pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

चिसो मौशममा अपनाउनु पर्ने स्वास्थ्य सचेतना

अहिलेको मौसम चिसो हो । यो मौसममा चिसोका कारण कोहि सकिनसकी खोक्दै बस्नु भएको होला कोहि ? खाखोकी ले ग्रस्त हुनु भएको होला भने कोहि जरो ले सिकिस्त भएर ओछ्यान समेत पर्नु भएको होला घरमा बुढाबुढी मान्छे हुनुहुन्छ भने त दमले सताईरहेको पनि होला , चिसोमा जस्ताको टहराले कत्ती बच्चालाई निमोनिया समेत भएको होला । अहिलेको मौसमको चिसो भएकाले रोगले बढी आक्रमण गर्ने हुनाले सबैले सचेत रहनु पर्ने बेला हो । रोगका कारण बृद्ध बृद्धा र बालबालिका अझ बढी प्रभावित हुने गरेका छन् । जाडोयाम लागेसँगै यससँग सम्बन्धित रोगहरु पनि देखिन थाल्दछन् । ।

विषेशतः गर्र्मी समयभन्दा जाडोमा बालबालिका र वृद्ध वृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ। चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न पनि सकिन्छ । चिसो मौसममा प्राय देखापर्ने प्रमुख स्वास्थ्य समस्याहरुमा हाइपोथर्मिया फ्लु रुघाखोकी श्वासप्रश्वास सम्बन्धी समस्या मुटु सम्बन्धी समस्या कार्वनमनो अक्साइड पोइजनिङ जोर्र्नी दुखाइ सुख्खा छाला हुने नोरोभाइरस अर्थात विन्टर डायरिया जस्ता रोग लाग्ने बताउनु हुन्छ पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. शक्ती चौरसिया ।
डा चौरसियाका अनुसार जाडोका कारण विभिन्न रोग लागि पालुङ स्वास्थ्य केन्द्रमा आउने विरामीको संख्या पनि बढेको छ । उत्तरी मकवानपुरको भुगोल उसै पनि यो समयमा बढी जाडो हुन्छ । यो समयमा बृद्ध बुदा र बालबालिका लाई बढी गारो हुने बताउनु हुन्छ डा. चौरासिया ।
चिसो समयमा रोग लाग्छ तर हामीले रोग बाट बच्न आफैं सचेत भएर संक्रमण कम गर्न पनि सकिन्छ । जाडोमा न्यानो कपडा लगाउनु पर्छ । टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनु हुँदैन । विशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ। बिहान पर्याप्त शारीरिक ब्यायाम गर्नुपर्छ ।जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ। चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ । पर्याप्त तातोपानी पिउन आवश्यक छ। चिसो मौसममा हामी पानी कम पिउने गर्दछौं। जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ।

चिसोमा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ। नियमित साबुनपानीले हात धुने र शरीर फुर्तिलो राख्न बेलाबेलामा नुहाउनुपर्छ । चिसो पानी भन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ । जाडोमा सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्ने भएकाले यस्तो बेलामा ?घाखोकीले ज्यादा सताउने गर्छ। हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका ?मालहरू प्रयोग गर्नुपर्छ। संक्रमण भएको छ भने मास्क लगाएर हिंड्न आवश्यक छ । 
जाडोका कारण न्यानोका लागि झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरि फैलिंदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ। त्यसैले जाडो बाट बच्न स्वास्थ्य सुरक्षामा ध्यान दिई सचेत हुनु जरुरी छ ।
यो आलेख पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख शक्ती चौरासिया सँग भएको कुारकानीका आधारमा तयार पारिएको हो ।
 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...