Saturday, 04 May, 2024
कृषि

थाहामा रोपेको १० दिनमै काउली फुल्यो, नगरको कृषी शाखा छानबिन गर्दै

cover-1686577104.jpg

थाहामा रोपेको १० दिनमै काउली फुलेको छ । थाहा नगरपाकिला ३ शिखरकोटकी किसान रुकु रायमाझीले करिब एक रोपनीमा लगाउनु भएको काउली रोपेको १० दिनमै फुली सबै विग्रिएको हो ।

काउली विग्रिए पछि बिउ बिजन,मल जल सँगै खेतीमा गरेको लगानी खेर गएकोमा किसानलाई चिन्ता थपिएको छ । 

काउली रोपेर फलाई केहि कमाउने आशा सहित बल्ल तल्ल जोहो गरेको मल जल हाली दुख गरेर लगाएको बाली विग्रदा  रायमाझीलाई चिन्ता त छदै छ , यसको जिम्मेवार को हुने भन्ने प्रश्नको उत्तर पनि खोजिरहनु भएको छ । उहाँ भन्नु हुन्छ म दुख गरेर खेती गर्ने किसानलाई न्याय कसले दिन्छ ? दोषी पहिचान हुन्छ कि हुँदैन र कार्बाही हुन्छ कि हुँदैन ? मलाई न्याय दिनु परो ।

रायमाझीले बिउका कारण हो कि भनी बिउ किनेको पसलमा कुरा पनि गर्नु भयो तर पसलबाट बिउका कारण त्यस्तो नभएको उत्तर पाउनु भयो । तर के कारणले काउली फुल्यो चित्बुझ्दो उत्तर भने अझै पाउनु भएको छैन ।

थाहामा यस्तो भएको यो नौलोे होईन । यस अघि पनि पटक पटक बिउ बिजनका कारण किसानले लगाएको बाली बिग्रिएको छ । तर किसानले न्याय कहिल्यै पाएका छैनन् ।

रोपेको १०–१२ दिनमै काउली किन फुलेछ ? के को. कमजोरीले भनी थाहा नगरपालिका कृषी शाखाका प्रमुख संजय तीवारी सँग बुझ्दा हाल सम्म किसानले नगरपालिकामा गुनासो नगरेको र तत्कालै प्राविधिक पठाई के भएको छानबिन गर्ने बताउनु भयो । कृषी शाखा प्रमुख तीवारीले काउली फुल्ने समस्या मुख्यतया बिउकै कारण हुने र बेर्ना ढिलो सार्दा पनि यस्ता समस्या आउने पनि बताउनु भयो । तर त्यहाँ छानबिन पछि मात्र के भएको हो सो को बारेमा जानकारी गराउने पनि तिवारीले बताउनु भयो ।

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...