pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

चिसो मौशममा अपनाउनु पर्ने स्वास्थ्य सचेतना

अहिलेको मौसम चिसो हो । यो मौसममा चिसोका कारण कोहि सकिनसकी खोक्दै बस्नु भएको होला कोहि ? खाखोकी ले ग्रस्त हुनु भएको होला भने कोहि जरो ले सिकिस्त भएर ओछ्यान समेत पर्नु भएको होला घरमा बुढाबुढी मान्छे हुनुहुन्छ भने त दमले सताईरहेको पनि होला , चिसोमा जस्ताको टहराले कत्ती बच्चालाई निमोनिया समेत भएको होला । अहिलेको मौसमको चिसो भएकाले रोगले बढी आक्रमण गर्ने हुनाले सबैले सचेत रहनु पर्ने बेला हो । रोगका कारण बृद्ध बृद्धा र बालबालिका अझ बढी प्रभावित हुने गरेका छन् । जाडोयाम लागेसँगै यससँग सम्बन्धित रोगहरु पनि देखिन थाल्दछन् । ।

विषेशतः गर्र्मी समयभन्दा जाडोमा बालबालिका र वृद्ध वृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ। चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न पनि सकिन्छ । चिसो मौसममा प्राय देखापर्ने प्रमुख स्वास्थ्य समस्याहरुमा हाइपोथर्मिया फ्लु रुघाखोकी श्वासप्रश्वास सम्बन्धी समस्या मुटु सम्बन्धी समस्या कार्वनमनो अक्साइड पोइजनिङ जोर्र्नी दुखाइ सुख्खा छाला हुने नोरोभाइरस अर्थात विन्टर डायरिया जस्ता रोग लाग्ने बताउनु हुन्छ पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. शक्ती चौरसिया ।
डा चौरसियाका अनुसार जाडोका कारण विभिन्न रोग लागि पालुङ स्वास्थ्य केन्द्रमा आउने विरामीको संख्या पनि बढेको छ । उत्तरी मकवानपुरको भुगोल उसै पनि यो समयमा बढी जाडो हुन्छ । यो समयमा बृद्ध बुदा र बालबालिका लाई बढी गारो हुने बताउनु हुन्छ डा. चौरासिया ।
चिसो समयमा रोग लाग्छ तर हामीले रोग बाट बच्न आफैं सचेत भएर संक्रमण कम गर्न पनि सकिन्छ । जाडोमा न्यानो कपडा लगाउनु पर्छ । टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनु हुँदैन । विशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ। बिहान पर्याप्त शारीरिक ब्यायाम गर्नुपर्छ ।जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ। चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ । पर्याप्त तातोपानी पिउन आवश्यक छ। चिसो मौसममा हामी पानी कम पिउने गर्दछौं। जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ।

चिसोमा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ। नियमित साबुनपानीले हात धुने र शरीर फुर्तिलो राख्न बेलाबेलामा नुहाउनुपर्छ । चिसो पानी भन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ । जाडोमा सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्ने भएकाले यस्तो बेलामा ?घाखोकीले ज्यादा सताउने गर्छ। हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका ?मालहरू प्रयोग गर्नुपर्छ। संक्रमण भएको छ भने मास्क लगाएर हिंड्न आवश्यक छ । 
जाडोका कारण न्यानोका लागि झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरि फैलिंदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ। त्यसैले जाडो बाट बच्न स्वास्थ्य सुरक्षामा ध्यान दिई सचेत हुनु जरुरी छ ।
यो आलेख पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख शक्ती चौरासिया सँग भएको कुारकानीका आधारमा तयार पारिएको हो ।
 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg