pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण

ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका किसानहरुको लागि "बिषादी न्युनिकरण,पोष्ट हार्भेष्ट अभ्यास सुधार,र कृषकसंग कालिमाटी बजार" सम्बन्धमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डाक्टर महादेव प्रसाद पौडेलको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा आफ्नो मन्तव्य दिदै थाहा नगर प्रमुख बिष्टले बजारको माग भन्दा बढी उत्पादन हुने तवरले बाली लाउदा र बजार सम्म किसानले उत्पादन गरेको कृषि उपज व्यवस्थित तवरले नपुग्दा किसानले उचित मूल्य नपाउने बताउदै किसान र उपभोक्ता बिचको बिचौलियालाइ बिस्थापित गर्नको निम्ति कालिमाटीमा थाहाका किसान हरुको निम्ति पनि स्टल उपलब्ध गराइदिन आग्रह गरे।प्रमुख बिष्टले तरकारी बालिमा बिषादीको अत्याधिक प्रयोग पनि चुनौती बन्दै गैरहेको अवस्थामा किसानको र उपभोक्ताको स्वास्थ्यको हितको ख्याल राख्दै बिषादी न्यूनीकरणमा पनि ध्यान दिन जरुरी रहेको बताए।
तेसैगरी कालिमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक डाक्टर महादेव प्रसाद पौडेलले किसान हरुले उत्पादन गरेको बस्तुले उचित मूल्य पाओस भनेर सरकारले कालिमाटी तरकारी तथा फलफूल विकास समिती मार्फत ठूलो लगानी गरेको प्रष्ट पार्दै किसानले उत्पादन गरेको बस्तु पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिए। उनले काठमाडौमा बसेर किसानहरूको समस्या थाहा नहुने भएर समितिले काठमाडौ बाहिरका किसान हरुको खेत वारि सम्म पुग्ने अभियान अन्तर्गत समितिले पहिलो पटक कृषक संग कालिमाटी कार्यक्रम संचालन गरेको बताए।
किसानले दुख गरेर उब्जाएको चिज उपभोक्ता सम्म पुग्दा ४० प्रतिशतले नाश भएर जाने समस्या रहेको पाइएपछि यस्को न्यूनीकरणको लागि किसान समक्ष यस्ता खालका कार्यक्रम ल्याएको पनि  उनले बताए।
तेसैगरी थाहा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण गिरी,जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले एक लाख बराबरको ह्वाइट टप र सुपर ह्वाइट टप जातका काउलिको बीउ र ५० वटा क्रेट प्रदान गरेका थिए भने सम्पुर्ण सहभागी हरुलाइ काउलीको बीउ एक एक प्याकेट प्रदान गरिएको थियो।
कार्यक्रममा बिषय विशेषज्ञ द्वारा पोष्ट हार्भेष्ट अभ्यास(बाली कटानोप्रान्त हुने क्षति) र सुधार सम्बन्धमा  कार्यपत्र तथा बिषादी न्युनिकरण,परिक्षणको अवस्था र कानुनी व्यवस्था सम्वन्धमा अभिमुखिकरण गरिएको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाहा ४ का वडा अध्यक्ष नारायण लामा,कृषि शाखा थाहाका प्रमुख संजय तिवारी,कालिमाटी फलफुल तथा तरकारी विकास समितिका सदस्य धन नारायण शाह,सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्याल,उप निर्देशक विनय श्रेष्ठ ,क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन कार्यालयका प्रकाश घिमिरे,कार्यक्रम संयोजक मनोज धिताल,पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल,संचालक समितिका पदाधिकारीका साथै कृषक,व्यापारी,कृषि समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...