pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा-कैलाश वडा स्तरीय भलिवलको उपाधी थाहा २ लाई

FB_IMG_1731249441751-1731250830.jpg

थाहा नगरपालिकाको डाँडाबासमा जारी थाहा र कैलाशको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी खेलकुद बिकास समिति वडा न २ ले हात पारेको छ। वडा न ७ को डाँडाबास खेल मैदानमा भएको फाइनलमा आयोजक सल्ले राम्चे युवा क्लब ए लाई १५-२५,२५-२१,२१-२५,२५-२२,१५-९ को अन्तरले  प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधी चुमेको हो।
प्रतियोगिताको तेस्रो स्थानको लागि ससक्त र थाहा ५ बिच भएको खेलमा थाहा ५ बिजयी हुँदै तेस्रो भयो ।
प्रतियोगितामा प्रथम भएसंगै वडा न २ ले  ५१ हजार १ सय ५१ नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेभने उपबिजेता भएको आयोजक ए टिमले ३१ हजार १ सय ३१ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे भने  तृतीय हुने थाहा ५ टिमले १३ हजार १ सय १३ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा आयोजक सल्ले राम्चे युवा क्लव बि का प्रतीक वाइवा उदियमान खेलाडी घोषित हुँदा थाहा ५ का पुजन गुरुङ,वेष्ट सर्भर,आयोजक ए का अनिल मोक्तानले वेष्ट डिफेन्डर,थाहा २ का प्रवेश कार्की वेष्ट ब्लकर,थाहा २ कै सागर तामाङ वेष्ट सेटर घोषित भए भने आयोजक ए का रमेश थिङ वेष्ट स्पाइकर र थाहा २ का सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए ।बिधागत उत्कृष्ट खेलाडिहरुले पनि नगद तथा ट्रफी पुरुस्कार पाए।
प्रतियोगितामा बिजयी टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी लगायतका अथिथिहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतियोगिताको संयोजक सुजिन्द्र गोलेको सभापतित्वमा सम्पन्न समापन समारोहमा वडा न २ का अध्यक्ष बम बहादुर सिन्तान,वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,वडा न ७ का अध्यक्ष शिवराज थिङ,८ का हेम कुमार थिङ,इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल ,वडा सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

FB_IMG_1731250805418-1731250830.jpg
FB_IMG_1731250818351-1731250852.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...