Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

जेसीज कप ब्याडमिन्टन:-सेमिफाइनल समीकरण पुरा

FB_IMG_1725088543359-1725088566.jpg

थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलको खेल १५ भाद्र दिउँसो २ बजेबाट हुने भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडाको कबर्डहलमा प्रतियोगिता हुने भएको हो । सेमिफाइनल अन्तर्गतको पहिलो खेल रामचन्द्र र बिमल तथा संग्राम र मधुसुदनको टिमबिच हुने प्रतियोगिता संयोजक च्याङ श्रेष्ठले जानकारी दिए ।


सेमिफाइनलको दोस्रो खेल देव र नरेन्द्र तथा सुवास र समाजको टिमबीच हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको फाइनल खेल अपरान्ह ४ बजे हुने पालुङ जेसिज वर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले जानकारी दिए । प्रतियोगिता अवलोकनका लागि अध्यक्ष रायमाझीले अनुरोध गरेका छन् ।

१३ भाद्रबाट शुरु भएको खेल लिगचरण अन्तर्गत खेलाइएको हो । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताका लागि प्रथम पुरस्कार स्वर्गीय रणबहादुर रायमाझीले प्रायोजन गर्ने भएका छन् । स्वर्गीय रणबहादुर पालुङ जेसीजका अध्यक्ष निरजका हजुरबुवा हुन् ।

थाहा नगरपालिका वडा नम्बर ३ को सहयोगमा भैरहेको प्रतियोगिता पालुङ जेसिजले आयोजना गरेको हो । प्रतियोगिताको समन्वय ब्याडमिन्टन संघ थाहानगर, फरक सोच र शिखर क्लबले गरेको छ । प्रतियोगिताको मिडिया पार्टनरहरुमा पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, बाइरोड न्यूज, दामन एफएम र टिम टेलिभिजन हेटौंडा रहेको छ । सन् २००० मा स्थापना भएको पालुङ जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...