Thursday, 09 May, 2024
कृषि

थाहाका किसानलाइ आलु लाउन चटारो ,रासायनिक मलको अभाव सम्बन्धित निकायलाई चासो नै छैन।

फोटो/ रिपोर्ट गणेश बिष्ट थाहा नगर / मकवानपुरको थाहा नगरपालिकाका प्रायः किसान आलु रोप्न व्यस्त छन् । महिला–पुरुष दिनभर बारीमै खटिएका हुन्छन् । पुरुष खनजोत र महिला डोकोमा गाईभैंसीको मल बोक्न व्यस्त छन् । उनीहरूले रासायनिकभन्दा प्रांगारिक मल प्रयोग गरिरहेका छन् । रासायनिक मलले माटो पनि बिगार्ने र आलु पनि खनेपछि चाँडै कुहिने भएकाले प्रांगारिक मल प्रयोग गर्नुपरेको उनीहरू बताउँछन् ।

‘थाहा नगरपालिकाको १२ वटै वडाका बासिन्दा अहिले आलु रोप्ने काममा व्यस्त छन्,’ नगरपालिकाका कृषि विकास अधिकृत सञ्जय तिवारीले भने, ‘अहिले गाउँमा कसैलाई बोल्ने फुर्सदसम्म छैन ।’ स्थानीयले वर्षौंदेखि आलु खेती गरिरहेका छन् । ‘आलु खेती गर्न यहाँका बासिन्दा सामान्य प्राविधिकसरह ज्ञान राख्छन्,’ तिवारीले भने, ‘रोगका विषयमा कम जानकारी छ भने विषादी प्रयोगबारे पनि थोरै मात्र ज्ञान छ, अब त सबै सिकिसकेका छन्, आलु खेतीमा रासायनिक मल र विषादी प्रयोग गर्न हुन्न भन्ने कुरा जानकारी भइसकेको छ ।’

आलुलगायत तरकारी खेतीमा यस क्षेत्रका बासिन्दाले रासायनिक मल र विषादीको प्रयोग घटाएका छन् । ‘प्रयोग गर्नुपरे पनि कृषि प्राविधिकसँग सल्लाह लिने गरेका छन्,’ तिवारीले भने । किसानले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरे ज्योति जातका आलुका बीउ लगाउने गरेका छन् ।

माघ दोस्रो सातादेखि आलु रोप्न सुरु हुन्छ । फागुन पहिलो सातासम्म आलु रोपेर सकिने किसानले बताए ।
तर एसपाली रासायनिक मल डि ए पि नपाउदा भने किसान मर्कामा परेको तर नगरपालिका र संबंधित निकायले ध्यान नदियको थाहा २ का किसान शंकर लामाले गुनासो गर्नुभयो।


world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...