pani-1786865868.jpg
Wednesday, 28 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

ठुला र समुदाय केन्द्रित योजना हरुलाई प्राथमिकता :-मुख्यमन्त्री जम्कट्टेल,

330638939_675600304309444-1676035927.jpg


हेटौंडा÷बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ठूला र समुदाय केन्द्रित योजनाहरुलाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । नेपाल समाजवादी पार्टी मकवानपुरले आज हेटौंडामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले योजनाहरुमा न्युनतम कतिसम्म बजेट हाल्ने भन्ने आधार समेत तयार गरिने बताए । 
‘न्युनतम आधार तयार पारेर प्रदेश सरकारले योजनाहरुमा लगानी गर्नेछ’, उनले भने, ‘साना र टुक्रे योजनाका कारण प्रदेश सरकारले गरेका कामहरुको परिणाम प्रभावकारी देखिएको छैन ।’ बागमती प्रदेश सरकारले ब्यक्तिलाई दिने अनुदान पनि बन्द गरिने उनको भनाई छ । ‘अब हामी समुदाय केन्द्रित अनुदान मात्र बितरण गर्छौं, बन्दा समाज नै बन्नुपर्छ कुनै ब्यक्ति मात्र हैन’, जम्कट्टेले भने, ‘त्यसको सुरुवात यही वर्षबाट गर्दैछौं ।’मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले छिट्टै सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बताए । देशको अबको यात्रा समाजवादी आन्दोलन भएकाले त्यसको लागि सबै माओवादी पृष्टभूमि भएका सबै दलहरु एक हुनु आवश्य रहेको उनको भनाई छ ।  
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष गंगानारायण श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच छिट्टै एकता हुने बताए । ‘प्रचण्ड र बाबुराम जि ले छुट्टा छुट्टै गर्नुभएको प्रयोग सफल देखिएन, अब एक भएर जानुको बिकल्प छैन’, उनले भने, ‘त्यसको लागि पार्टी एकताको अन्तिम तयारीम पुगेका छौं ।’
जनयुद्धले स्थापित गरेका एजेण्डाहरुलाई बलियो बनाउन पनि एकता आवश्यक रहेको उनको भनाई छ । बागमती प्रदेश सरकारले जनपक्षीय कामहरुको सुरुवात गरेको श्रेष्ठले बताए । ‘हामीले आधारभूत वर्गको पक्षमा काम गर्छौं, सरकार सबैको हो भन्ने अनुभूति दिलाउनेगरी काम गर्ने हाम्रो प्रयास हुनेछ ।’
नेसपा मकवानपुरको अध्यक्षमा भेट्टवाल
नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा राजकुमार भेट्टवाल चयन भएका छन् । सम्मान कार्यक्रम अघि भएको कार्यक्रममा भेट्टवालको अध्यक्षतामा ६३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो । 
समितिको उपाध्यक्षमा रामचन्द्र थिङ (अविरल), हरिहर खतिवडा, दुर्गा कुमारी रमौली,सह सचिव निखिल पौडेल, कोषाध्यक्ष सुदिप कार्की लगायत रहेका छन् । 
पार्टीका केन्द्रीस्य सदस्य तथा मकवानपुर इन्चार्ज राजेन्द्र सिम्खडा (दारी बा) को सभाध्यक्षतामा भएको घोषणा सभा पार्टीका गैह्र भौगलिक समिति इन्चार्ज सोनाम सिं स्याङ्तान (विजय)को प्रमुख आतिथ्यतामा तथा पार्टीका बागमती प्रदेश समिति अध्यक्ष वन्दना सुवेदीको विषेश आतिथ्यतामा भएको थियो । कार्यक्रममा राजनीतिक समिति सदस्य प्रमोद श्रेष्ठ, केन्द्रीय सल्लाहकार समिति सदस्य डिवि थापा, केन्द्रीय सदस्य तुफान बिक्रम क्षेत्री (दिपशक्ति), संघीय परिषद सदस्य इजहार आलम लगायतको आतिथ्यता रहेको थियो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg