pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

थाहा नगर अन्तर वडा मेयर कप फुटबल प्रतियोगितामा वडा न ८ र ४ को बिजयी सुरुवात

FB_IMG_1738674831593-1738674874.jpg

थाहा नगरपालिका स्तरीय अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेल वडा न ८ ले बिजयी सुरुवात गरेको छ।
आज भएको उद्घाटन खेलमा वडा न ८ ले वडा न ९ लाई ट्राइबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो।
निर्धारित समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
प्रतियोगितामा वडा न ८ का प्रदिप थिङ म्यान अफ द म्याच घोषित भए।
तेसै गरि आजै भएको दोस्रो खेलमा वडा न ४ ले वडा न ११ लाई ३-० गोलले पराजित गरेको छ।
प्रतियोगितामा वडा न ४ का साहिल लामाले २ गोल र सुकु लामाले १ गोल गरे ।
प्रतियोगिताको म्यान अफ द म्याच ४ न वडाका साहिल लामा घोषित भए।
थाहा नगरपालिकाको ११ वटा वडाको सहभागिता रहेको प्रतियोगितामा वडा न ५ ले भने सहभागिता नजनाएको थाहा नगर युवा तथा खेलकुद शाखाले जनाएको छ।
नक आउटको माध्यम बाट खेलाइने खेलमा बिजयी हुने टिमले नगद ५० हजार र द्वितीय हुनेले नगद ३० हजार सहित शिल्ड,ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्थापक ऋषेश्वर-११ का अध्यक्ष दिपक कार्कीले जानकारी दिए।
थाहा नगरपालिकाको आयोजना तथा ऋषेश्वर-११ फुटबल क्लवको व्यवस्थापनमा माघ २२ गते नगरको इन्द्रायणी चौरमा सम्पन्न प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेका थिए।
थाहा नगर खेलकुद विकास समिती सदस्य यादव जंग रायमाझीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो।
थाहा नगरपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखा प्रमुख माधव बिक्रम मल्लले स्वागत गर्नुभएको समारोहमा वडा न १ का वडा कार्यवाहक अध्यक्ष सरोज प्रधान,३ का हिरेन्द्र रायमाझी,४ का नारायण लामा,वडा न ११ का दिनेश बल,वडा न १२ का कार्यवाहक वडा अध्यक्ष युवराज जिम्बा,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने लगायतका उपस्थिति रहेको थियो।

 

FB_IMG_1738674807954-1738674902.jpg
FB_IMG_1738674845806-1738674902.jpg
FB_IMG_1738674826070-1738675011.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg