pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

खेल

जिल्लास्तरीय भलिबलको उपाधि आमभन्ज्याङलाई

IMG_20211105_155656~2-1636111866.jpg

कात्तिक १९/बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको  बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आमभन्ज्याङ युवा क्लब मकवानपुरगढीले जितेको छ ।


शुक्रबार थाहा २ मा रहेको खेल मैदानमा भएको फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई  २५-१८, २६-२४, १५-२५, २७- २५ को सेटमा पराजित गरि उपाधि चुमेको हो ।

उपाधि जितेसंगै आमभन्ज्याङ युवा क्लबले  ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

तेस्तै उपबिजेता  आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानले २६ हजार २६ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।


तेस्तै प्रतियोगितामा  उत्कृष्ट खेलाडी  आमभन्ज्याङका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर आमभन्ज्याङका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर आमभन्ज्याङका रोशन गोपाली, उत्कृष्ट कोच आमभन्ज्याङका रन्जन अमात्य, उदयमान खेलाडी आमभन्ज्याङका अमृत तिमिल्सिना घोषित भएका थिए ।

कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिता समापन समारोहकै क्रममा शिक्षा तथा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका जनकल्याण माबि पालुङका प्रधानध्यापक सानोभाई कार्कीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो  ।

प्रतियोगिताको समापन समारोह नेकपा एमाले थाहा नगर कमिटि अध्यक्ष अच्युतम प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।
समारोहका विशिष्ट अतिथिहरुमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष गुप्त बहादुर कार्की, जनकल्याण माद्यमिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्की रहनुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष शेखर कार्कीले संचालन गर्नुभएको कार्यकम अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको थियो ।
                  

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg