Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

तेस्रो थाहा गोल्डकप सुरु,उद्घाटन खेलमा महाङ्काल को बिजयी सुरुवात।

तेस्रो थाहा गोल्डकप आज बाट थाहा नगरको इन्द्रायणी चौरमा सुरु भएको छ।आज रास्ट्रीय सभाका सदस्य तथा प्रतायोजित तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी ले प्रतियोगिताको उद्घाटन गर्नुभयको हो।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै बिडारीले जिल्लाको  खेलकुद बिकास मा सहयोग गर्न आफू सदैब तयार रहेको बताउदै आफू सदस्य रहेको रास्ट्रीय सभा मार्फत खेल बिकासका लागि आफ्नो आवाज सधै बुलन्द पारिरहने बताउदै स्थानीय स्तरमा आयोजना हुने यस्ता प्रतियोगिता बाट राम्रा खेलाडी उत्पादन गरि रास्टीय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन भै देश र जनताको लागि खेल्नुपर्नेमा जोड दिनुभयो।
थाहा नगर खेलकुद बिकास समितीका संयोजक राजेस केसि को सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिका प्रमुख लबशेर बिष्ट ,मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेती ,थाहा नगरका प्रसासकिय अधिकृत हरिलाल पुरी ,थाहा २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की,१ का अध्यक्ष हेरमान गोपाली ,माओवादी केन्द्रका बागमती प्रदेश सदस्य द्वय इन्द्र बहादुर श्रेष्ठ ,ज्योति रायमाझी ,नेपाली काङ्ग्रेस का नगर सभापति प्रमोदकृष्ण जोशी लगायतका उपस्थित रहेको थियो।आजै सम्पन्न उद्घाटन खेलमा महाङ्काल युवा क्लब र प्रगतिशील युवा क्लब हेटौंडा बिच भएको खेलमा महाङ्काल युवा क्लब १ गोलले बिजयी भयको छ।भोलि बिहान ८ बजेदेखी प्रतियोगिता सुरुहुने प्रतियोगिताको ब्यबस्थापनक अनिल लामिछानेले थाहापाटी लाई जानकारी दिनुभयो।भोलिको प्रथम खेल डि वाइ सि विरुद्ध आहुती युवा क्लब थाक्रे बिछ हुने छ।
२६ टिम सहभागी प्रतियोगिता माघ ५ गतेसम्म चल्नेछ भने बिजेता ले १ लाख पुरस्कार हातपार्ने छन।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png