Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहा नगरपालिका र सहकारीहरुको लगानीमा कोल्डस्टोर निर्माण गरिने
बिना मुक्तान


   थाहा नगरपालिकाले नगर भित्र रहेका सहकारीहरुस“गको सहकार्यमा सितभण्डार निर्माण गर्ने भएको छ । 
    बेमौसमी तरकारी बालीको लागि    देशमै प्रख्यात ठाउ“ थाहानगरमा उत्पादित   तरकारी नेपालको प्रमुख शहर, काठमाण्डौं, हेटौंडा, विरगञ्ज, नारायणघाट, बुटवल, पोखरा, भैरहवा लगायत छिमेकी मुलुक  भारतसम्म निर्यात हु“दै आइरहेको भएता पनि भण्डारण तथा वजार व्यवस्थापन नहु“दा कहिले काहिं किसानहरुले आफ्नो लगानी समेत उठाउन धौ धौ परेकाले सो समयको  तरकारी र आलुको विउ भण्डारणको लागि यस क्षेत्रमा शित भण्डारको आवश्यकता खडकिएको हो ।  
  थाहा नगरमा विशेष गरी आलु, काउली, बन्दा, माछे खुर्सानी, पिरो खुर्सानी, भे“डे खुर्सानी, गोलभेंडा लगायत तरकारी उत्पादन गरि किसानहरुको आम्दानीको राम्रो श्रोत भएता पनि उचित बजार व्यवस्थापन नह“ुदा  किसानहरु ले उचित लाभ लिन सकेका छैनन् ।  
 यस क्षेत्रमा शित भण्डार गृहको अभाव खड्किएको लामो समय भए पनि निर्माण हुन सकेको छैन । निजी स्थरबाट थाहानगरको किटेनीमा निर्माण शुरु भएको शितभण्डारन गृह अलपत्र अवस्थामा छ । 
   तरकारी वालीको पकेट क्षेत्रको रुपमा रहेको यो क्षेत्रमा आलु प्रमुख बाली भए पनि आलुको उत्पादन र बिउको लागि भण्डारन सुलभ नहु“दा उत्पादनका समयमा सस्तो बेच्न र बिउका सिजनमा महगो किन्नु पर्ने बाध्यतामा व्यहोर्नु परेको छ  ।  
  किसानहरुले भोग्नु परिरहेको समस्यालाई मध्यनजर गरी  थाहा नगरपालिकाको सक्रियतामा नगर प्रमुख लबसेर बिष्टको उपस्थितीमा नगर क्षेत्रका सहकारीहरु छलफल कार्यक्रमको आयोजना गरिएको थयो । पालुङ बहुउद्देश्यीय सहकारिको सभा हलमा उपप्रमुख खडग बहादुर गोपाली सहित र बिभिन्न सहकारिका प्रतिनिधिहरु उपस्थिती रहेको छलफल कार्यक्रमले शितभण्डार निर्माणको लागि बिमल कुमार ढकालको अध्यक्षतामा महेश्वर सुवेदी, अन्जल प्रधान, राजेन्द्र विडारी, निरञ्जन अधिकारी, राजकुमार के.सी सदस्य रहेको समिति गठन भएको छ । 
   कोल्डस्टोर निर्माणकालागि सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ५० लाख आइसकेको, नगरपालिकाबाट १० लाख छ्ट्याइएको र च्वाइस नेपाल संस्थाको सहयोगमा बन्ने सितभण्डारको लागि थाहा   नगरपालिकामा रहेका सहकारीहरुवाट पनि लगानि रहने गरि छलफल अगाडी बढेको र सोही अनुसार अगाडी बढिने अध्यक्ष ढकाले बताउनु भयो । उहा“ले ६० प्रतिशत स्थानीय नगरपालिका, नेपाल सरकार तथा च्वाइस नेपालको र ४० प्रतिशत सहकारी संस्थाको भुमिका रहने बताउनु भयो । 
   ढकालका अनुुसार सितभण्डार निर्माणका लागि धेरै ढिला भैसकेको बताउ“दै अब भने सबैको माग अनुसार अनुकुल हुने स्थानमा छिट्टैनै कामको शुरुवात गरिने भएको छ । निमार्ण हुने शित भण्डार १५ सय मेट्रिक टन (३० हजार बोरा) क्षमताको हुने बताउनु भयो ।  निर्माण कार्यमा सहकारीहरुको तर्फवाट आफु संयोजक भएता पनि यसको प्रमुख भूमिका भने नगरपालिका तथा दातृ निकायको रहेको बताउदै यस क्षेत्रको विकासको आधारनै शित भण्डार भएकाले यस अभियानमा सक्रिय सहभागिहुन पनि ढकालले आग्रह गर्नु भयो ।  
   मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका आसपासको ठाउ“वाट बिउ आलु मात्र २० हजार बोरा काठमाडौको बिबिध कोल्ड स्टोरमा भण्डारणका लागि लाने गरिएको छ । यस बर्ष ढुवानी सहित किसानहरुले आफ्नो बिउ आलु प्रती एक बोरा ६ सय रुपैंयाका दरले तिर्नु परेको छ । थाहा नगरमानै शित भण्डार निर्माण भए पछि ढुवानी बापतको ठुलो रकममारवाट किसानहरु लाभान्वित हुने भएका छन् ।
   आलुको बीउ मात्र हैन भाउ कम भएको अब्स्थामा कोल्ड स्टोरमा राख्ने र भाउ आएको अब्स्थामा बेच्न सकिनेछ भने अन्य तरकारी तथा फलफुल पनि कोल्ड स्टोरमा भण्डार गरि उचित समयमा बजारमा लान सकिने छ ।
    सहकारीहरुले कम्तिमा १ लाखसम्मको सेयर हाली सहभागी हुन पाउने छन् भने निर्माण भैसकेपछि स्थानिय सहकारीसंघको बिधिमा सञ्चालन हुने वताइएकोछ । हाल ब्रजबाराहिको सुनौला डा“डा र थाहा न. पा. ३ को कालाभैरब भएको स्थान  मध्य एक ठाउ“मा शित भण्डार बनाउने भनिए पनि प्राबिधिक दृस्टिकोणबाट सहि हुने अन्य स्थानको समेत छनौट गरि निर्माण गरिने बताइएको छ । 
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg