pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

खेल

थाहा-कैलाश वडा स्तरीय भलिवलको उपाधी थाहा २ लाई

FB_IMG_1731249441751-1731250830.jpg

थाहा नगरपालिकाको डाँडाबासमा जारी थाहा र कैलाशको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी खेलकुद बिकास समिति वडा न २ ले हात पारेको छ। वडा न ७ को डाँडाबास खेल मैदानमा भएको फाइनलमा आयोजक सल्ले राम्चे युवा क्लब ए लाई १५-२५,२५-२१,२१-२५,२५-२२,१५-९ को अन्तरले  प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधी चुमेको हो।
प्रतियोगिताको तेस्रो स्थानको लागि ससक्त र थाहा ५ बिच भएको खेलमा थाहा ५ बिजयी हुँदै तेस्रो भयो ।
प्रतियोगितामा प्रथम भएसंगै वडा न २ ले  ५१ हजार १ सय ५१ नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेभने उपबिजेता भएको आयोजक ए टिमले ३१ हजार १ सय ३१ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे भने  तृतीय हुने थाहा ५ टिमले १३ हजार १ सय १३ नगद सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा आयोजक सल्ले राम्चे युवा क्लव बि का प्रतीक वाइवा उदियमान खेलाडी घोषित हुँदा थाहा ५ का पुजन गुरुङ,वेष्ट सर्भर,आयोजक ए का अनिल मोक्तानले वेष्ट डिफेन्डर,थाहा २ का प्रवेश कार्की वेष्ट ब्लकर,थाहा २ कै सागर तामाङ वेष्ट सेटर घोषित भए भने आयोजक ए का रमेश थिङ वेष्ट स्पाइकर र थाहा २ का सुजल कार्की उत्कृष्ट खेलाडी घोषित भए ।बिधागत उत्कृष्ट खेलाडिहरुले पनि नगद तथा ट्रफी पुरुस्कार पाए।
प्रतियोगितामा बिजयी टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी लगायतका अथिथिहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतियोगिताको संयोजक सुजिन्द्र गोलेको सभापतित्वमा सम्पन्न समापन समारोहमा वडा न २ का अध्यक्ष बम बहादुर सिन्तान,वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,वडा न ७ का अध्यक्ष शिवराज थिङ,८ का हेम कुमार थिङ,इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल ,वडा सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

FB_IMG_1731250805418-1731250830.jpg
FB_IMG_1731250818351-1731250852.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...