Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

झिरझिरे ,बत्ती र चङ्गा चेट सङै आउने तिहार:-सम्झना पौडेल

312629679_655324769438660-1666615496.jpg

बाबाले बजारबाट ल्याउनु भएका थरी थरीका फुलहरुरु झिलिमिलि बतिहरुसँगै आउने गरेको थियो तिहार । अहो तिहारको पहिलो दिन कागलाई खुवाउन बनाइने पहिलो दिनको नैवेदसँगै तिहारमा पकाइने सेलरोटिले मन यति खुसि हुने थिएन । देउसिरे भाका कस्ले राम्रो लेख्ने रु बनाउने रु भनेर साथिहरुबीच प्रतिश्प्रधा नै चल्ने गरेको थियो । आ–आफ्नो टिमका को को साथि जाने कस्ले नाच्ने कस्ले गाउने कस्ले भटाउने भनेर पहिले देखिनै छलफल चलाइन्थो । हामीहरु सबै स्कुलको चौरमा भेला भएर देउसी भैलोको तयारी गर्ने गरेका थियौ । कस्को घरमा धेरैबेर खेल्ने किनकि जस्को घरमा धेरै पैसा दिन्छन उसैको घरमा धेरैबेर खेल्ने गरेका थियौ हामिले । अहो कुकुर तिहारको दिन बारीभरी फुलेका कुकुर फुलहरु टिपेर ल्याउने गरेका थियौँ । कस्ले माला धेरै उन्ने भनेर दिदिहरु र म बिच निकै हानथाप हुने गरेको थियो । त्यसमा पनि कस्ले उनेको माला राम्रो भन्ने पनि हुने गरेको थियो । भ्याएसम्म गाउँभरीका कुकुरलाई बोलाएर माला लगाइदिने र नैवेद खाने दिने गरिन्थयो । तिहारको रौनक सयपत्रि र मखमलि मात्रै होइन रक्ताम्य भइएर बारीका डिलहरुमा छपक्कै फुलेका रक्तत्त फुलहरुमा पनि आउने गरेको थियो । तिहारका पाँचै दिन महत्वपूर्ण हामिलाई विशेष लाग्थ्यो। तिहारभरि चारैतिर झिलिमिली बत्ती, रंगीबिरंगी फूलहरूले घर–पसलहरू सजाइने गरेको थियो । सयपत्री तथा मखमलीजस्ता फूलले वातावरण नै सुगन्धित बनाइदिएको हुन्थ्यो । लक्ष्मीको पूजाको दिन मिठाइ बनाई लक्ष्मीको पूजा गरिने, आगनमा ठुलो गोलो आकारमा मडप बनाइ पुजा गरिने गरिन्थ्यो । हुनत आज पनि त्यसै गरिन्छ । दियो, मैन तथा झिलिमिली बत्तीले गर्दा पूरै टोल नै उज्यालो र रंगीबिरंगी हुँदा हामि राति अबेरसम्म त्यहि झिलमिल हेरेर आगनमा बस्ने गरेका थियौ । काग पूजा, कुकुर पूजा, लक्ष्मीपूजा, गोवर्धन पूजा सबैको महत्व आफ्नै किसिमको थियो। लक्ष्मी पूजाको दिन हामिले गोठमा गएर गाईलाइ मिठिमिठा खानेकुरा दिई फुलमाला लगाउने गरेका थियौ । त्यतिबेला गाई पनि अतिनै खुसि हुने गर्दथ्यो । लक्ष्मी पूजाको हामि भैलो खेल्ने साथिहरु जम्मा भएर जाने गरेका थियौ । हरेकको घरमा बालिने झिलिमिली बत्तीले मनै रोमाञ्चित हुने गरेको थियौ । लक्ष्मी पूजाको दिन हामि ४ बज्दा नै साथिहरु भेला हुने गरेका थियौ । ६ बजेको चालपाउना साथ हामि भैलो भन्न हिड्ने गरेका थियौ । जुन आजपनि स्कृतिमा ताजै छ। हामि रातको १० बजेसम्म पनि भैलो खेल्ने गरेका थियौ । कसैले पैसाको जिम्मा कसैलो खानेकाुराको जिम्मा लिने गरेका थिया । पछि एक अञ्जुलि अञ्जुलि चामल मकै कोदो सेल पनि सबैको भागमा नपुग्लाकि भनेर टुक्र टुक्रा पारेर बाड्ने गरेको थियौ । अहँ आजकाल त्यस्तो छैन । तिहारका बेला घरको चारैतिर दियो बाल्ने गरेका थियौ । अनि साना साना मैनबत्तिहरु पनि बाल्ने गरेका थियौ । लक्ष्मीपूजाको दिन घरको आँगनमा रंगोली आमाले बनाउनुहुन्थ्यो तर हामिले झुकियर कुल्चदा ममिको खुकै गालि खाइन्थ्यो । यसरी तिहारको अन्तिम दिन भाइटीको दिन । आफ्ना दाजुभाइलाई सप्तरंगी टीका अनि कहिले नओइलिने मखमलीको माला लगाइदिएर पूजा गरि दिदीभाइको सम्बन्ध सुमधुर बनाउने, एक–अर्काप्रतिको माया दर्साउने दिन बिहानै उठेर नुहाइन्थ्यो । हाम्रो एक जना मात्रै दाजु हुनुभएको कारणले दिदिहरु बिच कस्ले ठुला ठुला र राम्रा थुगा गरेको माला उन्ने,कस्ले बनाएको परिकार मिठो हुने भन्ने प्रतिश्प्रधा चल्दा म भने ममिले मामाहरुको लागि तयार पार्नुभएको सेलरोटि र मिठाई दाजुको लागि लुकाएर राख्ने गरेको थिए । भाइटीकाका दिन सप्तरंगी रंग, पूजा सामग्री, तेल, दूबो, ओखर, सयपत्री, गोदावरी एवं मखमलीका माला, शृंगारका सामान ऐना, गाजल, मिष्ठान्न परिकार, उपहार, दियो, कलश आदि सामग्रीको सहित दाजुलाई पुजा गरि तिहार मनाएसि तिहार सकिन्थ्यो । आज पनि त्यहि हो तर समय बदलिएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg