Social-Media-Main-Post1-1759035170.jpg
Saturday, 13 Dec, 2025
nagar-shubha-1759206951.jpg

खेल

थाहा नगर स्तरीय शिक्षक भलिबल सुरु

FB_IMG_1740569658102-1740569792.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा १५ फागुनदेखि थाहा नगरमा नगरस्तरीय शिक्षक रनिङशील्ड भलिवल प्रतियोगिता सुरु भएको छ ।

थाहा नगरपालिका १ कुन्छालस्थित सुनौला माविको पुरानो खेलमैदानमा सुरु भएको खेलमा नगरका १२ वटा विद्यालयहरुले सहभागिता जनाएको छ ।

खेल सुरुपूर्व औपचारिक रुपले प्रतियोगिताको उद्घाटन गरिएको छ । नगर समिति अध्यक्ष मनोज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय महासचिव हंस बहादुर शाहीले शिक्षक मैत्री शिक्षा ऎनको माग गरेर आन्दोलनमा रहेको संगठनले ऎन जारी गराएपछि मात्र विश्राम लिने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथि संगठनका जिल्ला अध्यक्ष मुकुन्द न्यापाने, नेकपा एमाले थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य सानोभाइ कार्की, महासंघका नगर अध्यक्ष राजाराम कार्कीलगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतियोगितामा प्रथम विद्यालयलाई २५ हजार, द्वितीय विद्यालयलाई १५ हजार र सान्त्वना दुई विद्यालयलाई ५/५ हजार रुपियाँ, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको छ । 

प्रतियोगिताका लागि थाहा नगरपालिका, हेटौंडा सिटी कलेज एवं विभिन्न संघसंस्था र वित्तीय संस्थाहरुले आर्थिक सहयोग पुर्‍याएको छ । पहिलो चरणको खेल औपचारिक उद्घाटनपूर्व विहान ८ बजेदेखि सुरु भएको थियो ।

FB_IMG_1740569626590-1740569793.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहाको चन्द्रागिरी भञ्ज्याङ्ममा निर्मित भ्युटावर थाहा नगरपालिकालाई हस्तान्तरण
InShot_20251210_182131670-1765438678.jpg

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा निर्माण गरिएको...

फिफा विश्वकप २०२६ तिन देशमा आयोजना, ४८ टिम सहभागी हुने
FB_IMG_1765435409335_1-1765435458.jpg

दावा सेर्पा -UAE, ६ डिसेम्बर - आगामी फिफा विश्वकप २०२६-  ११ जुनदेखि १९ जुलाईसम्म आयोजना हुने भएको छ। यो प्रतियोगिता...

नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीजका माधव कार्कीको उम्मेद्वारी
InShot_20251211_105942493-1765430125.jpg

नेपाल जेसीज बर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीले...

जात्रा समापन संगै इन्द्रायणी चौर सफा गरियो।
FB_IMG_1765283501796-1765283573.jpg

थाहा नगरपालिका, – इन्द्रायणी जात्राको समापनसँगै आज इन्द्रायणी चौरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। जात्रामा...

पालुङ जेसीज सप्ताह २०२५ औपचारिक रूपमा उद्घाटन
20251207_171845-1765114517.jpg

थाहा नगरपालिका–३, थानाबजार। पालुङ जेसीजको आयोजनामा जेसीज सप्ताह २०२५ आज गंगा होटल, थानाबजारमा एक भव्य...

पालुङको ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा सम्पन्न
FB_IMG_1765038187463-1765038210.jpg

थाहा नगरपालिकामा लाग्ने ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा समापन गरिएको छ । १८ मंसिरबाट शुरु...

पालुङ जेसीज सप्ताह मंसिर २१ देखि
20251205_151535-1764941390.jpg

मकवानपुर । पालुङ जेसीजको जेसीज सप्ताह २०२५ मंसिर २१ गते आईतबारदेखि हुने भएको छ । थाहा नगरमा क्रियाशिल सामाजिक...

पालुङमा ऐतिहासिक तीन बर्षको इन्द्रायणी माइको जात्रा सुरु,
FB_IMG_1764863337101-1764863354.jpg

मकवानपुर उत्तरी क्षेत्रमा पर्नेे थाहा नगरपालिकामा इन्द्रायणी माईको जात्रा सुरु भएको छ । बिहीबार (आज) बाट सुरु...

स्मार्ट फोन कसरी छान्ने ?
IMG-20251203-WA0002-1764744285.jpg

दावा सेर्पा/ UAE/ नेपाली  मोबाइल बजारमा अहिले मध्यम मूल्य वर्गका स्मार्टफोनहरू नै सबैभन्दा बढी चर्चा कमाइरहेका...