Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहा फिल्म फेस्टिभलमा किन चाहिन्छ फिल्म समिक्षामा अन्तरक्रिया

FB_IMG_1736942467612-1736942611.jpg

सेलिब्रिटी तथा सोसिअल मिडिया इन्फ्लुएन्सरको माध्यमबाट फिल्म समीक्षा प्रभावित भइरहेकोले स्वतन्त्र र निर्भिक समीक्षाको खाँचो झन् बढेको छ,' थाहा नगरपालिकामा जारी थाहा फिल्म फेस्टिभलको दोस्रो दिन भएको 'किन चाहिन्छ फिल्म समीक्षा?' शीर्षकमा अन्तर्क्रियाका क्रममा समीक्षक प्रसन्न मालीले भने ।

उनीसँगै अन्तरसंवादमा थिए टेक्स्ट फर्म्याटमा समीक्षा गर्दै आएका श्रीजु सरल र प्रभाकर गौतम । उनीहरूले छलफलका क्रममा आ-आफ्ना माध्यममा रहेका चुनौती र अवसरबारे अनुभव साटे ।

समीक्षक मालीले नेपालमा कोभिडपछिको समयमा इन्फ्लुएन्सल कल्चरले फिल्म समीक्षाको क्षेत्र प्रभावित भइरहेको तर्क गर्दै भने, 'सेलिब्रिटी तथा सोसिअल मिडिया इन्फ्लुएन्सरको माध्यमबाट फिल्म समीक्षा प्रभावित भइरहेकोले स्वतन्त्र र निर्भिक समीक्षाको खाँचो झन् बढेको छ ।

फिल्म समीक्षाको महत्त्व, प्रभावशक्ति, आवश्यकता र अवसरसम्मका विषयलाई छोएको छलफलमा आममानिसले खाने भोजनदेखि लगाउने लुगासम्मको छनोटमा सिनेमाले प्रभाव पार्ने विषयमा चर्चा भयो । समीक्षक गौतमले भने, ‘सिनेमाले समग्र समाजको मानसिकतालाई आकार दिने सामर्थ्य राख्ने भएकाले सिनेमाको समीक्षा हुनु आवश्यक छ । फिल्म समीक्षा गर्दा पर्दाभित्रका कुरामा मात्र सीमित नभई पपुलर कल्चरका विभिन्न पक्ष र आयामबारे समेत समीक्षकहरुले ध्यान दिनु जरुरी छ ।'

यही विषयमा समीक्षक सरलले फिल्म संविधान हो भने समीक्षा संसद् भन्दै अर्को उदाहरण दिइन्, 'फिल्मले हामीलाई चराको आँखा दिन्छ । जसरी चराले माथिबाट हेर्दा भुइँको व्यापक दृश्य एकसाथ देख्न सक्छ फिल्म हेर्दा हामीले त्यस्तै दृश्य देख्न सक्छौँ । दैनिक जीवनमा आफूले गर्ने गल्ती, लिने निर्णयको असर कहाँ, कसरी परिरहेको छ हामी छुट्याइहाल्न सक्दैनौँ । तर, फिल्मभित्रका हामीजस्तै पात्रहरूलाई हेरेर हामी आत्मसमीक्षा गर्न सक्छौँ र आफूलाई सच्याउन सक्छौँ । फिल्मको महत्त्व हुने भएकैले फिल्म समीक्षाको पनि आवश्यकता हुन्छ ।'

चलचित्र समीक्षक समाज नेपाल फिक्सनमा लामो सयम फिल्म प्रदर्शन र समीक्षात्मक छलफल कार्यक्रमको संयोजक रहेको गौतमले समीक्षाका क्षेत्रमा विभिन्न भूमिकामा छरिएर रहेका सबैले सामूहिक हस्तक्षेप गर्न सकेमा मात्रै नेपालमा रिभ्यू कल्चरले सार्थकता पाउने बताए । फिल्मको मात्र नभई समीक्षक र समीक्षाको पनि समीक्षा हुनु पर्ने तर्क गरे ।

अनौपचारिक शैलीमा एक अर्कालाई प्रश्न सोध्दै जवाफ दिँदै भएको अन्तरसंवादमा तीन जना वक्ता र तीनै जना सहजकर्ताको भूमिकामा देखिए ।

गत पुस २८ देखि सुरु भएको फिल्म फेस्टिभल मंगलबार समापन भएको छ । फेस्टिभलमा शर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी जम्मा २० फिल्म प्रदर्शनमा राखिएका थिए । फेस्टिभलको पहिलो दिन 'नेपाली सिनेमाको विविधता' विषयमा रंगकर्मी एवं फिल्मकर्मी सुलक्षण भारती र कलाकार नवीन न्यौपानेबीच प्रश्नोत्तर कार्यक्रमसमेत राखिएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...