pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

थाहामा बिनयबाबु स्मृति जिल्ला स्तरीय भलिबल सुरु,(कुन कुन टिमले जिते आज?)

ok-1699711141.jpg

थाहा नगरमा आजबाट छैटौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ । थाहा नगरपालिका वडा नम्वर २ को फाटबजार र सोल्टुको बिचमा रहेको खेल मैदानमा  प्रतियोगितामा सुरु भएको हो।
प्रतियोगिताको बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो।
प्रतियोगिता उद्घाटन गर्दै मन्त्री मोक्तानले खेलाडी हरु देशका गहना भएकाले अनुशासित भएर खेल खेल्न आग्रह गर्दै प्रदेश सरकारले खेल र खेलाडिको हितमा हुनेगरि काम गरिरहेको बताउनुभयो।
प्रतिस्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी मन्त्री कुमारी मोक्तान अतिथिहरु वडा न २ का अध्यक्ष बम बहादुर सिन्तान,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,प्रतिस्ठानका संस्थापक बिजयबाबु बस्नेत,विनयबाबुका पिता बिष्णु बहादुर बस्नेत, थाहा नगर खेलकुद विकास समिती सदस्य यादव जंग रायमाझी ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की ,लगाएतका अतिथिहरुको उपस्तिथि रहेको थियो।
१७ वटा टिमले सहभागीता जनाएको प्रतियोगितामा आज भएको खेलमा ६ वटा टिमले जित हात पारेका छन। शनिबार भएको  उद्घाटन खेलमा आयोजकले  चम्पाकेश्वर लाई पराजित गरेको छ भने छहारी युवा क्लवले उन्युचौर आग्रा लाई पराजित गर्यो तेसैगरी थाहा ५ खेविसले शसक्त लाई,किङ्ग ब्रदर्स रुप्सेले सेभेन स्टार आग्रा लाई पराजित गर्दा साबिक बिजेता आमभन्ज्याङ युवा क्लवले युनिटी युवा क्लव लाई पराजित गरेको छ ।

कार्तिक २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीयलाई २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट ब्लकरलाई नगदसहित मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको हरेक खेलमा म्यान अफ द म्याच प्रदान गरिने छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको यो प्रतियोगिता छैठौँ हो । प्रतियोगिताको चौथो र पाचौँ संस्करणको उपाधी मकवानपुरगढी गाउँपालिकाले जितेको थियो । लगातार दुई वर्ष उपाधी चुमेको मकवानपुरगढीले यस वर्ष पनि उपाधी चुमेमा गढीले रनिङ शिल्ड पचाउने छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg