pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

थाहानगर स्तरीय मेयरकप फुटबलको उपाधी वडा न १ लाई

FB_IMG_1763899764107-1763899803.jpg

‎थाहा नगरपालिका वडा नम्बर १ ले मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । वडा नम्बर ३ लाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
‎वडा न १ को जितमा बिनिस अमात्य र बिबेक थोकरले १- १ गोल गरे भने वडा न ३ का रोशन तामाङले १ गोल गरे 
‎ प्रतियोगिताको उत्कृष्ट गोलकिपर वडा न १ का प्रचण्ड गोपाली घोषित हुँदा उत्कृष्ट खेलाडी वडा न ३ का अभियान रायमाझी घोषित भए।
‎तएसैगरी प्रतियोगिता बेष्ट डिफेन्डर वडा न १ का नवीन श्रेष्ठ हुँदा प्रतियोगिता भर सर्वाधिक गोलकर्ता वडा न ३ का रोशन तामाङ हुन सफल रहे ।
‎विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
‎ प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए।
‎  थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टीकाराम  स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।
‎ तेसैगरी समारोहमा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी,४ का अध्यक्ष नारायण लामा वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,माओबादी नगर सचीव लक्ष्मण बिष्ट,थाहा नगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख माधवविक्रम मल्ल लगायतका उपस्थिति रहेको थियो।
‎
‎  
‎थाहा नगरपालिका खेलकुद बिकास समितिको आयोजना तथा  खेलकुद विकास समिती ४ नम्बर वडाको व्यवस्थापनमा वडा नम्बर ३ को इन्द्रायणी चौरमा भएको प्रतियोगितामा थाहानगरका ९ वटा टिमको सहभागिता रहेको थियो ।

FB_IMG_1763899770700-1763899804.jpg
FB_IMG_1763899781942-1763899821.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg