Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

अष्टमान स्मृति फुटबल: चन्द्रसूर्यले हान्याे ७ गोल

प्रथम अष्टमान बल स्मृति फुटबल कप–२०७७ को दोस्रो दिन शनिबार ५ खेल सम्पन्न भएको छ । थाहानगर–११ को सिर्जनशील टोल विकास संस्थाको आयोजनामा शुक्रबारदेखि शुरु फुटबलमा शनिबार पाँच खेल भएका हुन् ।

ठाडे युवा क्लब (ए) लाई लिति युवा क्लबले २–१ गोल गर्दै जित हासिल गरेको थियो । चन्द्रसूर्य युवा क्लब र ठाडे युवा क्लबबीच एकतर्फी प्रतिस्पर्धा भएको थियो । चन्द्रसूर्य युवा क्लबले ७ गोल वर्षाउँदा ठाडे युवा क्लबले गोल फर्काउन सकेन ।

राम्चे युवा क्लब धादिङ र तारुका युवा क्लब (बी) बीचको खेलमा राम्चेले तारुकालाई २–१ ले पराजित गरेको थियो । सोही दिन डाँडावास युवा क्लबले ६–० अन्तरमा वसन्त युवा क्लबलाई पराजित गरेको थियो । बाइरोड युवा क्लब धादिङले ४–१ अन्तरले तारुका युवा क्लब (ए) लाई हरायो ।
 १७ टिमको सहभागिता रहेको खेल लिग चरणमा रहेको छ । आइतबार भने सिर्जनशील युवा क्लब र तसर्पु युवा क्लबबीच नकआउट प्रतिस्पर्धा हुने वडा अध्क्षय किरणमान बलले जानकारी गराए ।

लिग चरणमा गतिशील युवा क्लबले पाँच गोल प्रहार गरी सिर्जनशील युवा क्लबलाई पराजित गरेको थियो । सिर्जनशील युवा क्लबले भने ३ गोलमात्र फर्काएको थियो । खेल कार्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । जसमा प्रथम पुरस्कार ४० हजार नगदसहित, मेडल र सिल्ड, द्वितीय पुरस्कार २५ हजार नगद, मेडल र सिल्ड र तृतीय पुरस्कार १५ हजारसहित मेडल र सिल्ड छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png