himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

खेल

थाहामा राष्ट्रपति रनिङ शिल्ड सुरु, हजारभन्दा बढी विद्यार्थीको उत्साहपूर्ण सहभागिता

FB_IMG_1769689799764-1769689818.jpg

थाहा नगरपालिकामा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा जनकल्याण माबिको खेल मैदान र इन्द्रायणी चौरमा प्रतियोगिता सुरु भएको हो।

मार्चपाससहित प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले गरेका थिए। प्रतियोगिता माघ १७ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्टले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महसुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए। उनले खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र थाहाका खेलाडिहरुले आफ्नो छुट्टै पहिचान बनाइरहेको बताए।
खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्नेमा जोड दिदै प्रमुख बिष्टले "तेसको लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्विकार्दै सिमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने शाखालाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट बृद्दी गरी खेलमा विद्यार्थी हरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको बताए "।

रनिङ्ग शिल्ड व्यवस्थापन विद्यालयका प्रधानाध्यापक रामकुमार बलले स्वागत गर्नुभयको उद्घाटन समारोह नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,उपप्रमुख भरत गोपाली,थाहा नगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख माधव बिक्रम मल्लको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा शिक्षा समिति सदस्य उर्मिला गोपाली,हरिकृष्ण कार्की,अर्जुन सुनार, राजाराम कार्की,प्रतियोगिता आयोजक समिती सदस्यहरु यादव जंग रायमाझी,मानसिं दोङ,थाहा नगर भलिबल महासंघ अध्यक्ष वसन्त गोपाली, तथा वडा न ३ का हिरेन्द्र कुमार रायमाझी,४ का अध्यक्ष नारायण लामा,प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,जनकल्याण माबिका अध्यक्ष राजिव स्याङ्तान,इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका  प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

थाहानगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत राष्टूपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा दौड १०० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, तथा ३ हजार मीटर दौड हुनेछन । त्यस्तै छात्र छात्रा रिले दौड १ सय    मिटर, ४ सय मिटर, छात्र छात्रा हाईजम्प, छात्र छात्रा त्रिपल जम्प, छात्र छात्रा सटफुट ,कवड्डी तथा मार्चपास रहेका छन् भने कराते पनि प्रतियोगितामा रहेको छ ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु २० हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी हुने मेयर कप भलिबल भने छात्र र छात्रातर्फ हुने व्यवस्थापनको जिम्मा पाएको जनकल्याण माध्यमिक विद्यालयले जनाएको छ। मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत प्रथम हुने विद्यालयले नगद रु २० हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कवडीमा प्रथम हुनेले १० हजार नगद र दोस्रो हुनेले ६ हजार नगद  सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन।
मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत मार्चपास तथा भलिबल प्रतियोगिताको अकं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडि समग्र प्रतियोगिताको विजेता घोषणा गरिनेछ ।
नगरपालिका भित्र रहेका झम्केश्वरी माबी,सुनौला माबी,मत्स्यनारायण माबी,जनकल्याण माबी,दुर्गादेवी माबी,बज्रबाराही माबी,नाट्यश्वर माबी,स्वच्छन्द भैरब माबी,बागेश्वरी माबी,इन्द्रायणी माबी,सरस्वती माबी,सुन्दरीदेवी माबी,मोर्डन इङ्लिस स्कुल,पालुङ भ्याली हार्ट एकेडेमी,हिमालयन इङ्लिस स्कुल,पालुङ अंग्रेजी आवाशिय माबी,इअन इङ्लिस स्कुल,र सरस्वती विद्या मन्दिरका विद्यार्थी हरुले १७ वटा इभेन्टको लागि प्रतिस्पर्धा गर्नेछन।


आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा व्यापक सहभागिता


आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। प्रतियोगितामा विभिन्न १८ विधामा प्रतिस्पर्धा सम्पन्न भएको छ।
मार्सपासमा १७ विद्यालयका ५०० जना विद्यार्थी सहभागी भए भने करातेमा ५ विद्यालयका ४० जना विद्यार्थीले सहभागिता जनाउने छन। भलिबलतर्फ छात्र र छात्रा गरी कुल १३५ जना विद्यार्थी सहभागी भएका छन्। कबडीमा ६ वटा टिम छात्र र ५वटा टिम छात्रा गरी ११० जना विद्यार्थीको सहभागिता रहेको छ।
फिल्ड तथा ट्र्याक विधातर्फ हेर्दा सटपुटमा ११ टिमका ३५ जना, ज्याभलिन थ्रोमा १२ टिमका ३९ जना र लङ जम्पमा ११ टिमका ४५ जना विद्यार्थीको सहभागीता रहने छ । त्यस्तै हाइजम्पमा १० टिमका २८ जना तथा ट्रिपल जम्पमा ९ टिमका ३६ जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन।
ट्र्याकतर्फ १०० मिटर दौडमा १६ टिमका ४८ जना, २०० मिटरमा १४ टिमका ४९ जना, ४०० मिटरमा १५ टिमका ४४ जना र ८०० मिटरमा १० टिमका ३३ जना विद्यार्थी सहभागी भए। १५०० मिटर दौडमा ११ टिमका ३९ जना तथा ३००० मिटरमा १० टिमका २७ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका छन्।
रिले दौडतर्फ १००×४ मिटरमा १२ टिमका ४८ जना र ४००×४ मिटरमा ७ टिमका ५६ जना विद्यार्थी सहभागीता जनाउने छन।
आयोजकका अनुसार फिल्ड र ट्र्याक विधामा २ फिल्ड र २ ट्र्याक तथा १ ट्र्याक १ फिल्ड गरी छुट्टाछुट्टै सहभागिता जनाउन पाइने व्यवस्था गरिएको थियो भने रिले दौड गणनामा समावेश नगरिएको जानकारी दिइएको छ।
प्रतियोगितामा विभिन्न १८ विधामा गरेर कुल १३ सय १८ विद्यार्थी ले आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल
प्रतियोगिता–२०८२ मा सहभागिता जनाएका छन्।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg