pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सभा सम्पन्न

FB_IMG_1770462215362-1770462231.jpg

थाहा नगर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सम्पन्न भएको छ। थाहा नगरपालिका स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सभाहलमा शनिबार आयोजित उक्त सभा व्यवसायी, उद्योगी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सहकारी अभियन्ता तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो।
‎कार्यक्रमको सभाध्यक्षता संघका अध्यक्ष पुरुषोत्तम ढकालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा थाहा नगरपालिका प्रमुख विष्णु विष्टको विशेष उपस्थिति रहेको थियो। सभामा नेकपा (एमाले) थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली कांग्रेस थाहा नगर उपसभापति नवराज कार्की, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष तथा थाहा नगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कविराज खत्री, नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेशका सदस्य जीवनकाजी माकजु, शिखर बचत तथा ऋण सहकारी संस्था अध्यक्ष मनोज रायमाझी, मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका संस्थापक अध्यक्ष विमलकुमार ढकाल लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
‎वक्ताहरूले थाहा नगरको आर्थिक, सामाजिक तथा व्यावसायिक विकासमा उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय, सशक्त र परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह गर्नुभयो। व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास र लगानीमैत्री वातावरण निर्माणमा संघले अझ सशक्त पहल गर्नुपर्नेमा जोड दिइएको थियो।
‎साधारण सभाको औपचारिक सत्रमा संघका महासचिव जर्म श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष संघले सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले संघले व्यवसायीहरूको समस्या समाधान, विभिन्न सरोकारवाला निकायसँग समन्वय, सीपमूलक तालिम, बजार व्यवस्थापन, कर तथा नीतिगत विषयमा परामर्श जस्ता क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउनुभयो।
‎त्यसैगरी कोषाध्यक्ष प्रदीप प्रधानले आर्थिक वर्षको आय–व्यय विवरणसहितको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रतिवेदनमा संघको आर्थिक अवस्था सन्तोषजनक रहेको जानकारी दिँदै पारदर्शिता, अनुशासन र जिम्मेवारीपूर्ण आर्थिक व्यवस्थापनलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। सभाले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरेको थियो।
‎सभाध्यक्ष तथा संघका अध्यक्ष पुरुषोत्तम ढकालले आफ्नो भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघको मूल उद्देश्य स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “संस्थाको मूल लक्ष्य व्यावसायिक मैत्री वातावरण निर्माण गर्नु, स्थानीय उद्योग तथा व्यापारको संरक्षण, संवर्द्धन र दिगो विकास गर्नु हो।” उहाँले संघको पहिलो प्रतिबद्धता व्यवसायमैत्री वातावरण सुदृढ बनाउने, प्रविधिमैत्री सीप विकास कार्यक्रम सञ्चालन गर्ने, पर्यटन, कृषि र उद्योगको एकीकृत विकासलाई जोड दिने, स्थानीय उत्पादन र लगानी प्रवर्द्धन गर्ने तथा समावेशी उद्यमशीलतालाई प्रोत्साहन गर्ने रहेको बताउनुभयो।
‎उहाँले थाहा नगरलाई सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्न निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै बजार व्यवस्थापन, पूर्वाधार विकास, डिजिटल प्रविधिको उपयोग, युवालाई उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रम तथा महिला र साना व्यवसायीलाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरिने बताउनुभयो।
‎प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख विष्णु विष्टले उद्योग वाणिज्य संघसँग स्थानीय सरकारको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले थाहा नगरको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सकिने धारणा राख्नुभयो। नगरपालिकाले व्यवसायमैत्री नीति, आवश्यक पूर्वाधार निर्माण तथा सहजीकरणमा जोड दिने बताउँदै संघसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट गर्नुभयो।
‎कार्यक्रममा सहभागी वक्ताहरूले संघ र स्थानीय सरकारबीचको सहकार्यले मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै थाहा नगरलाई व्यवसायिक केन्द्रका रूपमा स्थापित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
‎कार्यक्रमको अन्त्यमा संघका वरिष्ठ उपाध्यक्ष शम्भु सी. कार्कीले धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, वक्ताहरू, सदस्य व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा संघलाई अझ सशक्त, प्रभावकारी र सदस्यमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‎थाहा नगर उद्योग वाणिज्य संघ को १० औँ वार्षिक साधारण सभाले संघको विगतको कार्यसम्पादनको समीक्षा गर्दै भविष्यका लागि स्पष्ट नीति, कार्यक्रम र मार्गदर्शन तय गरेको छ। स्थानीय उद्योग, व्यापार तथा उद्यमशीलताको विकासमार्फत थाहा नगरको समग्र आर्थिक उन्नतिमा संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

FB_IMG_1770462192758-1770462231.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...