pani-1786865868.jpg
Tuesday, 06 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जात्रा समापन संगै इन्द्रायणी चौर सफा गरियो।

FB_IMG_1765283501796-1765283573.jpg

थाहा नगरपालिका, – इन्द्रायणी जात्राको समापनसँगै आज इन्द्रायणी चौरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। जात्रामा रहेका व्यापारिक स्टलबाट निस्किएको फोहोरको व्यवस्थापन थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको नेतृत्वमा नगर प्रहरी, इलाका प्रहरी कार्यालय, इन्द्रायणी भगवती कालाभैरव गुठी, इन्द्रायणी बस्ती, र पालुङका स्थानीय युवाहरूको सक्रिय सहभागितामा गरिएको थियो।
सरसफाइ कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, प्रशासन महाशाखा प्रमुख नवीन खालिङ, लेखा शाखा प्रमुख अमर जिसी, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य, उद्योग वाणिज्य संघ थाहाका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, इन्द्रायणी भगवती गुठिका अध्यक्ष श्यामभक्त श्रेष्ठ, नगर प्रहरी प्रमुख किरण गिरी, पत्रकार शम्भु अधिकारी, तथा औद्योगिक शान्ती नेपालका अनित बिष्ट लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सरसफाइ अभियानमा जुटेका समुदायका सदस्यहरूले जात्रामा निस्केका फोहोरलाई नगरपालिकाको डम्पिङ साइटमा व्यवस्थापन गरेका थिए । यस क्रममा, तीन दिनसम्म चलेको मेलामा हजारौँ भक्तजनहरूले इन्द्रायणी जात्राको अवलोकन गरेका थिए। इन्द्रायणी जात्रा प्रत्येक ३ वर्षमा एकपटक लाग्ने परम्परा रहेको छ।
थाहा नगरपालिकाको प्रमुख बिष्णु बिष्टले भने, “आजको सरसफाइ अभियानले नगरको स्वच्छता र जनचेतनामा नयाँ दिशा दिएको छ। समुदायको सक्रियताले यो अभियानलाई सफल बनाएको छ।”
इन्द्रायणी जात्राले थाहा नगरको सांस्कृतिक धरोहरलाई अझ मजबुत बनाएको छ र आगामी वर्षमा यो परम्परालाई अझ मजबुतीका साथ निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।

FB_IMG_1765283462831-1765283573.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...