Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा गोल्ड कपको उपाधी आयोजक टिमलार्इ

शम्भु अधिकारी,

थाहा नगरको इन्द्रायणी चौरमा जारी प्रथम थाहा गोल्ड कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक ऋशेस्वर एघार फुटबल क्लबले हात पारेको छ । आज भएको फाइनल खेलमा पारिजत स्मृति पुस्तकालय चित्लाङलाई हराउदै उपाधी हात पारेको हो । निर्धारित एक घण्टाको खेलमा दुबै तर्फ कुनै गोल हुन नसके पछि खेल ट्राइबेकर मा 3-1 गोल ले हराउदै नगद ५० हजार सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र बिजेता टिमले पायाे भने उपबिजेता पारिजातले नगद ३० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे बिजयी तथा उपबिजेता हरुलाइ प्रमुख अतिथी तथा नगर प्रमुख लबशेर बिस्टले पुरस्कार प्रदान गर्नु भयो । साथै बिस्टले खेलाडीहरुलाइ शुभकामना दिनुहुदै नगरमा खेलकुद बिकासकोलागि आफ्नो सहयोग हरपल रहने भन्दै थाहानगर भरी छरिएका खेलाडीहरु माझबाट उत्कृष्ट खेलाडीहरु छनोट गरि नगर टिम बनाइ बाहिरी जिल्लामा खेल्न जान सक्षम टिम बनाउन आग्रह गर्नु भयो । गोल्ड कप संयोजक तथा थाहा ३ का अध्यक्ष राजेस केसिको सभापतित्वमा भएको समापन समारोहमा नगरपालिका का का अधिकृत हरिलाल पुरी, वडा न ५ का अध्यक्ष बिस्णु बा गुरुङ , वडा न ९ का परसुराम श्रेष्ठ , वडा न ११ का किरण मान बल , जकमाबी का प्र अ सानोभाइ कार्की , पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिमल ढकाल, रेडक्रस मकवानपुरका जिल्ला सदस्य हरिकृष्ण कार्की, माओवादी केन्द्र थाहा इन्चार्ज बिस्णु बिस्ट आदर्स लगाएतका उपस्थिति रहेको थियो । प्रतियोगितामा म्यान अफ द म्याच मनोज तामाङ भए भने बेस्ट किपर पनि उनै भए तेसै गरि उत्कृष्ट खेलाडी ऋषेस्वरका सुमित लामा तथा प्रतियोगितामा अत्याधिक गोल गर्ने पारिजातका सरोज बलामी भए उत्कृष्ट खेलाडी हरुलाइ नगद तथा ट्र्फि प्रदान गरियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...