Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

पूर्व जनप्रतिनिधि बलको स्मृतिः टिस्टुङमा फुटबल कप 

थाहा नगपालिका वडा  नं. ११ ले जनप्रतिनिधिको आजीवन स्मृतिको श्रृङ्खला शुरु गरेको छ । गत कात्तिक ११ गते टिस्टुङका  पूर्व जनप्रतिनिधि अष्टमान बलको स्मृतिमा अर्धकद शालिकको उद्घाटन गर्न सफल वडा समितिले शुक्रबारबाट टोल विकास समितिमार्फत् अष्टमान बल स्मृति कप फुटबल प्रतियोगिता शुरु गरेको छ । 

स्थानीय सिर्जनशील टोल विकास संस्थामार्फत् संचालन गरिएको अष्टमान बल स्मृति कप फुटबल प्रतियोगिता यो पहिलोपटक हो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले प्रथम  फुटबल कप प्रतियोगिताको उद्घाटन गर्नुभयो ।  प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख विष्टले स्वर्गीय अष्टमान बलको सामाजिक एवम् राजनीतिक योगदानको चर्चासमेत गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष विक्रम गोलेको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा  नेपाल पत्रकार महासंघका वागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा , जिल्ला बडी बिल्डर्स संघका अध्यक्ष सुनिल लोप्चन लगायतले बोल्नुभएको थियो । 

कात्तिक ३० गतेसम्म संचालन हुने प्रतियोगितामा मकवानपुर र धादिङका गरी १७ टिमले भाग लिएका छन् । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png