Thursday, 18 Apr, 2024
खेल

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पुरुष भलिबलको उपाधी थाहा लाई

FB_IMG_1706448943095-1706450121.jpg

सुजन ढकाल हेटौंडा/ १४ औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा हेटौंडा उपमहानगरपालिका प्रथम भएको छ । हेटौंडाको हुप्राचौरमा दुईदिनसम्म चलेको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाले २० स्वर्ण १० रजत र २० कास्य जित्दै प्रथम भएको हो । बकैयाँ गाउँपालिकाले १२ स्वर्ण १० रजत र ९ कास्य प्राप्त गरी दोस्रो भयो भने थाहा नगरपालिकाले ९ स्वर्ण ९ रजत ९ कास्य प्राप्त गरी तेस्रो भयो ।

राष्ट्रपति रनिङ शिल्डमा बागमती गाउँपालिकाले ४ स्वर्ण ८ रजत ८ कास्य, भीमफेदी गाउँपालिकाले ४ स्वर्ण १ रजत ३ कास्य, मनहरी गाउँपालिकाले १ रजत ३ कास्य, इन्द्रसरोवर गाउँपालिकाले १ स्वर्ण २ रजत २ कास्य, कैलाश गाउँपालिकाले २ स्वर्ण ९ रजत ३ कास्य जित्न सफल भएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइरालाले जानकारी दिए । मकवानपुरको राक्सिराङ गाउँपालिकाले कुनै पनि पदक प्राप्त गर्न सकेन ।

आइतबार भएको पुरुष भलिबल प्रतियोगितामा थाहा नगरपालिका विजयी भएको छ । हेटौंडा उपमहानगरपालिकालाई ३–१ को सेटले पराजित गर्दै थाहा नगरपालिका विजयी भएको हो । प्रतियोगितामा थाहा नगरपालिकाको पुजन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
आइतबार भएको महिला भलिबल प्रतियोगितामा भीमफेदी गाउँपालिका प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिकालाई ३–२ को सेटले पराजित गर्दै भीमफेदी विजयी भएको हो । प्रतियोगितामा भीमफेदी गाउँपालिकाकी जिया स्याङतान म्यान अफ द म्याच घोषित भइन् ।

‘बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको मिति टुंगो लागेको छैन ।’ मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख कोइरालाले भने –‘प्रतियोगिताको लागि यसवर्ष पनि मकवानपुर जिल्लाको खेलाडीको लागि १५ दिन प्रशिक्षणमा राखिने छ ।’ सत्मार्ग अनलाइन बाट 


world-link-1690434568.jpg
सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान
437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना...

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,
FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ...

थाहानगरका सहकारीहरुका लागि तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु
1713201325801-1713201435.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु भएको छ । नयाँगाउँ स्थित साहारा...

थाहामा पानीमा डुवेर एक महिलाको मृत्यु
FB_IMG_1713173255844-1713173269.jpg

मकवानपुरको थाहानगरमा पानीमा डुबेर एक महिलाको ज्यान मृत्यु भएको छ ।  आइतबार बिहान थाह...

नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको शुभकामना आदानप्रदान
1713100187011-1713101345.jpg

हेटौंडा, २ बैशाख/नेपाल भारत विश्व मैत्री संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान...

अङ्ग्रेजी माध्यममा पढाई हुने भएपछि घाटदेवी र मत्स्यनारायणमा विद्यार्थीको आकर्षण बढ्यो
1713099359683-1713099486.jpg

थाहा नगरपालिकामा वडा न २ का  जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले आफ्ना...

थाहाको मुलाबारी चौरमा दुइ समुह बिच झडप हुँदा प्रहरी घाइते
FB_IMG_1713086502982-1713086523.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर– ६ र ११ मा रहेको मनकामना मन्दिर नजिक मुलाबारी...

थाहाको चित्लाङमा नेपाल बैंकको शाखा सुभारम्भ
FB_IMG_1713085527899-1713085549.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा नेपाल बैंकको शाखा स्थापना भएको छ । आइतबार सो बैंकले चित्लाङमा शाखा...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख सदस्यलाई बाँडफाँड
1713018852966-1713018939.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५३ लाख रकम सदस्यलाई बाँडफाँड...