pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा नगरपालिका र सहकारीहरुको लगानीमा कोल्डस्टोर निर्माण गरिने
बिना मुक्तान


   थाहा नगरपालिकाले नगर भित्र रहेका सहकारीहरुस“गको सहकार्यमा सितभण्डार निर्माण गर्ने भएको छ । 
    बेमौसमी तरकारी बालीको लागि    देशमै प्रख्यात ठाउ“ थाहानगरमा उत्पादित   तरकारी नेपालको प्रमुख शहर, काठमाण्डौं, हेटौंडा, विरगञ्ज, नारायणघाट, बुटवल, पोखरा, भैरहवा लगायत छिमेकी मुलुक  भारतसम्म निर्यात हु“दै आइरहेको भएता पनि भण्डारण तथा वजार व्यवस्थापन नहु“दा कहिले काहिं किसानहरुले आफ्नो लगानी समेत उठाउन धौ धौ परेकाले सो समयको  तरकारी र आलुको विउ भण्डारणको लागि यस क्षेत्रमा शित भण्डारको आवश्यकता खडकिएको हो ।  
  थाहा नगरमा विशेष गरी आलु, काउली, बन्दा, माछे खुर्सानी, पिरो खुर्सानी, भे“डे खुर्सानी, गोलभेंडा लगायत तरकारी उत्पादन गरि किसानहरुको आम्दानीको राम्रो श्रोत भएता पनि उचित बजार व्यवस्थापन नह“ुदा  किसानहरु ले उचित लाभ लिन सकेका छैनन् ।  
 यस क्षेत्रमा शित भण्डार गृहको अभाव खड्किएको लामो समय भए पनि निर्माण हुन सकेको छैन । निजी स्थरबाट थाहानगरको किटेनीमा निर्माण शुरु भएको शितभण्डारन गृह अलपत्र अवस्थामा छ । 
   तरकारी वालीको पकेट क्षेत्रको रुपमा रहेको यो क्षेत्रमा आलु प्रमुख बाली भए पनि आलुको उत्पादन र बिउको लागि भण्डारन सुलभ नहु“दा उत्पादनका समयमा सस्तो बेच्न र बिउका सिजनमा महगो किन्नु पर्ने बाध्यतामा व्यहोर्नु परेको छ  ।  
  किसानहरुले भोग्नु परिरहेको समस्यालाई मध्यनजर गरी  थाहा नगरपालिकाको सक्रियतामा नगर प्रमुख लबसेर बिष्टको उपस्थितीमा नगर क्षेत्रका सहकारीहरु छलफल कार्यक्रमको आयोजना गरिएको थयो । पालुङ बहुउद्देश्यीय सहकारिको सभा हलमा उपप्रमुख खडग बहादुर गोपाली सहित र बिभिन्न सहकारिका प्रतिनिधिहरु उपस्थिती रहेको छलफल कार्यक्रमले शितभण्डार निर्माणको लागि बिमल कुमार ढकालको अध्यक्षतामा महेश्वर सुवेदी, अन्जल प्रधान, राजेन्द्र विडारी, निरञ्जन अधिकारी, राजकुमार के.सी सदस्य रहेको समिति गठन भएको छ । 
   कोल्डस्टोर निर्माणकालागि सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट ५० लाख आइसकेको, नगरपालिकाबाट १० लाख छ्ट्याइएको र च्वाइस नेपाल संस्थाको सहयोगमा बन्ने सितभण्डारको लागि थाहा   नगरपालिकामा रहेका सहकारीहरुवाट पनि लगानि रहने गरि छलफल अगाडी बढेको र सोही अनुसार अगाडी बढिने अध्यक्ष ढकाले बताउनु भयो । उहा“ले ६० प्रतिशत स्थानीय नगरपालिका, नेपाल सरकार तथा च्वाइस नेपालको र ४० प्रतिशत सहकारी संस्थाको भुमिका रहने बताउनु भयो । 
   ढकालका अनुुसार सितभण्डार निर्माणका लागि धेरै ढिला भैसकेको बताउ“दै अब भने सबैको माग अनुसार अनुकुल हुने स्थानमा छिट्टैनै कामको शुरुवात गरिने भएको छ । निमार्ण हुने शित भण्डार १५ सय मेट्रिक टन (३० हजार बोरा) क्षमताको हुने बताउनु भयो ।  निर्माण कार्यमा सहकारीहरुको तर्फवाट आफु संयोजक भएता पनि यसको प्रमुख भूमिका भने नगरपालिका तथा दातृ निकायको रहेको बताउदै यस क्षेत्रको विकासको आधारनै शित भण्डार भएकाले यस अभियानमा सक्रिय सहभागिहुन पनि ढकालले आग्रह गर्नु भयो ।  
   मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका आसपासको ठाउ“वाट बिउ आलु मात्र २० हजार बोरा काठमाडौको बिबिध कोल्ड स्टोरमा भण्डारणका लागि लाने गरिएको छ । यस बर्ष ढुवानी सहित किसानहरुले आफ्नो बिउ आलु प्रती एक बोरा ६ सय रुपैंयाका दरले तिर्नु परेको छ । थाहा नगरमानै शित भण्डार निर्माण भए पछि ढुवानी बापतको ठुलो रकममारवाट किसानहरु लाभान्वित हुने भएका छन् ।
   आलुको बीउ मात्र हैन भाउ कम भएको अब्स्थामा कोल्ड स्टोरमा राख्ने र भाउ आएको अब्स्थामा बेच्न सकिनेछ भने अन्य तरकारी तथा फलफुल पनि कोल्ड स्टोरमा भण्डार गरि उचित समयमा बजारमा लान सकिने छ ।
    सहकारीहरुले कम्तिमा १ लाखसम्मको सेयर हाली सहभागी हुन पाउने छन् भने निर्माण भैसकेपछि स्थानिय सहकारीसंघको बिधिमा सञ्चालन हुने वताइएकोछ । हाल ब्रजबाराहिको सुनौला डा“डा र थाहा न. पा. ३ को कालाभैरब भएको स्थान  मध्य एक ठाउ“मा शित भण्डार बनाउने भनिए पनि प्राबिधिक दृस्टिकोणबाट सहि हुने अन्य स्थानको समेत छनौट गरि निर्माण गरिने बताइएको छ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...