himalen-2083-1778725505.jpg
Wednesday, 03 Jun, 2026
jkmv2083-1778723862.jpg

खेल

जेसीज कप ब्याडमिन्टन प्रतियोगिता : समूह चरणको खेल सकियो,
दोस्रो चरणको खेल शनिवार बिहान ७ बजेदेखि,  ४ बजे फाईनल खेल हुने

FB_IMG_1725032945985-1725032977.jpg

मकवानपुर, १४ भदौ/थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको समूह चरणको प्रतियोगिता सकिएको छ ।

प्रतियोगिताको दोश्रो चरण अन्तरगतको क्वाटरफाइनल चरणमा ८ टिम पुगेका छन् ।


भदौ १३ गते बिहिबारदेखि सुरु भएको प्रतियोतिताको शुक्रबार साँझ पहिलो चरणको प्रतियोगिता सकिएको हो ।

प्रतियोगिताको समूहचरण अन्तरगत समूह ए बाट रामचन्द्र कार्की र बिमल बिष्ट, समूह बि बाट संग्राम खत्री र मधुसुदन चौधरी, समूह सि बाट देब अर्याल र नरेन्द्र मोक्तान, समूह डि बाट सुवाश थापा र समराज पाख्रीनको टिम समूह बिजेता भई  दोश्रो चरणमा प्रवेश गरेका हुन् । त्यस्तै समूह ए बाट रोशन गोपाली र घनश्याम श्रेष्ठ, समूह बि बाट नारायण बिष्ट र हरि बिष्ट, समूह सि बाट कविन्द्र ओड र प्रकाश चौधरी, समूह डि बाट इशाक केसी र नरेन्द्र लामाको टिम समूह उपबिजेता भई दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

शनिबार बिहानदेखि दोश्रो चरण अन्तरगत क्वाटरफाईनल चरण को प्रतिश्पर्धा हुने कार्यक्रम संयोजक सुशान्त श्रेष्ठ (च्याङ)ले जानकारी दिए ।

कार्यक्रम संयोजक श्रेष्ठका अनुसार शनिबार बिहान ७ बजेदेखि दोश्रो चरणको प्रतियोगिता हुनेछ । दोश्रो चरणमा समूह ए को बिजेता र समूह सि को उपबिजेता बिच पहिलो खेल हुनेछ । त्यस्तै समूह बि को बिजेता र समूह डि को उपबिजेता बिच दोश्रो, समूह सि को बिजेता र समूह ए को उपबिजेता बिच तेश्रो र समूह डि को बिजेता र समूह बि को उपबिजेता बिच चौथो खेल हुनेछ ।

त्यस्तै शनिबार दिउँसो २ बजे सेमिफाईनल र ४ बजे फाईनल खेल हुने पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए ।

प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।

थाहा नगर ब्याडमिन्टन संघ, फरक सोच र शिखर क्लवको समन्वयमा सञ्चालन भएको प्रतियोगितामा थाहा नगरपालिका वडा नं. ३ कोे कार्यालयले सहयोग गरेको पालुङ जेसीज बर्ष २०२४ का कोषाध्यक्ष सञ्जय गोपालीले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार, ७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

FB_IMG_1725032952875-1725032977.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg