pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

खेल

थाहामा राष्ट्रपति रनिङ शिल्ड सुरु, हजारभन्दा बढी विद्यार्थीको उत्साहपूर्ण सहभागिता

FB_IMG_1769689799764-1769689818.jpg

थाहा नगरपालिकामा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा जनकल्याण माबिको खेल मैदान र इन्द्रायणी चौरमा प्रतियोगिता सुरु भएको हो।

मार्चपाससहित प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले गरेका थिए। प्रतियोगिता माघ १७ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्टले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महसुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए। उनले खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र थाहाका खेलाडिहरुले आफ्नो छुट्टै पहिचान बनाइरहेको बताए।
खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्नेमा जोड दिदै प्रमुख बिष्टले "तेसको लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्विकार्दै सिमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने शाखालाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट बृद्दी गरी खेलमा विद्यार्थी हरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको बताए "।

रनिङ्ग शिल्ड व्यवस्थापन विद्यालयका प्रधानाध्यापक रामकुमार बलले स्वागत गर्नुभयको उद्घाटन समारोह नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,उपप्रमुख भरत गोपाली,थाहा नगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख माधव बिक्रम मल्लको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा शिक्षा समिति सदस्य उर्मिला गोपाली,हरिकृष्ण कार्की,अर्जुन सुनार, राजाराम कार्की,प्रतियोगिता आयोजक समिती सदस्यहरु यादव जंग रायमाझी,मानसिं दोङ,थाहा नगर भलिबल महासंघ अध्यक्ष वसन्त गोपाली, तथा वडा न ३ का हिरेन्द्र कुमार रायमाझी,४ का अध्यक्ष नारायण लामा,प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,जनकल्याण माबिका अध्यक्ष राजिव स्याङ्तान,इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका  प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

थाहानगरपालिकाको स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत राष्टूपति रनिङ शिल्ड प्रतियोगितामा छात्र छात्रा दौड १०० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, तथा ३ हजार मीटर दौड हुनेछन । त्यस्तै छात्र छात्रा रिले दौड १ सय    मिटर, ४ सय मिटर, छात्र छात्रा हाईजम्प, छात्र छात्रा त्रिपल जम्प, छात्र छात्रा सटफुट ,कवड्डी तथा मार्चपास रहेका छन् भने कराते पनि प्रतियोगितामा रहेको छ ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु २० हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामै अंक जोडिने गरी हुने मेयर कप भलिबल भने छात्र र छात्रातर्फ हुने व्यवस्थापनको जिम्मा पाएको जनकल्याण माध्यमिक विद्यालयले जनाएको छ। मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत प्रथम हुने विद्यालयले नगद रु २० हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कवडीमा प्रथम हुनेले १० हजार नगद र दोस्रो हुनेले ६ हजार नगद  सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन।
मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत मार्चपास तथा भलिबल प्रतियोगिताको अकं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा जोडि समग्र प्रतियोगिताको विजेता घोषणा गरिनेछ ।
नगरपालिका भित्र रहेका झम्केश्वरी माबी,सुनौला माबी,मत्स्यनारायण माबी,जनकल्याण माबी,दुर्गादेवी माबी,बज्रबाराही माबी,नाट्यश्वर माबी,स्वच्छन्द भैरब माबी,बागेश्वरी माबी,इन्द्रायणी माबी,सरस्वती माबी,सुन्दरीदेवी माबी,मोर्डन इङ्लिस स्कुल,पालुङ भ्याली हार्ट एकेडेमी,हिमालयन इङ्लिस स्कुल,पालुङ अंग्रेजी आवाशिय माबी,इअन इङ्लिस स्कुल,र सरस्वती विद्या मन्दिरका विद्यार्थी हरुले १७ वटा इभेन्टको लागि प्रतिस्पर्धा गर्नेछन।


आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा व्यापक सहभागिता


आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको छ। प्रतियोगितामा विभिन्न १८ विधामा प्रतिस्पर्धा सम्पन्न भएको छ।
मार्सपासमा १७ विद्यालयका ५०० जना विद्यार्थी सहभागी भए भने करातेमा ५ विद्यालयका ४० जना विद्यार्थीले सहभागिता जनाउने छन। भलिबलतर्फ छात्र र छात्रा गरी कुल १३५ जना विद्यार्थी सहभागी भएका छन्। कबडीमा ६ वटा टिम छात्र र ५वटा टिम छात्रा गरी ११० जना विद्यार्थीको सहभागिता रहेको छ।
फिल्ड तथा ट्र्याक विधातर्फ हेर्दा सटपुटमा ११ टिमका ३५ जना, ज्याभलिन थ्रोमा १२ टिमका ३९ जना र लङ जम्पमा ११ टिमका ४५ जना विद्यार्थीको सहभागीता रहने छ । त्यस्तै हाइजम्पमा १० टिमका २८ जना तथा ट्रिपल जम्पमा ९ टिमका ३६ जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन।
ट्र्याकतर्फ १०० मिटर दौडमा १६ टिमका ४८ जना, २०० मिटरमा १४ टिमका ४९ जना, ४०० मिटरमा १५ टिमका ४४ जना र ८०० मिटरमा १० टिमका ३३ जना विद्यार्थी सहभागी भए। १५०० मिटर दौडमा ११ टिमका ३९ जना तथा ३००० मिटरमा १० टिमका २७ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका छन्।
रिले दौडतर्फ १००×४ मिटरमा १२ टिमका ४८ जना र ४००×४ मिटरमा ७ टिमका ५६ जना विद्यार्थी सहभागीता जनाउने छन।
आयोजकका अनुसार फिल्ड र ट्र्याक विधामा २ फिल्ड र २ ट्र्याक तथा १ ट्र्याक १ फिल्ड गरी छुट्टाछुट्टै सहभागिता जनाउन पाइने व्यवस्था गरिएको थियो भने रिले दौड गणनामा समावेश नगरिएको जानकारी दिइएको छ।
प्रतियोगितामा विभिन्न १८ विधामा गरेर कुल १३ सय १८ विद्यार्थी ले आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल
प्रतियोगिता–२०८२ मा सहभागिता जनाएका छन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg