pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

विचार / अन्तरवार्ता

थाहामा विकास, समृद्धि र सुशासनको निरन्तरताका लागि फेरीपनि  माओवादी केन्द्र

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य सन्तोष बिष्टलाई पार्टीले  थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकामा चुनावी कमाण्ड सम्हाल्न जिम्मेवारी दिएको छ ।  राजनीतिमा सानै देखि चासो राख्ने विष्टलाई घरको वातावरण पनि राजनीतिमय भएका कारण र हजुरबुवा नर बहादुर बिष्ट चिसापानीगढी मकवानपुरको प्रतिनिधित्व गर्दै सल्लाहकारसभा (त्यसबेलाको व्यवस्थापिका)को सदस्य चयन हुनुभएको  कुरा घरपरिवारमा प्राय चलिरहँदा २०५४ सालमा ठूलोबुवा रामचन्द्र बिष्ट तत्कालिन दामन गाविसमा अध्यक्ष पदमा उम्मेदवार बन्दा आफु निर्वाचन प्रचार प्रसारमा हिँडेको र मत गणनाको दिन रातभरी नै गणनास्थल बाहिर शिखरकोट बजारमा बस्दा देखि नै राजनिति प्रति चासो बढेको, पछि घर नेताहरुको आश्रयस्थल भएका कारण नेताहरुको सम्पर्क बढ्दा राजनितिक चेत बढेको बताउने विष्ट अहिलेका स्वास्थ्य मन्त्री बिरोध खतिवडा, स्व.बीरबहादुर लामा लगाएतको आवत जावत धेरै हुँदा जीवनमा उहाँहरुकै प्रेरणा र प्रभाव परेपछि राजनितिमा होमिएको बताउनु हुन्छ । राजनितिकने शुरुवात एमाले निकट अनेरास्ववियुमा आवद्ध हुनुभएको र  पछि एमालेको फुटसँगै माले अखिल हुदै अखिल (क्रान्तिकारी)को सदस्य हुदै केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसक्नु भएको छ । माआेवादी जनयुद्धका समयमा २ वर्ष जेल जीवन विताउनु भएका विष्ट पार्टी जीवनको सन्दर्भमा २०७३ सालमा माओवादी केन्द्र गठन हुदाँ पालिटब्यूरो सदस्य भई अहिले आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा रहुन भएको छ ।  युवा अवस्थामा पनि लामो राजनितिक अनुभव लिनुभएका विष्ट सँग थाहा पाटीले स्थानिय निर्वाचनका विषयमा गरेको कुराकानी । 

 

एउटा मजबुत जीवन्त पार्टीमा आकांक्षी धेरै हुनु अन्यथा होइन ।  हामी अब्बलहरुबाट पनि अब्बल उम्मेदवार छान्छौं । त्यसमा हाम्रा सबै कमरेडहरु प्रतिवद्ध हुनुहुन्छ । 


थाहा नगरमा चुनावी कमाण्डको जिम्मेवारी लिएर आउनु भएको छ, कसरी अगाडी बढ्दै छ त चुनावी अभियान ? 
थाहा नगरमा यस अघि २०७४ सालमा माओवादी केन्द्र बिजय भएको नगर हो । त्यो जीतलाई अझ सानदार ढंङ्गले दोहोर्याउने गरी चुनावी अभियान संचालन भइरहेको छ । हामी हाम्रा प्रत्येक मतदाताको घरमा पुग्ने गरी अगाडि बढीरहेका छौं । टोल–टोलमा समाज परिवर्तनका लागि हाल भएका उपलब्धीको संबाहक माओवादी केन्द्र भएको र पार्टीले  निर्वाचनलाई अभियानका रुपमा संचालन गरेर माओवादी केन्द्रले गरेका काम जनता समक्ष पुर्याईरहेका छौं । 

थाहामा माओवादीका लागि वा कुनै दलका  लागि मात्र गठबन्धन होईन देशको आवश्यक्ताका कारण गरिदै छ । हामीले जुन प्रतिगामी हर्कत ब्यहोर्यौ त्यसलाई पूर्णतः परास्त गर्न देशको आवश्यक्ताका कारण केन्द्रीय स्तरमै गठबन्धन बनेको हो ।

 

थाहा नगरमा माओवादी केन्द्रको अवस्था के हो ?
थाहा नगरमा हाम्रो पार्टी यहाँ सक्रिय समग्र राजनीतिक दलहरु मध्ये पहिलो दल हो । हाम्रो संगठन, हाम्रो काम कार्वाही सबै हिसावले त्यो देखिन्छ । हामी अघिल्लो निर्वाचन भन्दा पनि सानदार ढंङ्गले बिजय हुन्छौं । थाहा नगरमा हाम्रो अवस्था एकदमै राम्रो छ । जन–जनमा माओवादी मन मनमा माओवादी छ, हामी ती मनलाई एकतृत गरेर विजय हुने अभियानमा छौं । 

उमेद्वार छनौट कसरी गर्दै हुनुन्छ ?
यसमा हाम्रो पार्टीले स्थानिय निर्वाचन निर्देशिका २०७८ नै बनाएको छ । त्यसमा उम्मेदवार छनौटको आधार के के हुने भनेर प्रष्टरुपमा भनेको छ । हामी उम्मेदवार छनौट गर्दा सोही मापदण्डको आधारमा गर्नेछौं । हामी अब्बल मध्येहरुबाट पनि अब्बल उम्मेदवार चयन गर्छौ ।

उमेद्वारका आकांक्षी धेरै भएको सुनिन्छ ? छान्न कठिन त पर्दैन ? 
एउटा मजबुत जीवन्त पार्टीमा आकांक्षी धेरै हुनु अन्यथा होइन । मैले माथिनै भने हामी अब्बलहरुबाट पनि अब्बल उम्मेदवार छान्छौं । त्यसमा हाम्रा सबै कमरेडहरु प्रतिवद्ध हुनुहुन्छ । 

सत्ता गठबन्धन बिच चुनावी एकताको कुरा चलेको छ ? कहिले सम्म टुङ्गिन्छ ? 
औपचारिकरुपमा छलफल सुरु भएको छ । केन्द्रको निर्देशन, गठबन्धनको मर्म अनुार  हामी चाडै नै टुङ्गोमा पुर्याउछौं । 

एक्लै चुनाव जित्न नसकेर एकताको पहल भएको हो ?
थाहामा हामी एक्लै लड्दा पनि चुनाव जित्छौ । हामी यहाँ जित्न नसक्ने भएर होइन राष्ट्रिय राजनीतिमा केही समय अगाडि हामीले जुन प्रतिगामी हर्कत ब्यहोर्यौ  त्यसलाई पूर्णतः परास्त गर्न केन्द्रीय स्तरमै गठबन्धन बनेको छ जसलाई हामीले यहाँ इमान्दार पूर्वक लागू गर्न खोजेका मात्र हौं । संसद जितेर संसद भत्काउने , राता रात संसद विघटन गरेर अस्थिरता मच्चाउनेलाई पालिकामा जिताएर पालिका भत्काउन दिनु हुन्न भन्ने कुरा जनतामाझ लैजान  गठबन्धन हो । एक्लै लड्नु परेछ भने पनि हामी तम्तयार भएर बसेका छौं । त्यस्तो परिस्थिति आएछ भने पनि खासै फरक पर्दैन । थाहामा माओवादीका लागि एकता होईन एकता देशको आवश्यक्ताका कारण गरिदै छ । हामी अघिल्लो कार्यकालमा बिजय भए पश्चात् नै त्यो जीतलाई कायम गर्ने अठोठका साथ अगाडि बढेका थियौ । जुन अहिले पनि जारी छ । थाहा नगरलाई देशमा चिनाउन हाम्रो नेत्तृत्वले के गर्याे त्यो सबैका अगाडी छर्लङ्ग छ । 

अन्त्यमा निर्वाचन नजिकिदै गर्दा आाम मतदातनलाई के भन्नू हुन्छ ?

म आम मतदाताहरुलाई यो भन्न चाहन्छु कि हामीले यस नगरमा गरेको पाँच वर्षको कामलाई न्यायोचित मुल्याकंन गरिदिनुस । नेपालको स्वतन्त्र सार्वजनिक निकाय प्राकृतिक स्रोत तथा वित्त आयोगले थाहानगरको कार्यसम्पादन मुल्याकंन गर्दा प्रथम भएको छ । हामी यहाँ विकास मात्र गरेका छैनौं । हामीले यहाँ सुशासन पनि कायम गरेका छौं । यो विषय समग्र थाहाबासीको लागि गौरवको विषय हो । हाम्रो पार्टी माओवादी केन्द्रलाई मतदान गर्नुस । हामी तपाईंहरुलाई विकास, समृद्धि र सुशासनको निरन्तरता दिन्छौ भन्न चाहन्छु । धन्यवाद ।

 
 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg