Tuesday, 07 May, 2024
विचार / अन्तरवार्ता

झिरझिरे ,बत्ती र चङ्गा चेट सङै आउने तिहार:-सम्झना पौडेल

312629679_655324769438660-1666615496.jpg

बाबाले बजारबाट ल्याउनु भएका थरी थरीका फुलहरुरु झिलिमिलि बतिहरुसँगै आउने गरेको थियो तिहार । अहो तिहारको पहिलो दिन कागलाई खुवाउन बनाइने पहिलो दिनको नैवेदसँगै तिहारमा पकाइने सेलरोटिले मन यति खुसि हुने थिएन । देउसिरे भाका कस्ले राम्रो लेख्ने रु बनाउने रु भनेर साथिहरुबीच प्रतिश्प्रधा नै चल्ने गरेको थियो । आ–आफ्नो टिमका को को साथि जाने कस्ले नाच्ने कस्ले गाउने कस्ले भटाउने भनेर पहिले देखिनै छलफल चलाइन्थो । हामीहरु सबै स्कुलको चौरमा भेला भएर देउसी भैलोको तयारी गर्ने गरेका थियौ । कस्को घरमा धेरैबेर खेल्ने किनकि जस्को घरमा धेरै पैसा दिन्छन उसैको घरमा धेरैबेर खेल्ने गरेका थियौ हामिले । अहो कुकुर तिहारको दिन बारीभरी फुलेका कुकुर फुलहरु टिपेर ल्याउने गरेका थियौँ । कस्ले माला धेरै उन्ने भनेर दिदिहरु र म बिच निकै हानथाप हुने गरेको थियो । त्यसमा पनि कस्ले उनेको माला राम्रो भन्ने पनि हुने गरेको थियो । भ्याएसम्म गाउँभरीका कुकुरलाई बोलाएर माला लगाइदिने र नैवेद खाने दिने गरिन्थयो । तिहारको रौनक सयपत्रि र मखमलि मात्रै होइन रक्ताम्य भइएर बारीका डिलहरुमा छपक्कै फुलेका रक्तत्त फुलहरुमा पनि आउने गरेको थियो । तिहारका पाँचै दिन महत्वपूर्ण हामिलाई विशेष लाग्थ्यो। तिहारभरि चारैतिर झिलिमिली बत्ती, रंगीबिरंगी फूलहरूले घर–पसलहरू सजाइने गरेको थियो । सयपत्री तथा मखमलीजस्ता फूलले वातावरण नै सुगन्धित बनाइदिएको हुन्थ्यो । लक्ष्मीको पूजाको दिन मिठाइ बनाई लक्ष्मीको पूजा गरिने, आगनमा ठुलो गोलो आकारमा मडप बनाइ पुजा गरिने गरिन्थ्यो । हुनत आज पनि त्यसै गरिन्छ । दियो, मैन तथा झिलिमिली बत्तीले गर्दा पूरै टोल नै उज्यालो र रंगीबिरंगी हुँदा हामि राति अबेरसम्म त्यहि झिलमिल हेरेर आगनमा बस्ने गरेका थियौ । काग पूजा, कुकुर पूजा, लक्ष्मीपूजा, गोवर्धन पूजा सबैको महत्व आफ्नै किसिमको थियो। लक्ष्मी पूजाको दिन हामिले गोठमा गएर गाईलाइ मिठिमिठा खानेकुरा दिई फुलमाला लगाउने गरेका थियौ । त्यतिबेला गाई पनि अतिनै खुसि हुने गर्दथ्यो । लक्ष्मी पूजाको हामि भैलो खेल्ने साथिहरु जम्मा भएर जाने गरेका थियौ । हरेकको घरमा बालिने झिलिमिली बत्तीले मनै रोमाञ्चित हुने गरेको थियौ । लक्ष्मी पूजाको दिन हामि ४ बज्दा नै साथिहरु भेला हुने गरेका थियौ । ६ बजेको चालपाउना साथ हामि भैलो भन्न हिड्ने गरेका थियौ । जुन आजपनि स्कृतिमा ताजै छ। हामि रातको १० बजेसम्म पनि भैलो खेल्ने गरेका थियौ । कसैले पैसाको जिम्मा कसैलो खानेकाुराको जिम्मा लिने गरेका थिया । पछि एक अञ्जुलि अञ्जुलि चामल मकै कोदो सेल पनि सबैको भागमा नपुग्लाकि भनेर टुक्र टुक्रा पारेर बाड्ने गरेको थियौ । अहँ आजकाल त्यस्तो छैन । तिहारका बेला घरको चारैतिर दियो बाल्ने गरेका थियौ । अनि साना साना मैनबत्तिहरु पनि बाल्ने गरेका थियौ । लक्ष्मीपूजाको दिन घरको आँगनमा रंगोली आमाले बनाउनुहुन्थ्यो तर हामिले झुकियर कुल्चदा ममिको खुकै गालि खाइन्थ्यो । यसरी तिहारको अन्तिम दिन भाइटीको दिन । आफ्ना दाजुभाइलाई सप्तरंगी टीका अनि कहिले नओइलिने मखमलीको माला लगाइदिएर पूजा गरि दिदीभाइको सम्बन्ध सुमधुर बनाउने, एक–अर्काप्रतिको माया दर्साउने दिन बिहानै उठेर नुहाइन्थ्यो । हाम्रो एक जना मात्रै दाजु हुनुभएको कारणले दिदिहरु बिच कस्ले ठुला ठुला र राम्रा थुगा गरेको माला उन्ने,कस्ले बनाएको परिकार मिठो हुने भन्ने प्रतिश्प्रधा चल्दा म भने ममिले मामाहरुको लागि तयार पार्नुभएको सेलरोटि र मिठाई दाजुको लागि लुकाएर राख्ने गरेको थिए । भाइटीकाका दिन सप्तरंगी रंग, पूजा सामग्री, तेल, दूबो, ओखर, सयपत्री, गोदावरी एवं मखमलीका माला, शृंगारका सामान ऐना, गाजल, मिष्ठान्न परिकार, उपहार, दियो, कलश आदि सामग्रीको सहित दाजुलाई पुजा गरि तिहार मनाएसि तिहार सकिन्थ्यो । आज पनि त्यहि हो तर समय बदलिएको छ ।


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...