pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

तरकारीको नयाँ बजार खोज्न मेयरको आग्रह

थाहा नगरपालिकाका मेयर लवशेर विष्टले थाहा नगरमा उत्पादन भएको तरकारी बिक्रीको लागि नयाँ बजार खोज्नु पर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार सहकारी समन्वय समिती थाहाको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बजारको खोजी गरी बजार व्यवस्थापनमा लाग्न आवश्यक रहेको औंल्याए । कार्यक्रममा मेयर विष्टले नयाँ तरकारी बजारको खोजी गर्न नगरका सहकारीहरुलाई आग्रहसमेत गरे  ।

‘तपाईंहरु नयाँ बजारको खोजी र सिर्जनामा लाग्नुहोस्, व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट हामी सक्दो सहयोग गर्छौंं’ उनले भने ।

सहकारी समन्वय समिति थाहाका अध्यक्ष महेश्वर सुवेदीको अध्यक्षतामा बसेको बैठकमा  बैठकमा थाहा नगरपालिका उपमेयर खड्ग गोपाली, मकवानपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमलकुमार ढकाल, जिल्ला कृषि सहकारी संघ मकवानपुर सदस्य राजकुमार केसी लगायत सहभागी थिए । 

बैठकमा थाहा नगरमा उत्पादित तरकारी कुन बजारमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गहन छलफल भएको थियो । बैठकले नगरमा उत्पादन भएका तरकारी संकलन र बजारीकरणको लागि फणिन्द्र सुवेदीको संयोजकत्वमा समितिसमेत गठन गरेको छ । समितिको सदस्यहरुमा बिमल केसी र शुक्ला गोपाली रहेका छन्  । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...