Friday, 03 May, 2024
मनाेरञ्जन

थाहा फिल्म फेस्टिबल- सिरियस अडियन्सका लागि हेर्नलायक फिल्म हो प्रकाश

prakas-1700485870.jpg

 सुरुमै भन्दा राम्रो होला, यो चलचित्र मनोरञ्जनका लागि होइन । चिन्तन-मननका लागि हो । खासमा ‘चलचित्र’ भन्दा बढी यो एउटा धारिलो तरवार हो, जसले देशका नीति निर्माता र राजनीतिकर्मीहरुमाथि शक्तिशाली प्रहार गरेको छ । जो यस देशको शासनसत्तामा छन्, उनीहरुले मुख छोपेर भए पनि हेर्नैपर्ने चलचित्र हो यो । फिल्म हेरेर फर्किएपछि मस्तिष्कमा राख्लान् वा नराख्लान् ? तर, फिल्म हेरुञ्जेल आफूहरुले गरिरहेको राजनीतिलाई पक्कै धिकार्नेछन् ।

प्रकाशमा के छ ? माथि नै भनियो, केवल अन्धकार छ । फुटकर उज्याला किरणहरु नदेखिने होइनन् । तर, त्यसको महसुस हुनै नपाइ अर्को अँध्यारोले ढाकिहाल्छ । विरक्ति नै विरक्तिमा चलचित्र सकिन्छ । यो आम दर्शकलाई मनोरञ्जन दिन बनेको चलचित्र होइन । एउटा मुस्तन्ड हिरोले सयौं ‘गुण्डा’को जत्थालाई एक्लैले पिटेर सोत्तर पार्ने हावादारी साउथ इन्डियन फिल्ममा इन्जोइ गरिरहेका नेपाली दर्शक ‘प्रकाश’ बाट बोर हुन सक्छन् । प्रकाशको ‘हिरो’ सँग त्यस्तो अद्भूत शक्ति छैन ।

कथित व्यवसायिक चलचित्रका गुणहरु केही पनि प्रकाशमा भेट्नुहुन्न । यसमा नायकनायिका रुखको वरिपरि घुमेर नाच्दैनन् । चलचित्रमा न गीत छ न त नायकनायिका छन् । यसभित्र सबै कलाकारमात्रै छन् । उनीहरुले अभिनय गर्छन् । तर, अभिनय जस्तो लाग्दैन । लवज, भेषभुषा र बडी ल्याङ्वेजले यस चलचित्रका कलाकारहरु वास्तविक जीवनमा शहरिया नै हुन् भन्ने विश्वास गर्न कठिन हुन्छ ।

नेपालको सबैभन्दा दुर्गम क्षेत्रका रुपमा चिनिन्छ कर्णाली । कर्णालीभित्रको पनि कर्णाली हो जुम्ला । यही जुम्लाको एउटा विकट बस्तीमा कठिन जीवनयापन गरिरहेका आमा–छोराको कथा उनिएको छ चलचित्रमा । राजनीतिकर्मी श्रीमान बेपत्ता भएपछि एउटी आमाले छोरालाई ‘शिक्षक’ बनाउन गरेको संघर्ष नै चलचित्रको कथासार हो ।
चलचित्रको मुख्य पात्र प्रकाशले ‘खुला’ मा फारम भरेर लिखित परीक्षामा नाम निकाल्छ । तर, उसको खुशी धेरै टिक्दैन । किन, कसरी ? यसका लागि चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

भनिरहनु नपर्ला, चलचित्रको कथा मौलिक छ । पटकथामा पनि यो चाहिँ मिलेन भनेर खोट लगाउने ठाउँहरु छैनन् । कथावस्तुपछि चलचित्रको सशक्त पक्ष भनेको निर्देशन हो । ‘प्रसाद’ पछि निर्देशक दिनेश राउतले अर्को एउटा मास्टरपिस दिएका छन् । हरेक हिसाबले ‘अर्गानिक’ छ प्रकाश । यसको सबैभन्दा ठूलो श्रेय उनैलाई जान्छ ।

कर्णालीको जनजीवनलाई टपक्कै टिपेका छन् निर्देशक राउतले । सायद राम्रैसँग अध्ययन–अन्वेषण गरेको हुनुपर्छ । चलचित्रमा कर्णालीको माटोको सुगन्ध भेटिन्छ । दृश्यहरु आनन्ददायी छन् । देशको दूरदराजसम्म झांगिएको राजनीतिक सामाजिक बेथितिहरुलाई चलचित्रले उजागर गरिदिएको छ ।

अभियनतर्फ सबै कलाकारहरु आ-आफ्नो ठाउँमा सफल देखिन्छन् । निर्देशकको मेहनत कलाकारहरुको अभिनयमा झल्किएको छ । कमर्सियल फिल्महरुमा रोमान्टिक हिरोको छवि बनाएका अभिनेता प्रदीप खड्काका निम्ति प्रकाश एउटा च्यालेन्ज थियो । उनी यो च्यालेन्जमा पास भएका छन् । सबैभन्दा महत्वपूर्ण, प्रदीपले कतै पनि ‘ओभर ट्राइ’ गरेका छैनन् । सबै दृश्यमा उनी सहज देखिएका छन् । यद्यपि कतै पनि ‘वाउ’ भन्ने खालको अभिनय चैं छैन । जे होस्, उनका लागि यो एउटा माइलस्टोन चलचित्र हो ।

प्रदीपकी आमाको भूमिकामा छिन् दीया मास्के । ग्रामीण र दुःखी चरित्र दीयाका निम्ति नौलो होइन । प्रकाशमा पनि उनले आफ्नो भूमिकामा ज्यान भरेकी छन् । रियालिटी शो ‘हिमालयन रोडिज’ मा नानाथरि गाली गरेर प्रतियोगीलाई थर्काउने ‘जज’ यिनै हुन् भन्ने पत्याउनै मुस्किल पर्छ । सुनगाभाकी ‘लेज्बियन’ सुन्दरी प्रकाशमा ‘दुःखी आमा’ को अवतारमा उस्तै सफल छिन् ।

अन्य कलाकारहरुमा प्रकाश घिमिरे, पवित्रा खड्का, राजन खतिवडा, रेनु योगीलगायत सबैले आआफ्नो भूमिकालाई न्याय गरेका छन् । डेब्यू आर्टिस्ट रेनुको भूमिका अलिकति बढाइएको भए उत्तम हुन्थ्यो भन्ने लाग्छ ।

उठाइएका दुई मुद्दा

चलचित्रमा उठान गर्न खोजिएका मुख्य दुई मुद्दा छन् । पहिलो, शिक्षा क्षेत्रको राजनीतीकरण र भ्रष्टाचार, जुन दूरदराजसम्म व्याप्त छ । दोस्रो, सरकारी सेवामा जातीय आरक्षणको गलत नीति, जसले उपल्लो जातका नाममा गरिबहरुलाई उपेक्षा गर्छ ।

पहिलो मुद्दालाई सशक्त ढंगले नै उठाइएको छ । राजनीतिक कार्यक्रममा आफ्ना विद्यार्थी सहभागी गराउन नमान्दा हेडमास्टर विद्यालयबाटै खेदिन्छन् । शिक्षकमा नाम निकालिदिने आश्वासन दिएर एउटा भ्रष्टले गरिबको ९० हजार चप्काउँछ । सरकारबाट केही रकम क्षतिपूर्ति लिनकै निम्ति एउटा छोरा आफ्नो वेपत्ता बुवाको किरिया गर्न बाध्य हुन्छ । यी सबै घटनाक्रम यथार्थपरक छन् ।

दोस्रो मुद्दालाई चाहिँ चलचित्रले त्यति बलियोसँग वकालत गर्न सकेको छैन । कर्णालीको विपन्न परिवारमा जन्मेको तर कथित उच्च जातको युवालाई सरकारी सेवामा प्रवेश कति दुरुह छ भन्ने देखाउन खोजिएको छ । सम्भवतः कुनै पनि नेपाली चलचित्रले पहिलोपटक यसरी जातीय आरक्षणमाथि प्रश्न उठाएको हो ।

तर, एउटा ‘जेन्यून’ प्रश्न उठाइरहँदा लेखक र निर्देशक निकै डराएको भान हुन्छ । उनीहरुले भन्न चाहेको कुरा खुलेर भन्न सकेका छैनन् । देखाउन खोजेको कुरा राम्ररी देखाउन सकेका छैनन् । फलतः जातीय आरक्षणसम्बन्धी मुद्दा प्रभावकारी बन्न सकेको छैन ।

दुःखको ओभरडोज

पक्कै पनि चलचित्र कमजोरीमुक्त भने छैन । निर्माण पक्षले मनन गर्नुपर्ने पहिलो कुरा यो हो कि दर्शकहरु टिकट काटेर हलमा पसिसकेपछि पक्कै पनि केही मनोरञ्जनको आशा गर्छन् । तनावैतनावको जिन्दगीमा एकछिन मुड फ्रेस गरौं न त भनेर हल पुग्ने दर्शकहरुलाई चलचित्रले अन्यायमा पारेको छ ।

यस्ता दर्शकलाई टार्गेट गरिएको फिल्म त होइन । तर, चलचित्रको मुख्य थिमबाट विचलित नभइकन पनि मनोरञ्जनात्मक दृश्यहरु समावेश गर्न सकिने गुञ्जायस थियो । प्रकाश र राधाबीच अव्यक्त प्रेम झल्काउने र दर्शकलाई काउकुती लगाउने दृश्यहरु थप्न सकिन्थ्यो ।

चलचित्रमा सफ्ट ह्यूमर पनि भेटिन्छ । तर, एकदमै अपर्याप्त । दुःख र पीडाको भने ओभरडोज छ । अन्यायमा परेका पात्रहरुले चलचित्रभरि कहिल्यै न्याय पाउँदैनन् । जब अलिकति ‘खुशी’ का झिल्काहरु देखापर्छन्, फेरि अर्को दुःखले घेरिहाल्छ ।

सबैभन्दा ठूलो ब्लन्डर चाहिँ क्लाइमेक्समा भएको छ । खासमा चलचित्रभित्र क्लाइमेक्स नै छैन । जब ‘क्लाइम्लेक्स’ सुरु भएको ठानेर दर्शक आङ तताउँछन्, हठात् चलचित्र नै सकिन्छ । सकिएकै हो त ? भनेर दर्शक नै अलमलमा पर्ने अवस्था छ ।

परम्परागत मसला चलचित्रमा जस्तो गलत गर्नेहरुले अन्त्यमा सजाय पाएर ‘ह्याप्पी इन्डिङ’ हुने अपेक्षा यस चलचित्रमा गरिएको होइन । तर, जुन तरिकाले चलचित्र सिध्याइएको छ, मानौं सुटिङ गर्दागर्दै बजेट सकिएर प्याकअप गरिएको थियो । चलचित्र नै अधूरो जस्तो लाग्छ । निर्माता-निर्देशकले चाँडै पार्ट टु ल्याउनेबारे सोचून् ।

चलचित्रको कमजोरी त नभनाैं, एउटा ‘समस्या’ चाहिँ भाषा पनि हो । कर्णालीका जनताले बोल्ने स्थानीय लवजलाई टपक्क टिपिरहँदा दर्शक भने धेरै ठाउँमा अल्मलिन्छन् । ८० प्रतिशत भाषा बुझिन्छ, २० प्रतिशतमा अनुमान लगाउनुपर्छ । सायद शुद्ध नेपालीमा ‘सबटाइटल’ पनि राखिदिएको भए सजिलो हुन सक्थ्यो ।

जे होस्, सिरियस अडियन्सका लागि हेर्नलायक फिल्म हो प्रकाश । एक निमेषका लागि भए पनि यसले सबैलाई सोच्न बाध्य बनाउँछ । यसमा देशको माटो बोलेको छ । काठमाडौंको चारभञ्ज्याङ नकटेकाहरुलाई त यो चलचित्रका दृश्यहरु नेपालकै हुन् र ? भने जस्तो भान हुनसक्ला । कर्णाली र काठमाडौंबीचको दूरी रामै्रसँग यसले उजागर गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिएर अवार्ड जित्न सक्ने क्षमता राख्ने चलचित्र हो प्रकाश ।


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...