Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

जनमुखी सुशासन माओवादीको एजेण्डा
डा. ठाकुरप्रसाद भट्ट

Untitled-1-1650348785.jpg

यतिखेर सबैको चिन्ता मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएर पनि जनअपेक्षा अनुरुप सुशासन र सेवा प्रवाह नहुँदा जीवनस्तरमा सुधार हुन सकेन भन्ने नै रहेको छ । अझ भन्ने हो भने समावेशी संघीय गणतन्त्र जस्तो उन्नत राजनीतिक प्रणाली स्थापना गर्ने मुल शक्ति माओवादीले किन जनताको सेवा सुविधाको क्षेत्रमा प्रभावकारी भूमिका खेल्न सकेन भन्ने गुनासो आमजनतामा रहेको छ । यसका पछाडि विविध राजनीतिक जटिलताहरु रहेका होलान् । तर जनतालाई राम्ररी कुरा बुझाउन भने माओवादी चुकेकै अवस्था हो । उता परम्परागत राजनीतिक दलहरुले आफ्ना पुराना स्वार्थ समूहहरुको माध्यमबाट जनतामा काफी भ्रम दिने काम गरिरहेकै छन् । 
यो यथार्थतालाई माओवादीले राम्रोसँग मनन गरी जनतालाई कुरा बुझाउने अवसर आसन्न स्थानीय चुनावले दिएको छ । यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने पहिलो संविधान सभाको चुनावमा जनताले बाहिर हल्ला नगरिकन माओवादीलाई अत्यधिक मतले जिताएका थिए । यसका पछाडि सबैले माओवादीले उठाएका राजनीतिक मुद्धाहरु बुझेर मात्र होइन जनयुद्घकालमा गाउँघरका जनताका दिनदिनैका समस्या र आवश्यकतालाई सम्बोधन गरेको कामलाई जनताले नजिकबाट महसुस गर्नु थियो । 
त्यसबखत माओवादीले खासगरी टाँठाबाठा र शक्तिवालाहरूबाट हुने थिचोमिचो र अन्यायपूर्ण कामको स्थानीय तवरमा सुनुवाई गरी न्याय दिने काम गरेको थियो । महिला हिंसा, जुवा–तास, जाँडरक्सी सेवनजस्ता विकृति रोक्ने काम गरेको थियो । शिक्षक र स्वास्थ्यकर्मीको सेवा ग्रामीण भेगमा नियमित बनाउन भूमिका खेलेको थियो । उपभोक्ता समिति र गैरसरकारी संस्थाका कामलाई पारदर्शी बनाउन बाध्य पारेको थियो । जनयुद्घमा सफलताको सिँढी चढ्दै गर्दा माओवादीले भ्रष्टाचारका घटनामा पनि कारबाही बढाएको थियो । यसबाट राष्ट्रव्यापी रूपमै भ्रष्टाचारको प्रवृत्तिमा एक हदसम्म हिचकिचाहट सिर्जना हुन पुगेको थियो । वास्तवमा यी कामहरु नै जनमुखी सुशासनका नमुना थिए । 
तर, जनयुद्घपश्चात् माओवादीले राजनीतिक परिवर्तन संस्थागत गर्न त भूमिका खेल्यो तर सर्वसाधारणका पीरमर्का र आवश्यकतालाई सम्बोधन गर्नेतर्फ ध्यान दिन सकेन भन्ने जनताको गुनासो रहेको छ । संविधान बनाउन, संघीय प्रणाली स्थापना गर्न, भर्खरैको प्रतिगमन रोक्न माओवादीले खेलेको भूमिकालाई सबैले मानेकै छन् । तर यी राष्ट्रिय राजनीतिका सवालहरुको साथसाथै सर्वसाधारणका दिनदिनैका समस्या र आवश्यकताको सम्बोधन पनि त्यत्तिकै जरुरी छ । 
ढिलै भए पनि यो तथ्यलाई माओवादीले आत्मसात गरेको महसुस हुन थालेको छ । खासगरी आसन्न स्थानीय चुनावमा यसले गरेको अपिल जसले ‘व्यवस्था बदल्यौं अब अवस्था बदल्न’ माओवादीलाई मत दिऔं रहेको छ । यो अवस्था बदलेर सर्वसाधारण जनताको हितको लागि माओवादीले के गर्दैछ भन्ने कुरा जनताले बुझ्ने गरेर बताउनु आवश्यक छ । यसका लागि पहिलो कुरा मुख्य बाधकका रूपमा रहेको कुशासन र त्यसलाई हटाउन यो दलले खेल्ने भूमिकाबारे जनतामा बुझाउन जरुरी छ । अहिलेसम्मको अवस्था हेर्दा प्रश्न उठ्छ, किन नेपालमा राजनीतिक परिवर्तनपश्चात् न्यूनतम सुधारका काम पनि हुन सकेका छैनन् ? जनताले झेलिरहेको यो सवालको उत्तर दिने उपयुक्त अवसर हो, आसन्न स्थानीय चुनाव । यसका लागि आफ्नै पहलमा संविधानमा व्यवस्था भएका शिक्षा, स्वास्थ्य, रोजगारीका हकको कसरी कार्यान्वयन गरी समाजवादको आधार बनाउन सकिन्छ भनेर माओवादीले जनतासमक्ष स्पष्ट पार्न आवश्यक छ । 
यस सन्दर्भमा माओवादीले ध्यान दिनुपर्ने के हो भने जुन–जुन काम जनयुद्धकालमा लोकप्रिय थिए, माओवादीले परिवर्तित परिवेशमा पनि तिनै कामलाई अझ उच्च र विस्तारित रूपमा वैधानिक तवरमा सम्बोधन गर्नु स्थानीय चुनावमा जनतालाई अपिल गर्नुपर्छ । 
यस्तो अवस्थामा माओवादीले सबैभन्दा पहिले तत्कालीन रूपमा राजनीतिक परिवर्तनपश्चात् पनि बढिरहेको कुशासन अन्त्य गरी सर्वसाधारणमा व्याप्त चासोको सम्बोधन गर्न जरुरी छ । केही दृष्टान्त दिनुपर्दा सर्वसाधारणले विभेदरहित शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका चाहेका छन् । कृषकले मल, बीउ, बजार, प्राविधिक सेवा र उचित मूल्यको सुनिश्चितता खोजेका छन् । युवाले स्वदेशमै रोजगारीको अवसर चाहेका छन् । आमजनताले राहदानी, नागरिकता, सबैखाले इजाजत पत्रसम्बन्धी काम र राज्यका निकायबाट प्रदान गरिने सेवा बिना झन्झट पारदर्शी तवरमा प्राप्त गर्न सकिने पद्धति खोजेका छन् । पहुँचवालाका लागि सामान्य लाग्ने यी विषय सर्वसाधारणका लागि प्राथमिकताका विषय हुन् । 
यी माथिका विषयहरु आगामी चुनावमा माओवादीको मुल एजेण्डा बन्नु पर्दछ । यसलाई मनन गरी अघि बढ्दा माओवादीले जनताको पूरा साथ पाउनेछ । यो दलले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र अझ खासगरी अध्यक्ष प्रचण्डको नेतृत्वप्रति जनताको ठूलो आशा र भरोसा रहेको छ । आवश्यकता के मात्र छ भने आम जनताले तत्काल चाहेको कुशासनको अन्त्य र जवाफदेहीपूर्ण जनमुखी सुशासन र सेवा प्रवाहको पद्धतिलाई विकास गर्ने गरी माओवादीको पूरा पंक्ति जनतामाझ पुग्नु पर्दछ । 
(लेखक विकास, योजना र सुशासनसम्बन्धी अध्ययन, अनुसन्धानमा संलग्न छन्।)

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg