himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

थाहामा विकास, समृद्धि र सुशासनको निरन्तरताका लागि फेरीपनि  माओवादी केन्द्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य सन्तोष बिष्टलाई पार्टीले  थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकामा चुनावी कमाण्ड सम्हाल्न जिम्मेवारी दिएको छ ।  राजनीतिमा सानै देखि चासो राख्ने विष्टलाई घरको वातावरण पनि राजनीतिमय भएका कारण र हजुरबुवा नर बहादुर बिष्ट चिसापानीगढी मकवानपुरको प्रतिनिधित्व गर्दै सल्लाहकारसभा (त्यसबेलाको व्यवस्थापिका)को सदस्य चयन हुनुभएको  कुरा घरपरिवारमा प्राय चलिरहँदा २०५४ सालमा ठूलोबुवा रामचन्द्र बिष्ट तत्कालिन दामन गाविसमा अध्यक्ष पदमा उम्मेदवार बन्दा आफु निर्वाचन प्रचार प्रसारमा हिँडेको र मत गणनाको दिन रातभरी नै गणनास्थल बाहिर शिखरकोट बजारमा बस्दा देखि नै राजनिति प्रति चासो बढेको, पछि घर नेताहरुको आश्रयस्थल भएका कारण नेताहरुको सम्पर्क बढ्दा राजनितिक चेत बढेको बताउने विष्ट अहिलेका स्वास्थ्य मन्त्री बिरोध खतिवडा, स्व.बीरबहादुर लामा लगाएतको आवत जावत धेरै हुँदा जीवनमा उहाँहरुकै प्रेरणा र प्रभाव परेपछि राजनितिमा होमिएको बताउनु हुन्छ । राजनितिकने शुरुवात एमाले निकट अनेरास्ववियुमा आवद्ध हुनुभएको र  पछि एमालेको फुटसँगै माले अखिल हुदै अखिल (क्रान्तिकारी)को सदस्य हुदै केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसक्नु भएको छ । माआेवादी जनयुद्धका समयमा २ वर्ष जेल जीवन विताउनु भएका विष्ट पार्टी जीवनको सन्दर्भमा २०७३ सालमा माओवादी केन्द्र गठन हुदाँ पालिटब्यूरो सदस्य भई अहिले आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा रहुन भएको छ ।  युवा अवस्थामा पनि लामो राजनितिक अनुभव लिनुभएका विष्ट सँग थाहा पाटीले स्थानिय निर्वाचनका विषयमा गरेको कुराकानी । 

 

एउटा मजबुत जीवन्त पार्टीमा आकांक्षी धेरै हुनु अन्यथा होइन ।  हामी अब्बलहरुबाट पनि अब्बल उम्मेदवार छान्छौं । त्यसमा हाम्रा सबै कमरेडहरु प्रतिवद्ध हुनुहुन्छ । 


थाहा नगरमा चुनावी कमाण्डको जिम्मेवारी लिएर आउनु भएको छ, कसरी अगाडी बढ्दै छ त चुनावी अभियान ? 
थाहा नगरमा यस अघि २०७४ सालमा माओवादी केन्द्र बिजय भएको नगर हो । त्यो जीतलाई अझ सानदार ढंङ्गले दोहोर्याउने गरी चुनावी अभियान संचालन भइरहेको छ । हामी हाम्रा प्रत्येक मतदाताको घरमा पुग्ने गरी अगाडि बढीरहेका छौं । टोल–टोलमा समाज परिवर्तनका लागि हाल भएका उपलब्धीको संबाहक माओवादी केन्द्र भएको र पार्टीले  निर्वाचनलाई अभियानका रुपमा संचालन गरेर माओवादी केन्द्रले गरेका काम जनता समक्ष पुर्याईरहेका छौं । 

थाहामा माओवादीका लागि वा कुनै दलका  लागि मात्र गठबन्धन होईन देशको आवश्यक्ताका कारण गरिदै छ । हामीले जुन प्रतिगामी हर्कत ब्यहोर्यौ त्यसलाई पूर्णतः परास्त गर्न देशको आवश्यक्ताका कारण केन्द्रीय स्तरमै गठबन्धन बनेको हो ।

 

थाहा नगरमा माओवादी केन्द्रको अवस्था के हो ?
थाहा नगरमा हाम्रो पार्टी यहाँ सक्रिय समग्र राजनीतिक दलहरु मध्ये पहिलो दल हो । हाम्रो संगठन, हाम्रो काम कार्वाही सबै हिसावले त्यो देखिन्छ । हामी अघिल्लो निर्वाचन भन्दा पनि सानदार ढंङ्गले बिजय हुन्छौं । थाहा नगरमा हाम्रो अवस्था एकदमै राम्रो छ । जन–जनमा माओवादी मन मनमा माओवादी छ, हामी ती मनलाई एकतृत गरेर विजय हुने अभियानमा छौं । 

उमेद्वार छनौट कसरी गर्दै हुनुन्छ ?
यसमा हाम्रो पार्टीले स्थानिय निर्वाचन निर्देशिका २०७८ नै बनाएको छ । त्यसमा उम्मेदवार छनौटको आधार के के हुने भनेर प्रष्टरुपमा भनेको छ । हामी उम्मेदवार छनौट गर्दा सोही मापदण्डको आधारमा गर्नेछौं । हामी अब्बल मध्येहरुबाट पनि अब्बल उम्मेदवार चयन गर्छौ ।

उमेद्वारका आकांक्षी धेरै भएको सुनिन्छ ? छान्न कठिन त पर्दैन ? 
एउटा मजबुत जीवन्त पार्टीमा आकांक्षी धेरै हुनु अन्यथा होइन । मैले माथिनै भने हामी अब्बलहरुबाट पनि अब्बल उम्मेदवार छान्छौं । त्यसमा हाम्रा सबै कमरेडहरु प्रतिवद्ध हुनुहुन्छ । 

सत्ता गठबन्धन बिच चुनावी एकताको कुरा चलेको छ ? कहिले सम्म टुङ्गिन्छ ? 
औपचारिकरुपमा छलफल सुरु भएको छ । केन्द्रको निर्देशन, गठबन्धनको मर्म अनुार  हामी चाडै नै टुङ्गोमा पुर्याउछौं । 

एक्लै चुनाव जित्न नसकेर एकताको पहल भएको हो ?
थाहामा हामी एक्लै लड्दा पनि चुनाव जित्छौ । हामी यहाँ जित्न नसक्ने भएर होइन राष्ट्रिय राजनीतिमा केही समय अगाडि हामीले जुन प्रतिगामी हर्कत ब्यहोर्यौ  त्यसलाई पूर्णतः परास्त गर्न केन्द्रीय स्तरमै गठबन्धन बनेको छ जसलाई हामीले यहाँ इमान्दार पूर्वक लागू गर्न खोजेका मात्र हौं । संसद जितेर संसद भत्काउने , राता रात संसद विघटन गरेर अस्थिरता मच्चाउनेलाई पालिकामा जिताएर पालिका भत्काउन दिनु हुन्न भन्ने कुरा जनतामाझ लैजान  गठबन्धन हो । एक्लै लड्नु परेछ भने पनि हामी तम्तयार भएर बसेका छौं । त्यस्तो परिस्थिति आएछ भने पनि खासै फरक पर्दैन । थाहामा माओवादीका लागि एकता होईन एकता देशको आवश्यक्ताका कारण गरिदै छ । हामी अघिल्लो कार्यकालमा बिजय भए पश्चात् नै त्यो जीतलाई कायम गर्ने अठोठका साथ अगाडि बढेका थियौ । जुन अहिले पनि जारी छ । थाहा नगरलाई देशमा चिनाउन हाम्रो नेत्तृत्वले के गर्याे त्यो सबैका अगाडी छर्लङ्ग छ । 

अन्त्यमा निर्वाचन नजिकिदै गर्दा आाम मतदातनलाई के भन्नू हुन्छ ?

म आम मतदाताहरुलाई यो भन्न चाहन्छु कि हामीले यस नगरमा गरेको पाँच वर्षको कामलाई न्यायोचित मुल्याकंन गरिदिनुस । नेपालको स्वतन्त्र सार्वजनिक निकाय प्राकृतिक स्रोत तथा वित्त आयोगले थाहानगरको कार्यसम्पादन मुल्याकंन गर्दा प्रथम भएको छ । हामी यहाँ विकास मात्र गरेका छैनौं । हामीले यहाँ सुशासन पनि कायम गरेका छौं । यो विषय समग्र थाहाबासीको लागि गौरवको विषय हो । हाम्रो पार्टी माओवादी केन्द्रलाई मतदान गर्नुस । हामी तपाईंहरुलाई विकास, समृद्धि र सुशासनको निरन्तरता दिन्छौ भन्न चाहन्छु । धन्यवाद ।

 
 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg