Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

खेल

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको उपाधी वडा न ७ लाई

476407297_152738977128385-1739017863.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ।
२६ माघमा थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भएको फाइनल प्रतिस्पर्धामा वडा न ७ ले २-१ को जित निकाल्दै उपाधी रक्षा गरेको हो।
साबिक बिजेता समेत रहेको वडा न ७ को जितमा राजन गोले र शुभराज गोलेले एक एक गोल गरे भने वडा न १ का हेमन्त प्रधानले एक गोल गर्न सफल भए।
बिजेता बनेसंगै वडा न ७ ले नगद ५० हजार सहित शिल्ड,मेडल ट्रफी सहित प्रमाणपत्र प्राप्त गरे भने उपबिजेतामा सिमित वडा न १ ले नगद ३० हजार सहित ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा न १ का रोहित श्रेष्ठ घोषित हुँदा,सर्वाधिक गोलकर्ता वडा न १ कै बिनिष अमात्य,उत्कृष्ट डिफेन्डर वडा न ७ का आर एस थिङ,उत्कृष्ट गोलकिपर थाहा ७ का आसामान गोले तथा उदयीमान खेलाडी थाहा ३ का अभियान जंग रायमाझी घोषित भए।
बिजेता तथा बिधागत उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली लगायतकाले पुरस्कार प्रदान गरेका थिए।
थाहा नगर खेलकुद बिकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार बितरण तथा समापन समारोहमा थाहा नगर उपप्रमुख भरत गोपाली,समाजसेवी तथा नेपाली काङ्ग्रेसका नेता जयराम लामिछानेको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्ल,शिक्षा अधिकृत सुर्य थिङ,वडा न ४ का अध्यक्ष नारायण लामा,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,नेकपा एसका नगर अध्यक्ष सुरेन्द्र थापा मगर,ऋषेश्वर ११ का अध्यक्ष दिपक कार्की,थाहा नगर खेलकुद विकास समिती सदस्य यादव रायमाझी,पालुङ जेसीजका अध्यक्ष माधव कार्की,नेपाल गोजुरियो कराते संघका जिल्ला अध्यक्ष बिरु लामा,कराते प्रशिक्षक मानसिं दोङ,लगायतका उपस्थिति रहेको थियो।

 


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...