Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा नगर भलिवलका विजेता टिम वडा कार्यालयद्वारा सम्मानित 

55450393_366977544147735_-1553511873.jpg


गएको फागुन १७ गतेदेखि २१ गतेसम्म चित्लाङको विसिङ्खेलमा भएको थाहा नगरस्तरीय अन्तरवडा भलिवल प्रतियोगिताका विजयी वडा नं. २ का खेलाडीहरुलाई सोमबार एक समारोहबीच सम्मान गरिएको छ । 
२ नं. वडा कार्यालयले आफ्नै सभाकक्षमा विजेती खेलाडी, टिम क्याप्टेन तथा टिम व्यवस्थापकलाई बोलाएर सम्मान गरेको हो । वडा नं. २ का वडा अध्यक्ष गुप्तबहादुर काकीृको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले खेलाडीहरुलाई सम्मान गर्ने परम्पराले उनीहरुको मनोबल उच्च हुनुका साथै आगामी दिनमा खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले आगामी दिनमा थाहा नगरपालिकाले खेलकुदका लागि बजेट बढाउन ध्यान दिने पनि बताउनु भयो । 
कार्यक्रममा बोल्दै थाहा नगर खेलकुद समितिका संयोजक राजेश केसीले नगर परिषदबाट खेलकुदका लागि छुट्याइएको ८ लाख रुपियाको खर्च विवरण जानकारी गराउँदै बजेटको सीमितताले चाहेर पनि धेरै गर्न नसकेको बताउनु भयो । कार्यक्रममा विशेष आतिथि रहनुभएका थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरपालिका योजनाबद्ध ढङ्गले खेलकुदको विकासमा लाग्ने गरी सोचिरहेको बताउनु भयो । उहाँले छिट्टै अन्तर मावि राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता हुने बताउँदै प्रतिष्पर्धाबाट छानिएका खेलाडीहरुलाई थप प्रशिक्षणको अवसर दिने गरी नगरपालिकाले योजना बनाइरहेको बताउनु भयो । 
कार्यक्रममा नगर कार्यपालिका सदस्य जानुका ढकाल, वडा सदस्य विष्णु बहादुर थापा, पालुङ जेसीजका अध्यक्ष कुमार नेगी, भलिवल खेलाडी किरण थापालगायतले बोल्नु भएको थियो । यसैबीच, प्रतियोगितामा भाग लिने क्रममा २ नं. वडाका खेलाडीहरुबाट भएको ३३ हजार रुपिया बराबरको व्यवस्थापन खर्च वडा कार्यालय र नगर खेलकुद समितिले व्यहोर्ने भएको छ । कार्यक्रममै वडा अध्यक्ष गुप्तबहादुर कार्कीले भन्नु भयो, ‘तपाईंहरु प्रक्रिया पु¥याउ आउनुस्, खर्च हामी व्यहोछौं ।’

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...