pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहा फिल्म फेस्टिभलमा आज प्रकाश सहित ५ लघु चलचित्र देखाइदै

DSCN2333-1701137023.JPG

 

थाहानगरमा ९ मंसिरबाट शुरु भएको थाहा फिल्म फेस्टिभलको चौथो दिन आज १२  मंसिरमा नेपाली कथानक चलचित्र प्रकाश  प्रदर्शन गरिने भएको छ । 
आज जेसीज हलमा नेपाली कथानक चलचित्र प्रकाश सहित ५  वटा लघुचलचित्र र वृत्तचित्र देखाइने कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए ।

आयोजक थाहा कला केन्द्रका अनुसार फेस्टिभल अवधिभर जेसीज हलमा फिल्म हेर्न पैसा लाग्दैन । 

 प्रकाश फिल्म कस्तो छ ?

 सुरुमै भन्दा राम्रो होला, यो चलचित्र मनोरञ्जनका लागि होइन । चिन्तन-मननका लागि हो । खासमा ‘चलचित्र’ भन्दा बढी यो एउटा धारिलो तरवार हो, जसले देशका नीति निर्माता र राजनीतिकर्मीहरुमाथि शक्तिशाली प्रहार गरेको छ । जो यस देशको शासनसत्तामा छन्, उनीहरुले मुख छोपेर भए पनि हेर्नैपर्ने चलचित्र हो यो । फिल्म हेरेर फर्किएपछि मस्तिष्कमा राख्लान् वा नराख्लान् ? तर, फिल्म हेरुञ्जेल आफूहरुले गरिरहेको राजनीतिलाई पक्कै धिकार्नेछन् ।

प्रकाशमा के छ ? माथि नै भनियो, केवल अन्धकार छ । फुटकर उज्याला किरणहरु नदेखिने होइनन् । तर, त्यसको महसुस हुनै नपाइ अर्को अँध्यारोले ढाकिहाल्छ । विरक्ति नै विरक्तिमा चलचित्र सकिन्छ । यो आम दर्शकलाई मनोरञ्जन दिन बनेको चलचित्र होइन । एउटा मुस्तन्ड हिरोले सयौं ‘गुण्डा’को जत्थालाई एक्लैले पिटेर सोत्तर पार्ने हावादारी साउथ इन्डियन फिल्ममा इन्जोइ गरिरहेका नेपाली दर्शक ‘प्रकाश’ बाट बोर हुन सक्छन् । प्रकाशको ‘हिरो’ सँग त्यस्तो अद्भूत शक्ति छैन ।

कथित व्यवसायिक चलचित्रका गुणहरु केही पनि प्रकाशमा भेट्नुहुन्न । यसमा नायकनायिका रुखको वरिपरि घुमेर नाच्दैनन् । चलचित्रमा न गीत छ न त नायकनायिका छन् । यसभित्र सबै कलाकारमात्रै छन् । उनीहरुले अभिनय गर्छन् । तर, अभिनय जस्तो लाग्दैन । लवज, भेषभुषा र बडी ल्याङ्वेजले यस चलचित्रका कलाकारहरु वास्तविक जीवनमा शहरिया नै हुन् भन्ने विश्वास गर्न कठिन हुन्छ ।

नेपालको सबैभन्दा दुर्गम क्षेत्रका रुपमा चिनिन्छ कर्णाली । कर्णालीभित्रको पनि कर्णाली हो जुम्ला । यही जुम्लाको एउटा विकट बस्तीमा कठिन जीवनयापन गरिरहेका आमा–छोराको कथा उनिएको छ चलचित्रमा । राजनीतिकर्मी श्रीमान बेपत्ता भएपछि एउटी आमाले छोरालाई ‘शिक्षक’ बनाउन गरेको संघर्ष नै चलचित्रको कथासार हो ।
चलचित्रको मुख्य पात्र प्रकाशले ‘खुला’ मा फारम भरेर लिखित परीक्षामा नाम निकाल्छ । तर, उसको खुशी धेरै टिक्दैन । किन, कसरी ? यसका लागि चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

भनिरहनु नपर्ला, चलचित्रको कथा मौलिक छ । पटकथामा पनि यो चाहिँ मिलेन भनेर खोट लगाउने ठाउँहरु छैनन् । कथावस्तुपछि चलचित्रको सशक्त पक्ष भनेको निर्देशन हो । ‘प्रसाद’ पछि निर्देशक दिनेश राउतले अर्को एउटा मास्टरपिस दिएका छन् । हरेक हिसाबले ‘अर्गानिक’ छ प्रकाश । यसको सबैभन्दा ठूलो श्रेय उनैलाई जान्छ ।

कर्णालीको जनजीवनलाई टपक्कै टिपेका छन् निर्देशक राउतले । सायद राम्रैसँग अध्ययन–अन्वेषण गरेको हुनुपर्छ । चलचित्रमा कर्णालीको माटोको सुगन्ध भेटिन्छ । दृश्यहरु आनन्ददायी छन् । देशको दूरदराजसम्म झांगिएको राजनीतिक सामाजिक बेथितिहरुलाई चलचित्रले उजागर गरिदिएको छ ।

अभियनतर्फ सबै कलाकारहरु आ-आफ्नो ठाउँमा सफल देखिन्छन् । निर्देशकको मेहनत कलाकारहरुको अभिनयमा झल्किएको छ । कमर्सियल फिल्महरुमा रोमान्टिक हिरोको छवि बनाएका अभिनेता प्रदीप खड्काका निम्ति प्रकाश एउटा च्यालेन्ज थियो । उनी यो च्यालेन्जमा पास भएका छन् । सबैभन्दा महत्वपूर्ण, प्रदीपले कतै पनि ‘ओभर ट्राइ’ गरेका छैनन् । सबै दृश्यमा उनी सहज देखिएका छन् । यद्यपि कतै पनि ‘वाउ’ भन्ने खालको अभिनय चैं छैन । जे होस्, उनका लागि यो एउटा माइलस्टोन चलचित्र हो ।

प्रदीपकी आमाको भूमिकामा छिन् दीया मास्के । ग्रामीण र दुःखी चरित्र दीयाका निम्ति नौलो होइन । प्रकाशमा पनि उनले आफ्नो भूमिकामा ज्यान भरेकी छन् । रियालिटी शो ‘हिमालयन रोडिज’ मा नानाथरि गाली गरेर प्रतियोगीलाई थर्काउने ‘जज’ यिनै हुन् भन्ने पत्याउनै मुस्किल पर्छ । सुनगाभाकी ‘लेज्बियन’ सुन्दरी प्रकाशमा ‘दुःखी आमा’ को अवतारमा उस्तै सफल छिन् ।

अन्य कलाकारहरुमा प्रकाश घिमिरे, पवित्रा खड्का, राजन खतिवडा, रेनु योगीलगायत सबैले आआफ्नो भूमिकालाई न्याय गरेका छन् । डेब्यू आर्टिस्ट रेनुको भूमिका अलिकति बढाइएको भए उत्तम हुन्थ्यो भन्ने लाग्छ ।

उठाइएका दुई मुद्दा

चलचित्रमा उठान गर्न खोजिएका मुख्य दुई मुद्दा छन् । पहिलो, शिक्षा क्षेत्रको राजनीतीकरण र भ्रष्टाचार, जुन दूरदराजसम्म व्याप्त छ । दोस्रो, सरकारी सेवामा जातीय आरक्षणको गलत नीति, जसले उपल्लो जातका नाममा गरिबहरुलाई उपेक्षा गर्छ ।

पहिलो मुद्दालाई सशक्त ढंगले नै उठाइएको छ । राजनीतिक कार्यक्रममा आफ्ना विद्यार्थी सहभागी गराउन नमान्दा हेडमास्टर विद्यालयबाटै खेदिन्छन् । शिक्षकमा नाम निकालिदिने आश्वासन दिएर एउटा भ्रष्टले गरिबको ९० हजार चप्काउँछ । सरकारबाट केही रकम क्षतिपूर्ति लिनकै निम्ति एउटा छोरा आफ्नो वेपत्ता बुवाको किरिया गर्न बाध्य हुन्छ । यी सबै घटनाक्रम यथार्थपरक छन् ।

दोस्रो मुद्दालाई चाहिँ चलचित्रले त्यति बलियोसँग वकालत गर्न सकेको छैन । कर्णालीको विपन्न परिवारमा जन्मेको तर कथित उच्च जातको युवालाई सरकारी सेवामा प्रवेश कति दुरुह छ भन्ने देखाउन खोजिएको छ । सम्भवतः कुनै पनि नेपाली चलचित्रले पहिलोपटक यसरी जातीय आरक्षणमाथि प्रश्न उठाएको हो ।

तर, एउटा ‘जेन्यून’ प्रश्न उठाइरहँदा लेखक र निर्देशक निकै डराएको भान हुन्छ । उनीहरुले भन्न चाहेको कुरा खुलेर भन्न सकेका छैनन् । देखाउन खोजेको कुरा राम्ररी देखाउन सकेका छैनन् । फलतः जातीय आरक्षणसम्बन्धी मुद्दा प्रभावकारी बन्न सकेको छैन ।

दुःखको ओभरडोज

पक्कै पनि चलचित्र कमजोरीमुक्त भने छैन । निर्माण पक्षले मनन गर्नुपर्ने पहिलो कुरा यो हो कि दर्शकहरु टिकट काटेर हलमा पसिसकेपछि पक्कै पनि केही मनोरञ्जनको आशा गर्छन् । तनावैतनावको जिन्दगीमा एकछिन मुड फ्रेस गरौं न त भनेर हल पुग्ने दर्शकहरुलाई चलचित्रले अन्यायमा पारेको छ ।

यस्ता दर्शकलाई टार्गेट गरिएको फिल्म त होइन । तर, चलचित्रको मुख्य थिमबाट विचलित नभइकन पनि मनोरञ्जनात्मक दृश्यहरु समावेश गर्न सकिने गुञ्जायस थियो । प्रकाश र राधाबीच अव्यक्त प्रेम झल्काउने र दर्शकलाई काउकुती लगाउने दृश्यहरु थप्न सकिन्थ्यो ।

चलचित्रमा सफ्ट ह्यूमर पनि भेटिन्छ । तर, एकदमै अपर्याप्त । दुःख र पीडाको भने ओभरडोज छ । अन्यायमा परेका पात्रहरुले चलचित्रभरि कहिल्यै न्याय पाउँदैनन् । जब अलिकति ‘खुशी’ का झिल्काहरु देखापर्छन्, फेरि अर्को दुःखले घेरिहाल्छ ।

सबैभन्दा ठूलो ब्लन्डर चाहिँ क्लाइमेक्समा भएको छ । खासमा चलचित्रभित्र क्लाइमेक्स नै छैन । जब ‘क्लाइम्लेक्स’ सुरु भएको ठानेर दर्शक आङ तताउँछन्, हठात् चलचित्र नै सकिन्छ । सकिएकै हो त ? भनेर दर्शक नै अलमलमा पर्ने अवस्था छ ।

परम्परागत मसला चलचित्रमा जस्तो गलत गर्नेहरुले अन्त्यमा सजाय पाएर ‘ह्याप्पी इन्डिङ’ हुने अपेक्षा यस चलचित्रमा गरिएको होइन । तर, जुन तरिकाले चलचित्र सिध्याइएको छ, मानौं सुटिङ गर्दागर्दै बजेट सकिएर प्याकअप गरिएको थियो । चलचित्र नै अधूरो जस्तो लाग्छ । निर्माता-निर्देशकले चाँडै पार्ट टु ल्याउनेबारे सोचून् ।

चलचित्रको कमजोरी त नभनाैं, एउटा ‘समस्या’ चाहिँ भाषा पनि हो । कर्णालीका जनताले बोल्ने स्थानीय लवजलाई टपक्क टिपिरहँदा दर्शक भने धेरै ठाउँमा अल्मलिन्छन् । ८० प्रतिशत भाषा बुझिन्छ, २० प्रतिशतमा अनुमान लगाउनुपर्छ । सायद शुद्ध नेपालीमा ‘सबटाइटल’ पनि राखिदिएको भए सजिलो हुन सक्थ्यो ।

जे होस्, सिरियस अडियन्सका लागि हेर्नलायक फिल्म हो प्रकाश । एक निमेषका लागि भए पनि यसले सबैलाई सोच्न बाध्य बनाउँछ । यसमा देशको माटो बोलेको छ । काठमाडौंको चारभञ्ज्याङ नकटेकाहरुलाई त यो चलचित्रका दृश्यहरु नेपालकै हुन् र ? भने जस्तो भान हुनसक्ला । कर्णाली र काठमाडौंबीचको दूरी रामै्रसँग यसले उजागर गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिएर अवार्ड जित्न सक्ने क्षमता राख्ने चलचित्र हो प्रकाश ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...