Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

जेसीज कप ब्याडमिन्टन:-सेमिफाइनल समीकरण पुरा

FB_IMG_1725088543359-1725088566.jpg

थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलको खेल १५ भाद्र दिउँसो २ बजेबाट हुने भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडाको कबर्डहलमा प्रतियोगिता हुने भएको हो । सेमिफाइनल अन्तर्गतको पहिलो खेल रामचन्द्र र बिमल तथा संग्राम र मधुसुदनको टिमबिच हुने प्रतियोगिता संयोजक च्याङ श्रेष्ठले जानकारी दिए ।


सेमिफाइनलको दोस्रो खेल देव र नरेन्द्र तथा सुवास र समाजको टिमबीच हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल अपरान्ह ४ बजे हुने पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले जानकारी दिए । प्रतियोगिता अवलोकनका लागि अध्यक्ष रायमाझीले अनुरोध गरेका छन् ।

१३ भाद्रबाट शुरु भएको खेल लिगचरण अन्तर्गत खेलाइएको हो । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजन गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् ।

थाहा नगरपालिका वडा नम्बर ३ को सहयोगमा भैरहेको प्रतियोगिता पालुङ जेसिजले आयोजना गरेको हो । प्रतियोगिताको समन्वय ब्याडमिन्टन संघ थाहानगर, फरक सोच र शिखर क्लबले गरेको छ । प्रतियोगिताको मिडिया पार्टनरहरुमा पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, बाइरोड न्यूज, दामन एफएम र टिम टेलिभिजन हेटौंडा रहेको छ । सन् २००० मा स्थापना भएको पालुङ जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg