Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको उपाधी वडा न ७ लाई

476407297_152738977128385-1739017863.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ।
२६ माघमा थाहा नगरपालिकाको इन्द्रायणी चौरमा भएको फाइनल प्रतिस्पर्धामा वडा न ७ ले २-१ को जित निकाल्दै उपाधी रक्षा गरेको हो।
साबिक बिजेता समेत रहेको वडा न ७ को जितमा राजन गोले र शुभराज गोलेले एक एक गोल गरे भने वडा न १ का हेमन्त प्रधानले एक गोल गर्न सफल भए।
बिजेता बनेसंगै वडा न ७ ले नगद ५० हजार सहित शिल्ड,मेडल ट्रफी सहित प्रमाणपत्र प्राप्त गरे भने उपबिजेतामा सिमित वडा न १ ले नगद ३० हजार सहित ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा न १ का रोहित श्रेष्ठ घोषित हुँदा,सर्वाधिक गोलकर्ता वडा न १ कै बिनिष अमात्य,उत्कृष्ट डिफेन्डर वडा न ७ का आर एस थिङ,उत्कृष्ट गोलकिपर थाहा ७ का आसामान गोले तथा उदयीमान खेलाडी थाहा ३ का अभियान जंग रायमाझी घोषित भए।
बिजेता तथा बिधागत उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली लगायतकाले पुरस्कार प्रदान गरेका थिए।
थाहा नगर खेलकुद बिकास समिती संयोजक टिकाराम स्याङ्तानको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार बितरण तथा समापन समारोहमा थाहा नगर उपप्रमुख भरत गोपाली,समाजसेवी तथा नेपाली काङ्ग्रेसका नेता जयराम लामिछानेको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,युवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्ल,शिक्षा अधिकृत सुर्य थिङ,वडा न ४ का अध्यक्ष नारायण लामा,वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,वडा न ६ का अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोद कृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,नेकपा एसका नगर अध्यक्ष सुरेन्द्र थापा मगर,ऋषेश्वर ११ का अध्यक्ष दिपक कार्की,थाहा नगर खेलकुद विकास समिती सदस्य यादव रायमाझी,पालुङ जेसीजका अध्यक्ष माधव कार्की,नेपाल गोजुरियो कराते संघका जिल्ला अध्यक्ष बिरु लामा,कराते प्रशिक्षक मानसिं दोङ,लगायतका उपस्थिति रहेको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...