमा लैजान्छ र भविष्यप्रति इमान्दार बन्न प्रेरित गर्ने सन्देश दिने अभिभावकहरुले उल्लेख गरे ।

यस चलचित्रको एकैसाथ सरल र सुन्दर कला हुनसक्नु यसको विशेषता हो । जीवनमा मामुली कुराले अर्थ राख्छन् । ‘ऐना झ्यालको पुतली’ यहि बाल्यकालको मामुली क्षणहरुको ‘कोलाज’ हो । सानो मनले भोगेका दुःख, सुख, हाँसो, रोदन र उच्छवासका ठूला अनुभूतिहरु चलचित्रमा समेटिएको छ । यस चलचित्रमा आठ कक्षा पास गरेकी किशोरी विद्या (कञ्चन चिमोरिया) को लक्ष्य सहर गएर ९ र १० कक्षा पढ्ने हुन्छ । अध्ययन र व्यक्तित्व विकासको चाहनालाई उनले घरको विपन्नतासँग सम्झौता गर्नुपर्ने हुन्छ । डेढ घण्टा लामो फिल्मको केन्द्रीय द्वन्द्वले विद्या वरपर फन्को मार्छ । केन्द्रमा प्रमुख पात्रले अभाव र गरिबीसँग गर्नुपर्ने संघर्ष चित्रण गरेको छ ।

यो फिल्म एक परिवारको कथा हो जुन नेपाली विपन्न परिवारसँग जोडिएको छ । निर्देशक तथा लेखकले कथालाई समाजसँग सिधै जोडेर पात्रको चाहनामार्फत व्यवस्था र सत्तालाई प्रश्न सोधेका छन् । यो फिल्म लाखौं विद्याहरुको कथा पनि हो, जसले साना सपनालाई वर्गीय असमानाभित्र तिलाञ्जली दिनुपरेको छ । उत्कर्ष दृश्य यति जीवन्त छ कि दृश्यभाषाको सुन्दर प्रस्तुतिको रुपमा स्मरणीय हुनेछ ।

यो फिल्मको प्रोडक्सन भव्य छैन तर, जीवन्त छ । सहरभन्दा परको ग्रामीण वातावरणमा रहेर मानवीय संवेदनाको गहिराइमा कथा भन्छ । लोकेसनको ताजापन र गाउँले सेटिङले आँखालाई शीतल बनाउँछ । निष्कर्षमा, ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट फिल्म हो ।

फेस्टिभलमा फिल्म प्रदर्शन लगतै प्रतिक्रिया दिदै निर्देशक सुजित बिडारीले भने–‘चलचित्र मनोरन्जनको माध्यम मात्रै हैन चलचित्रले समाजलाइ यथार्थपरक चित्रण गरि समाज परिवर्तन गर्न ठूलो भुमिका निर्वाह गरेको छ र गरिरहेको पनि छ ।’ समाजमा चलचित्र र चलचित्रकर्मीलाई हेर्ने नजर अझै पनि फराकिलो बन्न नसकेको निर्देशक विडारीको तर्क छ । विविध फेस्टिभल तथा कार्यक्रमहरुले चलचित्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न मद्दत गर्ने उनको विश्वास छ । थाहा फिल्म फेस्टिभलले पनि यस कुरामा भरथेग गर्ने बताउँदै खुशी व्यक्त गरे ।

FB_IMG_1701098272798-1701098312.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...