pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहामा रोपेको १० दिनमै काउली फुल्यो, नगरको कृषी शाखा छानबिन गर्दै

cover-1686577104.jpg

थाहामा रोपेको १० दिनमै काउली फुलेको छ । थाहा नगरपाकिला ३ शिखरकोटकी किसान रुकु रायमाझीले करिब एक रोपनीमा लगाउनु भएको काउली रोपेको १० दिनमै फुली सबै विग्रिएको हो ।

काउली विग्रिए पछि बिउ बिजन,मल जल सँगै खेतीमा गरेको लगानी खेर गएकोमा किसानलाई चिन्ता थपिएको छ । 

काउली रोपेर फलाई केहि कमाउने आशा सहित बल्ल तल्ल जोहो गरेको मल जल हाली दुख गरेर लगाएको बाली विग्रदा  रायमाझीलाई चिन्ता त छदै छ , यसको जिम्मेवार को हुने भन्ने प्रश्नको उत्तर पनि खोजिरहनु भएको छ । उहाँ भन्नु हुन्छ म दुख गरेर खेती गर्ने किसानलाई न्याय कसले दिन्छ ? दोषी पहिचान हुन्छ कि हुँदैन र कार्बाही हुन्छ कि हुँदैन ? मलाई न्याय दिनु परो ।

रायमाझीले बिउका कारण हो कि भनी बिउ किनेको पसलमा कुरा पनि गर्नु भयो तर पसलबाट बिउका कारण त्यस्तो नभएको उत्तर पाउनु भयो । तर के कारणले काउली फुल्यो चित्बुझ्दो उत्तर भने अझै पाउनु भएको छैन ।

थाहामा यस्तो भएको यो नौलोे होईन । यस अघि पनि पटक पटक बिउ बिजनका कारण किसानले लगाएको बाली बिग्रिएको छ । तर किसानले न्याय कहिल्यै पाएका छैनन् ।

रोपेको १०–१२ दिनमै काउली किन फुलेछ ? के को. कमजोरीले भनी थाहा नगरपालिका कृषी शाखाका प्रमुख संजय तीवारी सँग बुझ्दा हाल सम्म किसानले नगरपालिकामा गुनासो नगरेको र तत्कालै प्राविधिक पठाई के भएको छानबिन गर्ने बताउनु भयो । कृषी शाखा प्रमुख तीवारीले काउली फुल्ने समस्या मुख्यतया बिउकै कारण हुने र बेर्ना ढिलो सार्दा पनि यस्ता समस्या आउने पनि बताउनु भयो । तर त्यहाँ छानबिन पछि मात्र के भएको हो सो को बारेमा जानकारी गराउने पनि तिवारीले बताउनु भयो ।

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...