Social-Media-Main-Post1-1759035170.jpg
Saturday, 13 Dec, 2025
nagar-shubha-1759206951.jpg

खेल

थाहा नगर स्तरीय शिक्षक भलिबलको सेमिफाइनल समीकरण पुरा

FB_IMG_1740667135507-1740667149.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा फागुन १४ गतेदेखि सञ्चालन भइरहेको थाहा नगरस्तरीय प्रथम नगर स्तरीय रनिङ शिल्ड शिक्षक भलिवल प्रतितयोगिता थप रोचक बन्दै गएको छ ।

थाहा नगरभित्रका १२ वटा विद्यालयहरुको सहभागिता रहेको खेलमा महिला र पुरुष शिक्षकहरु एउटै समूहबाट खेल्दा खेल अझै रोचक बनेको छ । खेलमा अपाङ्गता भएका शिक्षकदेखि सेवा निवृत्त नजिक उमेरका शिक्षक समेत उत्साहजनक ढंगले सहभागी हुनु भएपछि खेल अझ रोचक बनेको हो ।

फागुन १५ गते सम्पन्न क्वाटर फाइनल खेलमा स्वच्छन्द भैरव माविलाई पराजित गर्दै महांकाल आधारभूत विद्यालय सेमी फाइनलमा प्रवेश गरेको छ । यसैगरि बागेश्वरी माविलाई पराजित गर्दै जनकल्याण मावि, सुनौला माविलाई पराजित गर्दै मत्स्यनारायण मावि सेमीफाइनल प्रवेश गरेको छ । क्वाटर फाइनलमा दुर्गादेवी आधारभूत विद्यालय अनुपस्थित भएपछि सुन्दरीदेवी मावि पनि सेमीफाइनल प्रवेश गरेको छ ।

फागुन १६ गते पहिलो सेमीफाइनल खेल जनकल्याण मावि र महांकाल आवि र दोस्रो सेमीफाइनल खेल सुन्दरीदेवी मावि र मत्स्यनारायण माविबीच विहान ८ बजेदेखि सुरु हुनेछ । खेलको समापन तथा पुरस्कार वितरण समारोह दिउँसो १२ बजे हुने संगठनका अध्यक्ष मनोज लामिछानेले जानकारी दिनुभयो ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहाको चन्द्रागिरी भञ्ज्याङ्ममा निर्मित भ्युटावर थाहा नगरपालिकालाई हस्तान्तरण
InShot_20251210_182131670-1765438678.jpg

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङमा निर्माण गरिएको...

फिफा विश्वकप २०२६ तिन देशमा आयोजना, ४८ टिम सहभागी हुने
FB_IMG_1765435409335_1-1765435458.jpg

दावा सेर्पा -UAE, ६ डिसेम्बर - आगामी फिफा विश्वकप २०२६-  ११ जुनदेखि १९ जुलाईसम्म आयोजना हुने भएको छ। यो प्रतियोगिता...

नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीजका माधव कार्कीको उम्मेद्वारी
InShot_20251211_105942493-1765430125.jpg

नेपाल जेसीज बर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीले...

जात्रा समापन संगै इन्द्रायणी चौर सफा गरियो।
FB_IMG_1765283501796-1765283573.jpg

थाहा नगरपालिका, – इन्द्रायणी जात्राको समापनसँगै आज इन्द्रायणी चौरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। जात्रामा...

पालुङ जेसीज सप्ताह २०२५ औपचारिक रूपमा उद्घाटन
20251207_171845-1765114517.jpg

थाहा नगरपालिका–३, थानाबजार। पालुङ जेसीजको आयोजनामा जेसीज सप्ताह २०२५ आज गंगा होटल, थानाबजारमा एक भव्य...

पालुङको ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा सम्पन्न
FB_IMG_1765038187463-1765038210.jpg

थाहा नगरपालिकामा लाग्ने ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्रा विधिवत रुपमा समापन गरिएको छ । १८ मंसिरबाट शुरु...

पालुङ जेसीज सप्ताह मंसिर २१ देखि
20251205_151535-1764941390.jpg

मकवानपुर । पालुङ जेसीजको जेसीज सप्ताह २०२५ मंसिर २१ गते आईतबारदेखि हुने भएको छ । थाहा नगरमा क्रियाशिल सामाजिक...

पालुङमा ऐतिहासिक तीन बर्षको इन्द्रायणी माइको जात्रा सुरु,
FB_IMG_1764863337101-1764863354.jpg

मकवानपुर उत्तरी क्षेत्रमा पर्नेे थाहा नगरपालिकामा इन्द्रायणी माईको जात्रा सुरु भएको छ । बिहीबार (आज) बाट सुरु...

स्मार्ट फोन कसरी छान्ने ?
IMG-20251203-WA0002-1764744285.jpg

दावा सेर्पा/ UAE/ नेपाली  मोबाइल बजारमा अहिले मध्यम मूल्य वर्गका स्मार्टफोनहरू नै सबैभन्दा बढी चर्चा कमाइरहेका...