pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

जिल्लास्तरीय भलिबलको उपाधि आमभन्ज्याङलाई

IMG_20211105_155656~2-1636111866.jpg

कात्तिक १९/बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको  बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आमभन्ज्याङ युवा क्लब मकवानपुरगढीले जितेको छ ।


शुक्रबार थाहा २ मा रहेको खेल मैदानमा भएको फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानलाई  २५-१८, २६-२४, १५-२५, २७- २५ को सेटमा पराजित गरि उपाधि चुमेको हो ।

उपाधि जितेसंगै आमभन्ज्याङ युवा क्लबले  ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

तेस्तै उपबिजेता  आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानले २६ हजार २६ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।


तेस्तै प्रतियोगितामा  उत्कृष्ट खेलाडी  आमभन्ज्याङका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर आमभन्ज्याङका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर आमभन्ज्याङका रोशन गोपाली, उत्कृष्ट कोच आमभन्ज्याङका रन्जन अमात्य, उदयमान खेलाडी आमभन्ज्याङका अमृत तिमिल्सिना घोषित भएका थिए ।

कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । 

प्रतियोगिता समापन समारोहकै क्रममा शिक्षा तथा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका जनकल्याण माबि पालुङका प्रधानध्यापक सानोभाई कार्कीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो  ।

प्रतियोगिताको समापन समारोह नेकपा एमाले थाहा नगर कमिटि अध्यक्ष अच्युतम प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।
समारोहका विशिष्ट अतिथिहरुमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष गुप्त बहादुर कार्की, जनकल्याण माद्यमिक बिद्यालयका प्रधानाध्यापक सानोभाई कार्की रहनुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष शेखर कार्कीले संचालन गर्नुभएको कार्यकम अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको थियो ।
                  

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...