pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

मनाेरञ्जन

थाहा फिल्म फेस्टिभलमा किन चाहिन्छ फिल्म समिक्षामा अन्तरक्रिया

FB_IMG_1736942467612-1736942611.jpg

सेलिब्रिटी तथा सोसिअल मिडिया इन्फ्लुएन्सरको माध्यमबाट फिल्म समीक्षा प्रभावित भइरहेकोले स्वतन्त्र र निर्भिक समीक्षाको खाँचो झन् बढेको छ,' थाहा नगरपालिकामा जारी थाहा फिल्म फेस्टिभलको दोस्रो दिन भएको 'किन चाहिन्छ फिल्म समीक्षा?' शीर्षकमा अन्तर्क्रियाका क्रममा समीक्षक प्रसन्न मालीले भने ।

उनीसँगै अन्तरसंवादमा थिए टेक्स्ट फर्म्याटमा समीक्षा गर्दै आएका श्रीजु सरल र प्रभाकर गौतम । उनीहरूले छलफलका क्रममा आ-आफ्ना माध्यममा रहेका चुनौती र अवसरबारे अनुभव साटे ।

समीक्षक मालीले नेपालमा कोभिडपछिको समयमा इन्फ्लुएन्सल कल्चरले फिल्म समीक्षाको क्षेत्र प्रभावित भइरहेको तर्क गर्दै भने, 'सेलिब्रिटी तथा सोसिअल मिडिया इन्फ्लुएन्सरको माध्यमबाट फिल्म समीक्षा प्रभावित भइरहेकोले स्वतन्त्र र निर्भिक समीक्षाको खाँचो झन् बढेको छ ।

फिल्म समीक्षाको महत्त्व, प्रभावशक्ति, आवश्यकता र अवसरसम्मका विषयलाई छोएको छलफलमा आममानिसले खाने भोजनदेखि लगाउने लुगासम्मको छनोटमा सिनेमाले प्रभाव पार्ने विषयमा चर्चा भयो । समीक्षक गौतमले भने, ‘सिनेमाले समग्र समाजको मानसिकतालाई आकार दिने सामर्थ्य राख्ने भएकाले सिनेमाको समीक्षा हुनु आवश्यक छ । फिल्म समीक्षा गर्दा पर्दाभित्रका कुरामा मात्र सीमित नभई पपुलर कल्चरका विभिन्न पक्ष र आयामबारे समेत समीक्षकहरुले ध्यान दिनु जरुरी छ ।'

यही विषयमा समीक्षक सरलले फिल्म संविधान हो भने समीक्षा संसद् भन्दै अर्को उदाहरण दिइन्, 'फिल्मले हामीलाई चराको आँखा दिन्छ । जसरी चराले माथिबाट हेर्दा भुइँको व्यापक दृश्य एकसाथ देख्न सक्छ फिल्म हेर्दा हामीले त्यस्तै दृश्य देख्न सक्छौँ । दैनिक जीवनमा आफूले गर्ने गल्ती, लिने निर्णयको असर कहाँ, कसरी परिरहेको छ हामी छुट्याइहाल्न सक्दैनौँ । तर, फिल्मभित्रका हामीजस्तै पात्रहरूलाई हेरेर हामी आत्मसमीक्षा गर्न सक्छौँ र आफूलाई सच्याउन सक्छौँ । फिल्मको महत्त्व हुने भएकैले फिल्म समीक्षाको पनि आवश्यकता हुन्छ ।'

चलचित्र समीक्षक समाज नेपाल फिक्सनमा लामो सयम फिल्म प्रदर्शन र समीक्षात्मक छलफल कार्यक्रमको संयोजक रहेको गौतमले समीक्षाका क्षेत्रमा विभिन्न भूमिकामा छरिएर रहेका सबैले सामूहिक हस्तक्षेप गर्न सकेमा मात्रै नेपालमा रिभ्यू कल्चरले सार्थकता पाउने बताए । फिल्मको मात्र नभई समीक्षक र समीक्षाको पनि समीक्षा हुनु पर्ने तर्क गरे ।

अनौपचारिक शैलीमा एक अर्कालाई प्रश्न सोध्दै जवाफ दिँदै भएको अन्तरसंवादमा तीन जना वक्ता र तीनै जना सहजकर्ताको भूमिकामा देखिए ।

गत पुस २८ देखि सुरु भएको फिल्म फेस्टिभल मंगलबार समापन भएको छ । फेस्टिभलमा शर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी जम्मा २० फिल्म प्रदर्शनमा राखिएका थिए । फेस्टिभलको पहिलो दिन 'नेपाली सिनेमाको विविधता' विषयमा रंगकर्मी एवं फिल्मकर्मी सुलक्षण भारती र कलाकार नवीन न्यौपानेबीच प्रश्नोत्तर कार्यक्रमसमेत राखिएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg