Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण

ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका किसानहरुको लागि "बिषादी न्युनिकरण,पोष्ट हार्भेष्ट अभ्यास सुधार,र कृषकसंग कालिमाटी बजार" सम्बन्धमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डाक्टर महादेव प्रसाद पौडेलको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा आफ्नो मन्तव्य दिदै थाहा नगर प्रमुख बिष्टले बजारको माग भन्दा बढी उत्पादन हुने तवरले बाली लाउदा र बजार सम्म किसानले उत्पादन गरेको कृषि उपज व्यवस्थित तवरले नपुग्दा किसानले उचित मूल्य नपाउने बताउदै किसान र उपभोक्ता बिचको बिचौलियालाइ बिस्थापित गर्नको निम्ति कालिमाटीमा थाहाका किसान हरुको निम्ति पनि स्टल उपलब्ध गराइदिन आग्रह गरे।प्रमुख बिष्टले तरकारी बालिमा बिषादीको अत्याधिक प्रयोग पनि चुनौती बन्दै गैरहेको अवस्थामा किसानको र उपभोक्ताको स्वास्थ्यको हितको ख्याल राख्दै बिषादी न्यूनीकरणमा पनि ध्यान दिन जरुरी रहेको बताए।
तेसैगरी कालिमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक डाक्टर महादेव प्रसाद पौडेलले किसान हरुले उत्पादन गरेको बस्तुले उचित मूल्य पाओस भनेर सरकारले कालिमाटी तरकारी तथा फलफूल विकास समिती मार्फत ठूलो लगानी गरेको प्रष्ट पार्दै किसानले उत्पादन गरेको बस्तु पनि गुणस्तरीय हुनुपर्नेमा जोड दिए। उनले काठमाडौमा बसेर किसानहरूको समस्या थाहा नहुने भएर समितिले काठमाडौ बाहिरका किसान हरुको खेत वारि सम्म पुग्ने अभियान अन्तर्गत समितिले पहिलो पटक कृषक संग कालिमाटी कार्यक्रम संचालन गरेको बताए।
किसानले दुख गरेर उब्जाएको चिज उपभोक्ता सम्म पुग्दा ४० प्रतिशतले नाश भएर जाने समस्या रहेको पाइएपछि यस्को न्यूनीकरणको लागि किसान समक्ष यस्ता खालका कार्यक्रम ल्याएको पनि  उनले बताए।
तेसैगरी थाहा नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण गिरी,जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अवसरमा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले एक लाख बराबरको ह्वाइट टप र सुपर ह्वाइट टप जातका काउलिको बीउ र ५० वटा क्रेट प्रदान गरेका थिए भने सम्पुर्ण सहभागी हरुलाइ काउलीको बीउ एक एक प्याकेट प्रदान गरिएको थियो।
कार्यक्रममा बिषय विशेषज्ञ द्वारा पोष्ट हार्भेष्ट अभ्यास(बाली कटानोप्रान्त हुने क्षति) र सुधार सम्बन्धमा  कार्यपत्र तथा बिषादी न्युनिकरण,परिक्षणको अवस्था र कानुनी व्यवस्था सम्वन्धमा अभिमुखिकरण गरिएको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाहा ४ का वडा अध्यक्ष नारायण लामा,कृषि शाखा थाहाका प्रमुख संजय तिवारी,कालिमाटी फलफुल तथा तरकारी विकास समितिका सदस्य धन नारायण शाह,सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्याल,उप निर्देशक विनय श्रेष्ठ ,क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन कार्यालयका प्रकाश घिमिरे,कार्यक्रम संयोजक मनोज धिताल,पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल,संचालक समितिका पदाधिकारीका साथै कृषक,व्यापारी,कृषि समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg