pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहा नगरमा शीत भण्डार निर्माणको लागि सम्झौता
२ बर्षमा निर्माण सक्ने अठोट

cold_store1-1528282982.jpg
थाहा नगरपालिकामा शीत भण्डार निर्माणको लागि सम्झौता भएको छ । थाहा नगरपालिकाको कार्यालयमा गत शोमबार शीत भण्डार निर्माणका लागि नगरपालिका कार्यालय र थाहा नगर विशिष्टीकृत सहकारी संघबीच सम्झौता भएको हो । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र विशिष्टीकृत सहकारी संघका तर्फबाट संयोजक विमलकुमार ढकाल, सञ्चालक राजेश केसी र महेश्वर सुवेदीले हस्ताक्षर गरि सम्झौता भएको हो  । थाहा नगरपालिका वडा नम्वर ३ स्थित पुरानो काला भैरबचौरमा निर्माण गरिने शीत भण्डार निर्माणका लागि १५ करोड ६६ लाख ७१ हजार १ सय १५ रुपैयाँ खर्चिने उल्लेख गरिएको छ । १० रोपनी जग्गामा निर्माण हुने शीत भण्डारमा २० हजार टन आलुलगायत तरकारी राख्न सक्ने क्षमता हुने जनाइएको छ । शीत भण्डारको डिजाइन तयार भइसकेकोले अब सार्वजनिक रूपमा निर्माणका लागि टेन्डर निकाल्ने प्रकृया बाँकी रहेको छ । शीत भण्डार नहुँदा आफैले उत्पादन गरेको आलुको विउ महँगो मुल्य तिर्न वाध्य थाहाका किसानहरुको धेरै समय देखिको माग र सुविधालाई मध्य नजरगरि २ बर्ष भित्रै निर्माण गरिसक्ने लक्ष्य रहेको थाहा नगरपालिका प्रमुख लवशेर बिष्टले बताउनु भयो । सम्झौता पत्रमा शीत भण्डारका लागि कुल लागतको ६० प्रतिशत रकम नेपाल सरकार सहकारी मन्त्रालयबाट अनुदानका रूपमा प्राप्त हुने जसमध्ये चालु आर्थिक वर्षमै ५० लाख रुपैयाँ प्राप्त भइसकेको नगर प्रमुख विष्टले जानकारी दिनु भयो  । निर्माण सम्पन्न गर्न लाग्ने कुल ४० प्रतिशत रकममध्ये ४ करोड ४० लाख रुपैयाँ विशिष्टीकृत सहकारी संघले व्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ । संघले व्यहोर्ने रकमबाट नपुग रकम नगरपालिकाले अनुदानस्वरूप प्रदान गर्ने सम्झौतामा उल्लेख छ । ९ वटा विभिन्न बुँदामा भएको सम्झौता अनुसार थाहा नगर पालिकाले व्यवस्थापन र सञ्चालन गर्न संरक्षकको भुमिकामा रहने जनाइएको छ । शीत भण्डार निर्माण सम्पन्न भएपछि नगरपालिकाले थाहा नगर विशिष्टीकृत सहकारी संघलाई योजना हस्तान्तरण गर्ने र त्यसको सम्पूर्ण स्वामित्व समेत सहकारी संघकै रहनेछ । बेमौसमी तरकारी वालिको लागी प्रशिद्घ थाहा नगरपालिका आलुको पकेट क्षेत्रको रुपमा रहेको छ । ¬शीत भण्डार निर्माणपछि यस क्षेत्रका कृषकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । शीत भण्डार बनिसके पछि थाहा नगरपालिकाको मात्र नभई मकवानपुर जिल्लाको उत्तरी क्षेत्रका कृषकलाई ठूलो राहत मिल्ने थाहा नपा कृषि शाखा प्रमुख सञ्जय तिवारीले बताउनु भयो । शीत भण्डार जति सक्दो छिटो निर्माण सम्पन्न होस् भन्ने जनचाहानालाई मध्यनजर गरि काम शुरुगर्नेमा ढुक्क रहन विशिष्ट सहकारीका संयोजक बिमल कुमार ढकालले आग्रह गर्नु भएको छ । हाल थाहा नगरपालिका भित्र रहेका २७ वटा सहकारीले शीत भण्डार निर्माण गर्न लगानी गर्ने नगरपालिकाले जनाएको छ । थाहा नगरपालिका ४ थाना बजार स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले २ करोड र बाँकी अन्य सहकारीबाट जुटाउने पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा विशिष्ट सहकारीका संयोजक विमल कुमार ढकालले बताए । सस्तो दरमा आलु लगायत तरकारीहरु बेच्न बाध्य भैरहेका किसानहरु आलुको बीउ जोगाउनका लागि शीतभण्डारमा सुरक्षित हुने भएकोले काठमाण्डु तथा अन्यत्रको शीत भण्डारमा लगेर राख्ने गरिरहेका छन् । थाहा नगर पालिकामानै शीत भण्डार बन्ने भए पछि किसानहरुको लागि राम्रो कार्य गरेकोमा जनप्रतिनिधिहरुले जनताको काम गर्छन भन्ने प्रष्ट भएको भन्दै थाहा २ का राजन कार्कीले खुशी ब्यक्त गर्नु भयो । थाहा नगरमा विशेषगरी आलु, काउली, बन्दा, माछे खुर्सानी, पिरो खुर्सानी, भेंडे खुर्सानी, गोलभेंडा, भन्टा, धनिया, गाजर, डल्ले खुर्सानी, मुला लगायत तरकारी उत्पादन हुने गर्छ । किसानहरूले आफुले उत्पादन गरी बीउको आलु प्रतिबोरा ६ सय रुपैयाँका दरले तिर्नु पर्दा उत्तरी क्षेत्रका किसानहरुको करिब २ करोड खर्च भैरहेको छ । आलुको बीउ मात्र हैन शीत भण्डार बनिसके पछि बजार भाउ नभएको अवस्थामा शीत भण्डारमा राख्ने र मूल्य बढी भएको अवस्थामा शीत भण्डारबाट झिकेर बेच्न मिल्ने भएकोले किसानहरुको आम्दानीमा बृद्घि समेत हुनेछ ।
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg