pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा नगरमा शीत भण्डार निर्माणको लागि सम्झौता
२ बर्षमा निर्माण सक्ने अठोट

cold_store1-1528282982.jpg
थाहा नगरपालिकामा शीत भण्डार निर्माणको लागि सम्झौता भएको छ । थाहा नगरपालिकाको कार्यालयमा गत शोमबार शीत भण्डार निर्माणका लागि नगरपालिका कार्यालय र थाहा नगर विशिष्टीकृत सहकारी संघबीच सम्झौता भएको हो । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र विशिष्टीकृत सहकारी संघका तर्फबाट संयोजक विमलकुमार ढकाल, सञ्चालक राजेश केसी र महेश्वर सुवेदीले हस्ताक्षर गरि सम्झौता भएको हो  । थाहा नगरपालिका वडा नम्वर ३ स्थित पुरानो काला भैरबचौरमा निर्माण गरिने शीत भण्डार निर्माणका लागि १५ करोड ६६ लाख ७१ हजार १ सय १५ रुपैयाँ खर्चिने उल्लेख गरिएको छ । १० रोपनी जग्गामा निर्माण हुने शीत भण्डारमा २० हजार टन आलुलगायत तरकारी राख्न सक्ने क्षमता हुने जनाइएको छ । शीत भण्डारको डिजाइन तयार भइसकेकोले अब सार्वजनिक रूपमा निर्माणका लागि टेन्डर निकाल्ने प्रकृया बाँकी रहेको छ । शीत भण्डार नहुँदा आफैले उत्पादन गरेको आलुको विउ महँगो मुल्य तिर्न वाध्य थाहाका किसानहरुको धेरै समय देखिको माग र सुविधालाई मध्य नजरगरि २ बर्ष भित्रै निर्माण गरिसक्ने लक्ष्य रहेको थाहा नगरपालिका प्रमुख लवशेर बिष्टले बताउनु भयो । सम्झौता पत्रमा शीत भण्डारका लागि कुल लागतको ६० प्रतिशत रकम नेपाल सरकार सहकारी मन्त्रालयबाट अनुदानका रूपमा प्राप्त हुने जसमध्ये चालु आर्थिक वर्षमै ५० लाख रुपैयाँ प्राप्त भइसकेको नगर प्रमुख विष्टले जानकारी दिनु भयो  । निर्माण सम्पन्न गर्न लाग्ने कुल ४० प्रतिशत रकममध्ये ४ करोड ४० लाख रुपैयाँ विशिष्टीकृत सहकारी संघले व्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ । संघले व्यहोर्ने रकमबाट नपुग रकम नगरपालिकाले अनुदानस्वरूप प्रदान गर्ने सम्झौतामा उल्लेख छ । ९ वटा विभिन्न बुँदामा भएको सम्झौता अनुसार थाहा नगर पालिकाले व्यवस्थापन र सञ्चालन गर्न संरक्षकको भुमिकामा रहने जनाइएको छ । शीत भण्डार निर्माण सम्पन्न भएपछि नगरपालिकाले थाहा नगर विशिष्टीकृत सहकारी संघलाई योजना हस्तान्तरण गर्ने र त्यसको सम्पूर्ण स्वामित्व समेत सहकारी संघकै रहनेछ । बेमौसमी तरकारी वालिको लागी प्रशिद्घ थाहा नगरपालिका आलुको पकेट क्षेत्रको रुपमा रहेको छ । ¬शीत भण्डार निर्माणपछि यस क्षेत्रका कृषकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । शीत भण्डार बनिसके पछि थाहा नगरपालिकाको मात्र नभई मकवानपुर जिल्लाको उत्तरी क्षेत्रका कृषकलाई ठूलो राहत मिल्ने थाहा नपा कृषि शाखा प्रमुख सञ्जय तिवारीले बताउनु भयो । शीत भण्डार जति सक्दो छिटो निर्माण सम्पन्न होस् भन्ने जनचाहानालाई मध्यनजर गरि काम शुरुगर्नेमा ढुक्क रहन विशिष्ट सहकारीका संयोजक बिमल कुमार ढकालले आग्रह गर्नु भएको छ । हाल थाहा नगरपालिका भित्र रहेका २७ वटा सहकारीले शीत भण्डार निर्माण गर्न लगानी गर्ने नगरपालिकाले जनाएको छ । थाहा नगरपालिका ४ थाना बजार स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले २ करोड र बाँकी अन्य सहकारीबाट जुटाउने पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा विशिष्ट सहकारीका संयोजक विमल कुमार ढकालले बताए । सस्तो दरमा आलु लगायत तरकारीहरु बेच्न बाध्य भैरहेका किसानहरु आलुको बीउ जोगाउनका लागि शीतभण्डारमा सुरक्षित हुने भएकोले काठमाण्डु तथा अन्यत्रको शीत भण्डारमा लगेर राख्ने गरिरहेका छन् । थाहा नगर पालिकामानै शीत भण्डार बन्ने भए पछि किसानहरुको लागि राम्रो कार्य गरेकोमा जनप्रतिनिधिहरुले जनताको काम गर्छन भन्ने प्रष्ट भएको भन्दै थाहा २ का राजन कार्कीले खुशी ब्यक्त गर्नु भयो । थाहा नगरमा विशेषगरी आलु, काउली, बन्दा, माछे खुर्सानी, पिरो खुर्सानी, भेंडे खुर्सानी, गोलभेंडा, भन्टा, धनिया, गाजर, डल्ले खुर्सानी, मुला लगायत तरकारी उत्पादन हुने गर्छ । किसानहरूले आफुले उत्पादन गरी बीउको आलु प्रतिबोरा ६ सय रुपैयाँका दरले तिर्नु पर्दा उत्तरी क्षेत्रका किसानहरुको करिब २ करोड खर्च भैरहेको छ । आलुको बीउ मात्र हैन शीत भण्डार बनिसके पछि बजार भाउ नभएको अवस्थामा शीत भण्डारमा राख्ने र मूल्य बढी भएको अवस्थामा शीत भण्डारबाट झिकेर बेच्न मिल्ने भएकोले किसानहरुको आम्दानीमा बृद्घि समेत हुनेछ ।
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...