pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

खेल

जेसीज र थाहा नगरपालिका ९ बजे फाइनल भिड्दै

FB_IMG_1732924283087-1732924293.jpg

पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको छैठौं दिन शुक्रवार जेसीज कप मैत्रीपूर्ण फुटबल भएको छ ।

प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका, नेपाल लेखापढी ब्यवशायी संघ, बैंक तथा बित्तीय संस्थाका कर्मचारी गरि ४ टिमको सहभागिता रहेको थियो ।
शुक्रवार भएको २ खेलबाट प्रतियोगिताको फाईनलमा पुग्ने २ टिम छनोट भएका छन् ।
थाहा नगरको इन्द्रायणी चौरमा भएको प्रतियोगितामा आयोजक पालुङ जेसीजले बैंक तथा बित्तीय संस्थाका कर्मचारी टिमलाई २-१ गोल अन्तरले पराजित गरि आयोजक पालुङ जेसीज फाईनल प्रवेश गरेको हो ।
त्यस्तै थाहा नगरपालिका कर्मचारी टिमले नेपाल लेखापढी ब्यवशायी टिमलाई २-० गोल अन्तरले पराजित गरि थाहा नगरले फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको उपाधिका लागि आज शनिबार बिहान ९ बजे आयोजक पालुङ जेसीज र थाहा नगरपालिका बिच फाईनल खेल हुने पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बताए ।
शनिबार अन्जय प्रधानको संयोजकत्वमा दिउँसो २ बजेदेखि जेसीज सभाहलमा सम्मान र जेसीज सप्ताह समापन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा थाहानगरमा कृषि, खेलकुद, पर्यटन, शिक्षा,स्वास्थ्य, खेलकुद लगायतका बिधामा उत्कृष्ट कार्य गर्ने १० जना ब्याक्तित्वलाई सम्मान गर्नुका साथै जेसीज सप्ताह अन्तरगत भएका कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कार, प्रशंसापत्र वितरण गर्ने कार्यक्रम समेत रहेको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए।

chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...