pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

मनाेरञ्जन

थाहा फिल्म फेस्टिभलमा पहिलो दिन देखाइने वृत्तचित्र तयार,

FB_IMG_1699537845796-1700652398.jpg

थाहा कला केन्द्रले आगामी ९ मंसिरदेखि १४ मंसिरसम्म सञ्चालन हुने थाहा फिल्म फेस्टिभलमा प्रदर्शनी गर्न थाहा वृत्तचित्र निर्माण गरेको छ । थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रहरुलाई समेटेर वृत्तचित्र निर्माण गरिएको हो । 

करिब ३६ मिनेट लामो वृत्तचित्रमा चित्लाङ, बज्रवाराही, टिस्टुङ, आग्रा, दामन र पालुङका ऐतिहासिक, धार्मिक, , साँस्कृतिक तथा प्राकृतिक विषयहरुलाई समेटिएको कला केन्द्रका सञ्चालक सानोबाबु मोक्तानले जानकारी दिए । 

मोक्तानकै निर्देशनमा बनेको वृत्तचित्रको लेखक कुमार नेगी रहेका छन् । स्क्रिप्ट लेखक नेगीका अनुसार थाहानगर कहाँबाट आउने, कहाँ आउने, कसरी आउने, कुन बाटो आउने, कहाँ बस्ने, केके खान पाइने, कहाँ घुम्न सकिने, किन घुम्ने लगायत समग्र जानकारी एउटै वृत्तचित्रबाट पाउन सकिनेगरी स्कृप्ट तयार गरिएको छ ।   ‘सकेसम्म नगरका सबै वडा र भेगका पर्यटकीय स्थलहरुको धेरथोर वर्णन गरिएको छ, थाहानगरकै बासिन्दाको लागि पनि आफ्नो नगर चिन्न मद्दत पुग्छ,’ नेगीले भने । 

वृत्तचित्रमा शुरुमा थाहानगरको समग्र पर्यटकीय महत्व दर्शाइएको छ भने क्रमशः थानकोटबाट चन्द्रागिरीबाट चित्लाङ हुँदै थाहानगर प्रवेश गर्न सकिने गरी वर्णन गरिएको छ । त्यसपछि क्रमशः टिस्टुङ, आग्रा, दामन, पालुङ र बज्रवाराही क्षेत्र पु¥याइएको छ । बाइरोडको बाटो हुँदै थाहानगर आउन सकिने गरी पनि वर्णन गरिएको छ । ‘वृत्तचित्र हेर्दैगर्दा एक जना दर्शक क्रमशः थाहानगर घुमघाम गरिरहेको भान हुनेगरी स्कृप्ट तयार पारिएको छ, बाँकी त वृत्तचित्र नै हेर्नुपर्छ’ नेगीले भने । 

वृत्तचित्रका लागि ड्रोनबाटसमेत दृश्याङ्कन गरिएको थियो । प्रमोद जोशी र राजीवकुमार स्याङ्तानको परिकल्पना, निश्चल शाक्यको व्यवस्थापन, गङ्गा राई र भीम तामाङको छायाँकन तथा सुनिता राईको श्वरमा वृत्तचित्र निर्माण तयार भएको कला केन्द्रका सञ्चालक मोक्तानले जानकारी दिए ।

वृत्तचित्रको पहिलो प्रदर्शनी ९ मंसिरमा थाहा फिल्म फेस्टिभलको उद्घाटन लगत्तै हुने आयोजकले जानकारी दिएको छ । प्रदर्शनी पालुङ जेसीजको हलमा हुनेछ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg