Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको एथलेटिक्स तर्फ थाहाका कुन खेलाडिले पदक जिते?

1741011653331-1741011695.jpg

 हुप्रचौरमा सुरु भएको १५ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स तर्फ १० विधाका खेलहरु सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको एथ्लेटिक्स प्रतियोगितामा १० विधाका खेलहरु सम्पन्न भएको हो । प्रतियोगिता मकवानपुरको हेटौंडा सहित अन्य पालिकाका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताबाट छनौट भएर आउने खेलाडीहरुको सहभागिता रहेको छ । आइतबार सम्पन्न भएको एथ्लेटिक्स तर्फको १० वटा विधाको खेलहरुबाट २० जना खेलाडीहरु छनोट भएका छन् । हेटौंडा उपमहानगरपालिका नगरस्तरीय र जिल्लास्तरीय रनिङ्ग शिल्ड प्रतियोगिताको संयोजना जिम्मेवारी नेपाल एथ्लेटिक्स संघका राष्ट्रिय निर्णायक राजाराम पोखरेलले भूमिका निर्वाह गर्नुभएको छ । एथ्लेटिक्स तर्फ विभिन्न विधामा प्रथम भएका खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने संयोजक राजाराम पोखरेलले बताउनुभयो ।

१०० मिटर दौडमा पुरुष तर्फ हेटौंडा उपमहानगरपालिकाका सुवीन लामा र महिलातर्फ थाहा नगरपालिकाकी आकृति गोपाली छनोट भएको निर्णायक रञ्जिता फूयालले जानकारी दिनुभएको छ । ४०० मिटरको दौडमा पुरुषतर्फ बकैया गाउँपालिकाका सम्भव माझी र महिलातर्फ अनिष पाल छनोट भएका छन् । ८०० मिटरको दौडमा बकैया गाउँपालिकाकै सम्भव माझी र महिलातर्फ थाहा नगरपालिकाकी बविता तामाङ छनोट भएका छन् । सटफुटमा पुरुषतर्फ हेटौंडा उपमहानगरपालिकाका सुजल प्रजा र महिलामा कैलाश गाउँपालिकाकी सरिता सुनार छनौट भएका छन् । १५०० मिटरको दौडमा बकैया गाउँपालिकाका सचिन थिङ र बागमती गाउँपालिकाका मुना राइ छनौटमा पर्न सफल भएका छन् ।

त्रिपल जम्पमा पुरुषतर्फ बकैया गाउँपालिकाका पाङदान राइ र महिलातर्फ थाहा नगरपालिकाकी प्रिया खत्री छनौट भएकी छिन् । लङ्ग जम्पमा पुरुषतर्फ हेटौंडाका सुविन लामा र महिलातर्फ थाहा नगरपालिकाकै आकृति गोपाली छनौट भएकी छिन् । ज्याब्लिङ्ग थ्रोमा बागमतीका अभिषेक थापा र महिलार्फ बागमतीकै अमिका रुम्बा छनौट भएकी छिन् । ४ गुण १०० मिटरको दौडमा बकैया गाउँपालिका, बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिका क्रमशः प्रथम द्धितीय र तृतीय भएको छन् । महिलातर्फ बागमती गाउँपालिका प्रथम, हेटौंडा उपमहानगरपालिका द्धितीय र भीमफेदी गाउँपालिका तृतीय भएका छन् । १५०० मिटरको दौडमा बकैया गाउँपालिकाका सचिन राइ र महिलातर्फ मनुराई बागमती गाउँपालिकाका छनौटमा पर्न सफल भएका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...