Saturday, 27 Apr, 2024
मनाेरञ्जन

टेलिफिल्म नलेखिएको कथाको उपमेयर भरत गोपाली द्वारा मुर्हत

429546942_132150080520609-1709275022.jpg

अघिल्लो समाचारमा नलेखिएको कथा हुनुपर्नेमा सच्चाइएको छ।

 

429546942_132150080520609-1709216168.jpg

निर्देशक प्रभाकर देव शर्माको निर्देशनमा निर्माण हुन लागेको टेलिफिल्म 'नलेखिएको कथाको बिहीवार थाहा नगरपालिकाको डाँडा घरे बा को होमस्टे फाँटबजारमा मुहूर्त गरिएको छ । पूजाआजासहित थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले गर्न्नुभएको मुहूर्तमा फिल्मका प्रमुख कलाकार अशोक शिवाकोटी र मन्जु श्रेष्ठले मुहूर्त सट दिनुभएको हो । 
हिल्स होम थियटर एण्ड प्रोडक्सन हाउसको  ब्यानरमा निर्माण हुने टेलिफिल्मको छायाङ्कन थाहा नगरको डाडाघरे बाको होमस्टे वरपर हुनेछ । धाराबाहिक चलचित्र नलेखिएको कथामा असोक सिवाकोटी,स्नेहा क्षेत्री,राजन थापा,मन्जु श्रेष्ठ,राजकुमार ब्लोन लगायतका स्थानीय कलाकारहरुको  अभिनय रहने निर्माण टिमले जनाएको छ । 
टेलिचलचित्र नलेखिएको कथामा जातिय छुवाछूतको कथा रहेको निर्देशक प्रभाकर देव शर्माले जानकारी दिए।

टेलिफिल्ममा राजन थापाको कथा लेखन,ओम आवस्थीको छायाङ्कन,रुपा मानन्धरको श्रिङ्गार तथा रविन्द्र कुमार शाहीको मुख्य सहायक निर्देशन रहनेछ ।
२ न वडा प्रतिनिधि युवराज बिष्टको अध्यक्षता तथा थाहा नगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मुर्हत समारोहमा वडा न २ का अध्यक्ष बम बहादुर सिङ्तान, थाहा फिल्म फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशी,थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान,बलिदान लामा लगायतकाले शुभकामना दिएका थिए भने समारोहमा थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछाने,सूचना अधिकृत सुरजकुमार भुजेल,थाहा फिल्म फेस्टिबलका सह संयोजक राजिव कुमार स्याङ्तान,लगायतका उपस्तिथिती रहेको थियो।
मुर्हत समारोहमा शुभकामना दिदै उपप्रमुख भरत गोपालीले थाहा नगर चलचित्र छायांकन गर्नको लागि उपयुक्त स्थल छनौट गर्नुभएकोले फिल्मकर्मी हरुलाई धन्यवाद दिदै फिल्मकर्मी हरुको आगमनले नगरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो। 
टेलीफिल्म नलेखिएको कथाको १० भाग यहीँ छायांकन गरिने र अन्य चलचित्रकर्मी लाई पनि थाहा नगर चलचित्र छायांकनको उपयुक्त स्थल भएको शन्देश प्रवाह गर्ने चलचित्रका निर्देशक तथा कलाकार प्रभाकर देव शर्माले बताए ।


world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...