gumba-1715660528.jpg
Thursday, 16 May, 2024
खेल

थाहा नगर भलिवलका विजेता टिम वडा कार्यालयद्वारा सम्मानित 

55450393_366977544147735_-1553511873.jpg


गएको फागुन १७ गतेदेखि २१ गतेसम्म चित्लाङको विसिङ्खेलमा भएको थाहा नगरस्तरीय अन्तरवडा भलिवल प्रतियोगिताका विजयी वडा नं. २ का खेलाडीहरुलाई सोमबार एक समारोहबीच सम्मान गरिएको छ । 
२ नं. वडा कार्यालयले आफ्नै सभाकक्षमा विजेती खेलाडी, टिम क्याप्टेन तथा टिम व्यवस्थापकलाई बोलाएर सम्मान गरेको हो । वडा नं. २ का वडा अध्यक्ष गुप्तबहादुर काकीृको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले खेलाडीहरुलाई सम्मान गर्ने परम्पराले उनीहरुको मनोबल उच्च हुनुका साथै आगामी दिनमा खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताउनु भयो । उहाँले आगामी दिनमा थाहा नगरपालिकाले खेलकुदका लागि बजेट बढाउन ध्यान दिने पनि बताउनु भयो । 
कार्यक्रममा बोल्दै थाहा नगर खेलकुद समितिका संयोजक राजेश केसीले नगर परिषदबाट खेलकुदका लागि छुट्याइएको ८ लाख रुपियाको खर्च विवरण जानकारी गराउँदै बजेटको सीमितताले चाहेर पनि धेरै गर्न नसकेको बताउनु भयो । कार्यक्रममा विशेष आतिथि रहनुभएका थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरपालिका योजनाबद्ध ढङ्गले खेलकुदको विकासमा लाग्ने गरी सोचिरहेको बताउनु भयो । उहाँले छिट्टै अन्तर मावि राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता हुने बताउँदै प्रतिष्पर्धाबाट छानिएका खेलाडीहरुलाई थप प्रशिक्षणको अवसर दिने गरी नगरपालिकाले योजना बनाइरहेको बताउनु भयो । 
कार्यक्रममा नगर कार्यपालिका सदस्य जानुका ढकाल, वडा सदस्य विष्णु बहादुर थापा, पालुङ जेसीजका अध्यक्ष कुमार नेगी, भलिवल खेलाडी किरण थापालगायतले बोल्नु भएको थियो । यसैबीच, प्रतियोगितामा भाग लिने क्रममा २ नं. वडाका खेलाडीहरुबाट भएको ३३ हजार रुपिया बराबरको व्यवस्थापन खर्च वडा कार्यालय र नगर खेलकुद समितिले व्यहोर्ने भएको छ । कार्यक्रममै वडा अध्यक्ष गुप्तबहादुर कार्कीले भन्नु भयो, ‘तपाईंहरु प्रक्रिया पु¥याउ आउनुस्, खर्च हामी व्यहोछौं ।’


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...