Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा नगर अन्तर वडा मेयर कप फुटबल प्रतियोगितामा वडा न ८ र ४ को बिजयी सुरुवात

FB_IMG_1738674831593-1738674874.jpg

थाहा नगरपालिका स्तरीय अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेल वडा न ८ ले बिजयी सुरुवात गरेको छ।
आज भएको उद्घाटन खेलमा वडा न ८ ले वडा न ९ लाई ट्राइबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो।
निर्धारित समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
प्रतियोगितामा वडा न ८ का प्रदिप थिङ म्यान अफ द म्याच घोषित भए।
तेसै गरि आजै भएको दोस्रो खेलमा वडा न ४ ले वडा न ११ लाई ३-० गोलले पराजित गरेको छ।
प्रतियोगितामा वडा न ४ का साहिल लामाले २ गोल र सुकु लामाले १ गोल गरे ।
प्रतियोगिताको म्यान अफ द म्याच ४ न वडाका साहिल लामा घोषित भए।
थाहा नगरपालिकाको ११ वटा वडाको सहभागिता रहेको प्रतियोगितामा वडा न ५ ले भने सहभागिता नजनाएको थाहा नगर युवा तथा खेलकुद शाखाले जनाएको छ।
नक आउटको माध्यम बाट खेलाइने खेलमा बिजयी हुने टिमले नगद ५० हजार र द्वितीय हुनेले नगद ३० हजार सहित शिल्ड,ट्रफी,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्थापक ऋषेश्वर-११ का अध्यक्ष दिपक कार्कीले जानकारी दिए।
थाहा नगरपालिकाको आयोजना तथा ऋषेश्वर-११ फुटबल क्लवको व्यवस्थापनमा माघ २२ गते नगरको इन्द्रायणी चौरमा सम्पन्न प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गरेका थिए।
थाहा नगर खेलकुद विकास समिती सदस्य यादव जंग रायमाझीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो।
थाहा नगरपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखा प्रमुख माधव बिक्रम मल्लले स्वागत गर्नुभएको समारोहमा वडा न १ का वडा कार्यवाहक अध्यक्ष सरोज प्रधान,३ का हिरेन्द्र रायमाझी,४ का नारायण लामा,वडा न ११ का दिनेश बल,वडा न १२ का कार्यवाहक वडा अध्यक्ष युवराज जिम्बा,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने लगायतका उपस्थिति रहेको थियो।

 

FB_IMG_1738674807954-1738674902.jpg
FB_IMG_1738674845806-1738674902.jpg
FB_IMG_1738674826070-1738675011.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...