pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको एथलेटिक्स तर्फ थाहाका कुन खेलाडिले पदक जिते?

1741011653331-1741011695.jpg

 हुप्रचौरमा सुरु भएको १५ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स तर्फ १० विधाका खेलहरु सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको एथ्लेटिक्स प्रतियोगितामा १० विधाका खेलहरु सम्पन्न भएको हो । प्रतियोगिता मकवानपुरको हेटौंडा सहित अन्य पालिकाका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताबाट छनौट भएर आउने खेलाडीहरुको सहभागिता रहेको छ । आइतबार सम्पन्न भएको एथ्लेटिक्स तर्फको १० वटा विधाको खेलहरुबाट २० जना खेलाडीहरु छनोट भएका छन् । हेटौंडा उपमहानगरपालिका नगरस्तरीय र जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगिताको संयोजना जिम्मेवारी नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेलले भूमिका निर्वाह गर्नुभएको छ । एथ्लेटिक्स तर्फ विभिन्न विधामा प्रथम भएका खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने संयोजक राजाराम पोखरेलले बताउनुभयो ।

१०० मिटर दौडमा पुरुष तर्फ हेटौंडा उपमहानगरपालिकाका सुवीन लामा र महिलातर्फ थाहा नगरपालिकाकी आकृति गोपाली छनोट भएको निर्णायक रञ्जिता फूयालले जानकारी दिनुभएको छ । ४०० मिटरको दौडमा पुरुषतर्फ बकैया गाउँपालिकाका सम्भव माझी र महिलातर्फ अनिष पाल छनोट भएका छन् । ८०० मिटरको दौडमा बकैया गाउँपालिकाकै सम्भव माझी र महिलातर्फ थाहा नगरपालिकाकी बविता तामाङ छनोट भएका छन् । सटफुटमा पुरुषतर्फ हेटौंडा उपमहानगरपालिकाका सुजल प्रजा र महिलामा कैलाश गाउँपालिकाकी सरिता सुनार छनौट भएका छन् । १५०० मिटरको दौडमा बकैया गाउँपालिकाका सचिन थिङ र बागमती गाउँपालिकाका मुना राइ छनौटमा पर्न सफल भएका छन् ।

त्रिपल जम्पमा पुरुषतर्फ बकैया गाउँपालिकाका पाङदान राइ र महिलातर्फ थाहा नगरपालिकाकी प्रिया खत्री छनौट भएकी छिन् । लङ्ग जम्पमा पुरुषतर्फ हेटौंडाका सुविन लामा र महिलातर्फ थाहा नगरपालिकाकै आकृति गोपाली छनौट भएकी छिन् । ज्याब्लिङ्ग थ्रोमा बागमतीका अभिषेक थापा र महिलार्फ बागमतीकै अमिका रुम्बा छनौट भएकी छिन् । ४ गुण १०० मिटरको दौडमा बकैया गाउँपालिका, बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिका क्रमशः प्रथम द्धितीय र तृतीय भएको छन् । महिलातर्फ बागमती गाउँपालिका प्रथम, हेटौंडा उपमहानगरपालिका द्धितीय र भीमफेदी गाउँपालिका तृतीय भएका छन् । १५०० मिटरको दौडमा बकैया गाउँपालिकाका सचिन राइ र महिलातर्फ मनुराई बागमती गाउँपालिकाका छनौटमा पर्न सफल भएका छन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg