Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

थाहा फिल्म फेस्टिभलमा पहिलो दिन देखाइने वृत्तचित्र तयार,

FB_IMG_1699537845796-1700652398.jpg

थाहा कला केन्द्रले आगामी ९ मंसिरदेखि १४ मंसिरसम्म सञ्चालन हुने थाहा फिल्म फेस्टिभलमा प्रदर्शनी गर्न थाहा वृत्तचित्र निर्माण गरेको छ । थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रहरुलाई समेटेर वृत्तचित्र निर्माण गरिएको हो । 

करिब ३६ मिनेट लामो वृत्तचित्रमा चित्लाङ, बज्रवाराही, टिस्टुङ, आग्रा, दामन र पालुङका ऐतिहासिक, धार्मिक, , साँस्कृतिक तथा प्राकृतिक विषयहरुलाई समेटिएको कला केन्द्रका सञ्चालक सानोबाबु मोक्तानले जानकारी दिए । 

मोक्तानकै निर्देशनमा बनेको वृत्तचित्रको लेखक कुमार नेगी रहेका छन् । स्क्रिप्ट लेखक नेगीका अनुसार थाहानगर कहाँबाट आउने, कहाँ आउने, कसरी आउने, कुन बाटो आउने, कहाँ बस्ने, केके खान पाइने, कहाँ घुम्न सकिने, किन घुम्ने लगायत समग्र जानकारी एउटै वृत्तचित्रबाट पाउन सकिनेगरी स्कृप्ट तयार गरिएको छ ।   ‘सकेसम्म नगरका सबै वडा र भेगका पर्यटकीय स्थलहरुको धेरथोर वर्णन गरिएको छ, थाहानगरकै बासिन्दाको लागि पनि आफ्नो नगर चिन्न मद्दत पुग्छ,’ नेगीले भने । 

वृत्तचित्रमा शुरुमा थाहानगरको समग्र पर्यटकीय महत्व दर्शाइएको छ भने क्रमशः थानकोटबाट चन्द्रागिरीबाट चित्लाङ हुँदै थाहानगर प्रवेश गर्न सकिने गरी वर्णन गरिएको छ । त्यसपछि क्रमशः टिस्टुङ, आग्रा, दामन, पालुङ र बज्रवाराही क्षेत्र पु¥याइएको छ । बाइरोडको बाटो हुँदै थाहानगर आउन सकिने गरी पनि वर्णन गरिएको छ । ‘वृत्तचित्र हेर्दैगर्दा एक जना दर्शक क्रमशः थाहानगर घुमघाम गरिरहेको भान हुनेगरी स्कृप्ट तयार पारिएको छ, बाँकी त वृत्तचित्र नै हेर्नुपर्छ’ नेगीले भने । 

वृत्तचित्रका लागि ड्रोनबाटसमेत दृश्याङ्कन गरिएको थियो । प्रमोद जोशी र राजीवकुमार स्याङ्तानको परिकल्पना, निश्चल शाक्यको व्यवस्थापन, गङ्गा राई र भीम तामाङको छायाँकन तथा सुनिता राईको श्वरमा वृत्तचित्र निर्माण तयार भएको कला केन्द्रका सञ्चालक मोक्तानले जानकारी दिए ।

वृत्तचित्रको पहिलो प्रदर्शनी ९ मंसिरमा थाहा फिल्म फेस्टिभलको उद्घाटन लगत्तै हुने आयोजकले जानकारी दिएको छ । प्रदर्शनी पालुङ जेसीजको हलमा हुनेछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...